No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वका केही उत्कृष्ट प्रेमकथाहरू ती हुन्, जसमा मित्रता प्रेममा परिणत भएको छ । आफ्नो जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउनु एक सुन्दर र गहिरो सम्बन्धको आधार हो । यो प्रक्रियामा समय, समर्पण र इमानदारीको आवश्यकता पर्छ । यदि कुनै सम्बन्धमा मित्रता र प्रेम दुवै छ भने त्यो सम्बन्ध झनै राम्रो हुन्छ ।
कसरी बन्न सकिन्छ आफ्नो पार्टनरको सबैभन्दा राम्रो साथी ?

१. खुला संवाद कायम राख्ने

सबैभन्दा मिल्ने साथीको विशेषता भनेको खुला र निःसङ्कोच कुराकानी हो । यस्तोमा जीवनसाथीसँग हरेक कुरा साझा गर्नाले विश्वास र समझदारी बढ्छ । त्यसैले हरेक दिन केही समय निकालेर एक–अर्कासँग कुरा गर्नुपर्छ । यो काम, परिवार वा साना कुराहरूबारे हुन सक्छ । जिवसाथीसँग आफ्नो खुसी, चिन्ता वा डरलाई स्पष्ट रूपमा साझा गर्नुपर्छ । कुनै कुराले चिन्तित बनाएको छ भने, त्यसलाई लुकाउनुको सट्टा भन्नुपर्छ । यसले सम्बन्धलाई अझै बलियो बनाउँछ ।

२. एक–अर्कालाई सम्मान र विश्वास गर्ने

विश्वास र सम्मानबिना कुनै पनि सम्बन्ध गहिरो बन्न सक्दैन । यो मिल्ने साथीको आधार हो । त्यसैले आफ्नो जीवनसाथीसँग सधैँ इमानदार हुनुपर्छ । सधैँ सत्य बोल्नुपर्छ । चाहे त्यो सानो कुरा होस् वा ठूलो ।

एक-अर्काप्रति सम्मान देखाउनुपर्छ । जीवनसाथीको विचार, भावना र निर्णयलाई महत्त्व दिनुपर्छ । यदि जीवनसाथीले आफ्नो करियरमा नयाँ निर्णय लिन्छ भने, असहमति भए पनि उनको दृष्टिकोण बुझ्ने प्रयास गर्नुपर्छ ।

३. सँगै गुणस्तरीय समय बिताउने

साझा अनुभवहरूले सम्बन्धलाई बलियो बनाउँछ र एक अर्कालाई गहिरो रूपमा बुझ्न मद्दत गर्छ । त्यसैले आफूसँग मिल्ने जीवनसाथीका रुचिहरू पत्ता लगाउने प्रयास गर्नुपर्छ । सँगै गर्न रमाइलो लाग्ने गतिविधिहरू जस्तैः हाइकिङ, खाना पकाउने वा नाच्ने गर्न सकिन्छ । यसो गर्दा एक-अर्काको झन् नजिक हुने वातावरण सिर्जना हुन्छ ।

४. साना कुराहरूमा ध्यान दिने

साना कुराहरूले पनि ठूलो प्रभाव पार्छ । जीवनसाथीको साना बानीहरू र रुचिहरूलाई ख्याल गर्नाले माया र साथ देखिन्छ । त्यसैले जीवनसाथीका साना–साना कुरा पनि याद गर्नुपर्छ । श्रीमान् वा श्रीमतीलाई मनपर्ने कफी, गीत वा किताबलाई याद गर्न सकिन्छ । जीवनसाथीलाई बिहान चिया बनाएर दिने वा मनपर्ने खाना बनाउने जस्ता सानो सहयोग गर्न सकिन्छ । साथै सानो सफलता वा प्रयासको प्रशंसा गर्नुपर्छ ।

५. हाँसो र रमाइलो

हाँसोले सम्बन्धमा तनाव कम गर्छ र रमाइला पलहरूले नजिक बनाउँछ । रमाइलोको लागि सँगै कमेडी चलचित्र हेर्न सकिन्छ वा रमाइला कथाहरू सुन्न, सुनाउन सकिन्छ । स्मरणहरू ताजा गरेर पनि रमाइलो वातावरण सिर्जन गर्न सकिन्छ । पुराना रमाइला पलहरू सम्झने जस्तै पहिलो भेट वा यात्राको कथा । सँगै पुराना फोटोहरू हेरेर हाँस्ने वा रमाइलो सम्झनाहरू साझा गर्न सकिन्छ ।

६. सहानुभूति र समर्थन देखाउने

सुख–दुखमा साथ दिनाले जीवनसाथीले आफ्नो सबैभन्दा ठूलो समर्थकको रूपमा देख्छन् । त्यसैले जीवनसाथीको सपना पूरा गर्न समर्थन गर्नुपर्छ । उसको करियर, सौख वा व्यक्तिगत लक्ष्यमा प्रोत्साहन दिनुपर्छ । जब साथी तनावमा हुन्छ उसको कुरा सुनेर सहयोग गरेर साथ दिनुपर्छ । उसका साना–ठूला सफलताहरू सँगै उत्सव मनाउनुपर्छ ।

७. व्यक्तिगत स्वतन्त्रता र आदर कायम राख्ने

मिल्ने साथीले एक-अर्काको व्यक्तिगत स्थान र स्वतन्त्रतालाई सम्मान गर्छ । यसले सम्बन्धमा सन्तुलन ल्याउँछ । त्यसैले जीवनसाथीलाई आफ्नो रुचिका काम गर्न वा साथीहरूसँग समय बिताउन प्रोत्साहन गर्नुपर्छ । उसको गोपनीयता र व्यक्तिगत निर्णयलाई आदर गर्नुपर्छ । साझा समय र व्यक्तिगत समयबीच सन्तुलन राख्नुपर्छ ।

८. सहयोगका लागि सधैँ तयार रहने

साथीहरू त्यसैका लागि हुन्छन्, जब उनीहरूको आवश्यकता पर्छ, उनीहरू सधैँ सहयोगका लागि तयार रहन्छन् । राम्रो–नराम्रो हरेक परिस्थितिमा साथ दिन्छन्, सँगै हाँस्छन्, उपलब्धिहरूलाई उत्सव मनाउँछन्, साथीको पीडालाई आफ्नो पीडा सम्झेर सँगै आँसु बगाउँछन् । यदि आफ्नो पार्टनरको सबैभन्दा राम्रो साथी बन्न चाहने हो भने हरेक परिस्थितिमा उनीहरूको साथ दिन सधैँ तयार रहनुपर्छ ।

९. कम रिसाउने

सामान्यतया मानिसहरू आफ्ना साथीहरूको तुलनामा ती व्यक्तिहरूमाथि धेरै रिसाउँछन्, जसलाई उनीहरू प्रेम गर्छन् । कसैले आफ्नो पार्टनरको हरेक कुरालाई अति गम्भीरतापूर्वक लिन्छन् र तुरुन्तै रिसाउँछन् । तर, यस्तो गर्दा सानो झगडाले पनि ठूलो रूप लिन सक्छ । त्यसैले जीवनसाथीको कुरा राम्ररी सुनेर प्रतिक्रिया दिनुपर्छ र कम रिसाउने प्रयास गर्नुपर्छ ।

आफ्नो सबैभन्दा राम्रो साथीलाई जति स्वतन्त्रता दिइन्छ त्यति नै आफ्नो पार्टनरलाई पनि दिनुपर्छ । यसो गर्दा सम्बन्ध अझै सुमधुर हुन्छ ।

१०. सबैभन्दा राम्रो साथीका गुणहरूको सूची बनाउने

आफ्नो सबैभन्दा राम्रो साथीमा कस्ता गुणहरू देख्न चाहनुहुन्छ, तिनको एउटा सूची तयार गर्नुपर्छ । राम्रो–नराम्रो दिनहरूमा सबैभन्दा राम्रो साथीको व्यवहार कस्तो हुनुपर्छ, दुवैले एक-अर्कासँग कस्ता र कुन कुराहरू गरिन्छ । त्यो सबै कुरा आफ्नो जीवनसाथीसँग गरियो भने जीवनसाथी पनि एकदमै मिल्ने साथी बन्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

Next Post
पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .