No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पहिलो पटक आइसक्रीम कसले बनाएको थियो भन्ने विषय विवादित छ र जति फरक स्वादका आइसक्रीम पाइन्छ त्यति नै यसका कथाहरू पनि पाइन्छ। हालै घोडाको दूधबाट आइसक्रीम बनाउन सकिने कुरा पनि सार्वजनिक भएको छ।

हामीलाई आइसक्रीम किन यति धेरै मन पर्छ भन्ने पनि एउटा गम्भीर वैज्ञानिक विषय हो।

अनुसन्धानकर्ताहरूले आइसक्रीमका पोषणयुक्त फाइदाबारे अध्ययन गरेका छन् र त्यसका कम स्वास्थकर पाटोहरूबारे पनि अध्ययन गरेका छन्।

आइसक्रीमले हाम्रो मनस्थिति कसरी परिवर्तन गर्न सक्छ भन्ने पनि अध्ययनहरू भएका छन्।

लन्डनमा सन् २०२१ मा इन्स्टिट्यूट अफ साइकियाट्रीले मानिसहरूको निर्णय गर्ने प्रक्रियामा संलग्न हुने मस्तिष्कको भाग जसलाई अर्बिटोफ्रन्टल कोर्टेक्सले आइसक्रिमको स्वाद पाउने बित्तिकै प्रतिक्रिया जनाउने पत्ता लगाएको थियो।

अन्य अध्ययनहरूले पनि राम्रो गुणस्तरको आइसक्रीममा प्रोटीन र फ्याटजस्ता पोषक तत्त्व हुने र त्यसले तुरुन्तै ‘मूड’ खुसी बनाउने सेरोटोनिन होर्मोनको मात्रा बढाउने पत्ता लगाएका छन्।

यसमा मानव विकास क्रमको पनि ठूलो भूमिका छ। मानिसहरूलाई गुलियो खानेकुरा किन खाइरहन मन लाग्छ भन्ने व्याख्या पनि यसले दिन्छ।

चिनी, दूध र चिसो तापक्रमको मिश्रणले पनि उपभोक्तालाई मुखमा मिठो अनुभूति दिन्छ।

आइसक्रीमको उत्पत्ति कहाँ भयो भन्नेबारे खानाका इतिहासकारहरूमाझ चर्को बहस निम्त्याएको छ।

बहसका क्रममा सहमति जनाइएको एउटा विषय के हो भने बिजुली र रेफ्रिजिरेटरभन्दा अगाडि नै यसको उत्पत्ति भइसकेको थियो।

हिउँ र बरफ भइरहने थुप्रै क्षेत्रका संस्कृतिमा बरफ बनाइएको पेय पदार्थ वा ‘फ्रोजन डिजर्ट’ पत्ता लागेको हो र त्यही क्रममा पछि आइसक्रीम बनेको मानिन्छ।

पहिलो शताब्दीमा रोमन सम्राट नेरोले आफ्नो फलफूलको जुसमा हाल्नलाई बरफ लिन धावकहरूलाई पहाड पठाएको बताइन्छ।

प्राचीन चीनको टाङ्ग डाइनेस्टीका सम्राट्हरूले दूधलाई चिस्याएर बनाइएको मिश्रण खाएको विवरण रहेको छ।

आइसक्रीम: अ ग्लोबल हिस्ट्री नामक पुस्तकमा लउरा बी वाइसले “गाई, बाख्रा वा भैँसीको दूधलाई अमिल्याएर र तताएर त्यसमा पिठो मिसाएर र बास्नाका लागि कपूर…” को मिश्रणको व्याख्या गरेकी छन्।

“त्यस्तो मिश्रणलाई धातुको भाँडामा राखेर जमाएर अनि त्यसलाई आजकालका कुल्फीजस्तो बनाइन्थ्यो।”

भारतीय कुल्फी विभिन्न क्षेत्रीय स्वादमा पाइन्छ

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,भारतीय कुल्फी विभिन्न क्षेत्रीय स्वादमा पाइन्छ

आइसक्रीम, जीलेटो वा सबे?

प्राचीन पर्सियामा बनाइएको हिउँघरको एउटा किसिम जसलाई याक्चल भनिन्छ

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,प्राचीन पर्सियामा बनाइएको हिउँघरको एउटा किसिम जसलाई याक्चल भनिन्छ

आइसक्रीम्स , सोबेज र जिलाटी: द डिफिनिटिभ गाइड नामक पुस्तकका लेखक रोबिन वाएरले फ्रोजन डिजर्टको उत्पत्ति पहिचान गर्न दुई वटा सङ्केतले मद्दत गर्न सक्ने बताउँछन्।

पहिलो, आइसक्रीमलाई व्याख्या गर्नुपर्छ।

“सामान्य रूपमा”, सन् २०२२ मा बीबीसीको रेडि‌यो कार्यक्रममा वाएरले भनेका छन्, “आइसक्रीममा डेरी र क्रीम हुन्छ भने सोबेमा त्यस्तो केही हुँदैन।

“इटलीबाट सुरु भएको जिलेटोमा थोरै क्रीम हुन्छ वा हुँदै हुँदैन। यसको बनाउने प्रक्रिया ढिला हुन्छ र बनिसक्दा त्यसमा कम हावा हुन्छ।

“आइसक्रीमको विषय मलाई रुचिकर लाग्छ किनभने त्यसमा चिनी, पानी, दूध वा क्रीम, केही फ्लेबरलगायत थोरै सामग्री हुन्छ – यी सबै सामग्रीलाई सँगै मिसाएर कसरी राख्नुहुन्छ भन्ने कुरा हो।”

वाएरको दोस्रो सुझाव भनेको आइसक्रीमको उत्पत्तिबारे जान्न मानिसले इन्डोथर्मिक इफेक्ट कहिले पत्ता लगाए भन्ने खोज्नुपर्छ। यो त्यस्तो इफेक्ट हो जसमा बरफमा नुन मिसाइन्छ ताकि त्यसको तापक्रम फ्रिजिङ पोइन्ट (०डिग्री सेल्सियस) भन्दा कम हुन्छ।

आइसक्रीम बन्नका लागि ठिक ठानिने तापक्रम भनेको माइनस १० डिग्री सेल्सिअस र माइनस २० डीग्री सेल्सिअसबीच हो।

लरा बी वीशले चिनियाँ, अरेबिक र भारतीयहरू सबैले इतिहासको कुनै समयमा इन्डोथर्मिक इफेक्टको सिद्धान्तको बुझाइ देखाएकोबारे लेखेकी छन्।

तर कुन समय भन्ने चाहिँ इतिहासविद्हरूलाई पनि अहिलेसम्म थाहा छैन।

इरानमा, याक्चल भनिने डोम आकारको संरचना ४०० बीसीतिर बनेको थियो जसमा जमिनमुनि पनि संरचना बनाइएको छ र त्यसलाई बरफ भण्डारणका लागि बनाइएको मानिन्छ।

त्यस्ता संरचना सयौँको सङ्ख्यामा छन्, तर प्रश्नहरू के उठेका छन् भने पर्सियनहरूले बरफ भण्डारण किन गरे।

के उनीहरूलाई इन्डोथर्मिक इफेक्ट र त्यसको प्रयोग फ्रोजन डिजर्ट बनाउन प्रयोग गरिन्छ भन्नेबारे थाहा थियो?

किटी ट्र्याभर्स लन्डनमा बसेर आइसक्रीम बनाउँछिन् र उनले "प्राकृतिक स्वाद" को आइसक्रीममा विशेषज्ञता हासिल गरेकी छन्
तस्बिरको क्याप्शन,किटी ट्र्याभर्स लन्डनमा बसेर आइसक्रीम बनाउँछिन् र उनले “प्राकृतिक स्वाद” को आइसक्रीममा विशेषज्ञता हासिल गरेकी छन्

लन्डनस्थित ला ग्रोटा आइसेजकी संस्थापक किटी ट्र्याभर्सले “प्राकृतिक बास्ना” को आइसक्रीममा विशेषज्ञता हासिल गरेकी छन् जसले आइसक्रीम बनाउँदा फलफूल, तरकारी र जडीबुटी प्रयोग गर्छिन्।

उनले पनि आफूले परम्परागत इन्डोथर्मिक आइसक्रीम बनाउने तरिका आफूले प्रयोग गरेकोबारे व्याख्या गरेकी छन्

“वर्षौँअघि, मैले पुरानो समयमा कसरी आइसक्रीम बनाइन्थ्यो भनेर एउटा कोर्स गरेकी थिएँ,” उनले बीबीसीलाई भनिन्।

“हामीसँग बरफ र नुन राखिएको काठको भाँडो थियो। त्यो भाँडोभित्र पारमेसन चीजले भरिएको धातुको भाँडोलाई राख्थ्यौँ र त्यो मिश्रणलाई हातले मथ्ने गर्थ्यौँ।

“त्यसले बिजुलीले मथ्नेभन्दा छिटो काम गर्थ्यो। आइसक्रीम एकदमै स्वादिलो हुन्थ्यो।

“त्यसैले यदि प्राकृतिक रूपमै बरफका टुक्रा बनाउन सकिन्छ भने आइसक्रीम बनाउन बिजुलीको आवश्यकता पर्दैन।”

युरोपमा, भनिने एउटा कथा के हो भने मार्को पोलो (१२५४-१३२४) ले चीनबाट अन्य खानेकुराको साथै फ्रोजन डिजर्टको रेसिपी पनि ल्याएका थिए।

तर उनी साँचिकै चीन पुगेका थिए भन्ने कुरा भने विवादमा छ।

तर अक्सफोर्ड कम्पेनियन टु सुगर एन्ड स्वीटस्‌लगायत कयौँ प्रकाशनले युरोपेलीलाई १६ औँ शताब्दीसम्म इन्डोथर्मिक इफेक्टको बारेमा थाहा नभएको औँल्याएका छन्।

२० ‍‍औँ शताब्दीको आधापछिको समयमा पश्चिमा देशमा फ्रीज पहुँचमा भएपछि आइसक्रीम बनाउने काम औद्योगिक व्यापारको तहमा विकसित भएको हो।

स्थानीय स्वादमा आइसक्रीम

तपिवा गुझा आइसक्रीम देखाउँदै

तस्बिर स्रोत,YouTube @tapiwaguzhamade

तस्बिरको क्याप्शन,तपिवा गुझाले आलुबखडा र चिली हट ससबाट बनेको आइसक्रीम देखाउँदै

स्टाटिस्टा नामक बिजनेस इन्टेलिजेन्स प्लेटफर्मका अनुसार आइसक्रीमको विश्वव्यापी उद्योगले सन् २०२४ मा १०३.४ अर्ब डलर को व्यापार गरेको छ।

चकलेट कन्फेक्सनरी र कफीले भने १३३.६ अर्ब र ९३.४६ अर्ब डलरको व्यापार गरेका छन्।

आइसक्रीममा प्रयोग गरिने स्वाद थप परिष्कृत बन्दै गइरहेका छन्। पहिलाजस्तो भनिला र चकलेटबाहेक अहिले थुप्रै स्वादका आइसक्रीम पाइन्छ जसमध्ये केहीमा स्थानीय स्वादको झल्को पनि पाइन्छ।

तपिवा गुझा साउथ अफ्रिकाको केप टाउनमा एउटा किचन क्याफे चलाउँछन्। सन् २०२२ मा उनले सुकेका माछा र स्कच बोनेट चिल्लीको प्रयोग गरेर बनाएको आइसक्रीमले सामाजिक सञ्जालमा धेरैको ध्यान तानेको थियो।

जिम्बाब्वेमा जन्मिएका मलिकुलर बायोलोजिस्टले आफू खानेकुरा प्रेमी वैज्ञानिक मस्तिष्क भएको व्यक्ति भनी व्याख्या गरेका छन्।

उनले बीबीसीसँग भने: “मैले अफ्रिका महादेशका विभिन्न आदिवासीमा रहेको स्थानीय खाद्य प्रणाली र आयातीत स्वादलाई झल्काउन खोजेको हुँ।”

घोडाको दूधको आइसक्रीम

पछिल्लो आइसक्रीमको विकास भने पोल्यान्डमा भएको हो।

वेस्ट पोमेरनियन युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले घोडाको दूधबाट आइसक्रीम बनाएका छन्। घोडाको दूधको आइसक्रीम पनि गाईको दूधको जस्तै बाक्लो र उस्तै देखिएको छ।

अगस्टमा प्रकाशित अध्ययनले घोडाको दूधको आइसक्रीमले पाचन प्रणालीलाई राम्रो गर्न सक्ने देखाएको छ तर त्यसका लागि पक्कै पनि थप अनुसन्धानहरू आवश्यक पर्छ।

फर्मेन्टेड घोडाको दूधको प्रयोग मध्य एसियामा लामो समयदेखि उपभोग गरिँदै आएको छ तर त्यही दूधबाट फ्रोजन डिजर्ट बनाइएको चाहिँ यो नयाँ प्रयोग हो।

किटी ट्र्याभर्सले पोलिस अनुसन्धानकर्ताहरूले प्रयोग गरेर बनाएको आइसक्रीम चाखिन् र त्यो “पातलो र थोरै कडा” लागेको बताइन्।

मध्य एशियाका पहाडी भेगमा बसोबास गर्ने मानिसहरूले पहिलादेखि नै घोडाको दूध सेवन गर्दै आएका छन्। तर आइसक्रीम बनाउने प्रयोग चाहिँ नयाँ हो।

लन्डनकी किटी ट्र्याभर्सले पोलिश वैज्ञानिकहरूले भनेअनुसार गरेर घोडाको दूधबाट आइसक्रीम बनाएर बेच्न थालेकी छन्। हेर्नुहोस् यो भिडिओ।

  • अब घोडाको दूधबाट पनि आइसक्रीम, तपाईँलाई पनि चाख्न मन छ कि?

अगस्टको अन्त्यमा बीबीसीले उनलाई भेट्दा उनले घोडाको दूधमा नास्पातीको बोक्रा र खाने मसलामा प्रयोग गरिने सुप समेत प्रयोग गरेर आइसक्रीम बनाएकी थिइन्।

त्यसको एक सातापछि उनले एउटा पार्टीमा नयाँ स्वादको आइसक्रीम खुवाइन् र उनका साथीहरूलाई उनको प्रशंसा गरे।

त्यसैले तपाईँ नजिकैको आइसक्रीम पार्लरमा आउने नयाँ स्वाद र प्रकारको आइसक्रीमका लागि तयार भएर बस्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post
ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरसको समान मत

ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरसको समान मत

हिज्बुल्लाहका सञ्चार उपकरण विस्फोटनबारे अनुत्तरित प्रश्न

हिज्बुल्लाहका सञ्चार उपकरण विस्फोटनबारे अनुत्तरित प्रश्न

श्रीलङ्कामा वामपन्थी झुकाव भएका उम्मेदवार राष्ट्रपति निर्वाचनको मतगणनामा अगाडि

श्रीलङ्कामा वामपन्थी झुकाव भएका उम्मेदवार राष्ट्रपति निर्वाचनको मतगणनामा अगाडि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .