No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जीवनशैलीका लागि यस्तो सुझाव दिन्थे राष्ट्रकवि घिमिरे


#घिमिरे

#घिमिरे

१०१ वर्षको उमेरसम्म पनि शरीरमा स्फूर्ति थियो । कसैको सहाराविना हिँडुडुल गर्न सक्दैन’थे तर अनुहारमा कान्ति छाएकै हुन्थ्यो । १०० वर्ष पुगेपछि हरेक मान्छेको दोस्रो जीवन सुरु हुन्छ, भनिन्छ। उनको पनि नयाँ दाँत पलाएर नयाँ जीवनको संकेत गरिरहेको थियो ।

उनको १०१ औं जन्मदिनमा उनले झण्डै एक सातासम्म सुखले बस्न पाएनन् । उनलाई शुभकामना दिन आउने क्रम झण्डै एक सातासम्म चल्यो । ४०/४५ मिनेटसम्म निरन्तर कुरागरेपछि केहीबेर भने पनि शरीरले विश्राम माग्थ्यो । तर उनको सक्रियतामा कमी भएको थिएन ।

१०१ वर्षसम्म यसरी हाँसिखुसी बस्नको लागि कस्तो जीवनशैली अपनाउने ?भन्ने प्रश्नमा कविवर भन्थे ‘स्वस्थ्य जीवन बाँच्नका लागि सधैं सक्रिय हुनुहोस् । सक्रिय भएपछि शरीरमा स्फूर्ति आउँछ । शरीर स्वस्थ हुन्छ ।’

१०१ वर्षसम्म पनि उनको सिर्जना शक्ति रोकिएको थिएन । उनी सिर्जना शक्तिमा केही ह्रास भएको कुरालाई भने स्वीकार्थे । उनी भन्थे ‘पहिले रुखमा पात हल्लिँदा पनि साहित्य फुथ्र्याे । अहिले त्यो शक्तिमा कमी आएको छ ।’

उनी लामो आयु र खुसी हुनको लागि सिर्जनशील हुनुपर्ने बताउँछन् । रचनात्मक काममा लाग्नु भनेको कविता, कथा लेख्नैपर्छ भन्ने होइन । तपाईं जे काम गर्नुहुन्छ, त्यो रचनात्मक हुनुपर्छ भन्ने उनको तर्क छ ।

यसबाहेक सकारात्मक सोच पनि स्वस्थ जीवनशैलीको आधार रहेको राष्ट्रकविको मत छ । सधैं सकारात्मक सोचका साथ अघिबढ्न पनि कविवर सुझाव दिन्थे ।

आफ्नो जीवनकालमा कवि घिमिरेले सानातिना विषयबाहेक कसैको मन दुखाउने काम नगरेको सुनाउँछन् । उनी राष्ट्रिय स्तरमा पनि कहिलै विवादमा आएनन् । मृदुभाषी बन्नु पनि एउटा असल जीवनशैलीको आधार रहेको बताउँ’थे, राष्ट्र कवि घिमिरे ।

योग र व्यायाममा सुझाव 

उनी आफू योग, व्यायाम, प्रणायाम नियमित गर्ने गरेको सुनाउँछन् । अनलाइनखबरसँग उनले भनेका थिए ‘किशोर उमेरमै म झन्डै जोगी पनि भएको थिएँ । त्यहीबेला योग गर्न सिकेँ । अहिले पनि त्यही आसन गर्छु । हुन त भारतमा अहिले योग गुरुहरूले योग सिकाउन थालेका छन् ।

रामदेवले पनि योग सिकाइरहेका छन् । साह्रै राम्रो कुरा । योग गरियो भने शरीर निरोगी हुन्छ । दिमाग पनि राम्रो हुन्छ । म लेख्न बस्दा पनि बेलाबखत योग गर्छु । अलि अल्छी लाग्यो, जिउ सञ्चो नहोला जस्तो भयो भने योग गर्छु, ठीक हुन्छ ।’

खानामा ध्यान दिऔं

स्वस्थ जीवनशैलीको लागि खानामा विशेष ध्यान दिन राष्ट्रकवि घिमिरे जोड दिन्थे । खानेबेलामा थोरै खाने तर धेरै पटक खाना खाने उनको खानपिन शैली थियो । ‘खानामा मलाई दूध अनिवार्य चाहिन्छ । सागपात पनि मनपर्छ ।’ उनी भन्थे ‘मदिरापान गर्ने, रातभर बस्ने, मोजमस्ती गर्नेजस्ता बानी त्याग्नुस् ।’ उनी राति सुत्ने बेलामा ढुक्कसँग निदाउन र प्रकृतिसँग धेरै रमाउन सुझाव दिन्छन् । साथै, सरसफाइमा पनि विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । onlinekhabar

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

आफैंले वीर्यको सुई लगाएर गर्भाधान, बच्चा जन्मिएपछि सबै तिनछक

आफैंले वीर्यको सुई लगाएर गर्भाधान, बच्चा जन्मिएपछि सबै तिनछक

एक्‍वरियममा एउटै माछाका लागि दुई लाखसम्म खर्चिन्छन् नेपाली

एक्‍वरियममा एउटै माछाका लागि दुई लाखसम्म खर्चिन्छन् नेपाली

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

१६ घण्टे फास्टिङ र किटो डाइटले ग्याष्ट्रिकको समस्या हुनसक्छ : डा. अखिलेश कश्यप

१६ घण्टे फास्टिङ र किटो डाइटले ग्याष्ट्रिकको समस्या हुनसक्छ : डा. अखिलेश कश्यप

निहारिकाको छोरोको डिएनए शिवराजसँग मिल्यो

निहारिकाको छोरोको डिएनए शिवराजसँग मिल्यो

अपराधी खोज्ने कुकुर

अपराधी खोज्ने कुकुर

Next Post
#क्याकटस

सजावट, सौन्दर्य र स्वास्थ्यका लागि : क्याकटस

#मालीमा सैनिक कू

राष्ट्रपति र प्रधानमन्त्री हिरासतमा, मालीमा सैनिक कू

कोरोना संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु

Leave a Reply Cancel reply

ताजा समाचार

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: