No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बदलिएको राजनीतिक परिस्थितिले रास्वपालाई मुलुकको सबैभन्दा प्रभावशाली राजनीतिक शक्तिका रूपमा स्थापित गरेको दाबी गर्दै देश रास्वपाको हातमा सुरक्षित रहेको बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले जनताले दिएको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गरे। उनले राजनीतिक शक्ति हासिल गर्नु दम्भ, प्रतिशोध वा अहंकार प्रदर्शन गर्ने अवसर नभई नागरिकप्रतिको दायित्व वहन गर्ने अवसर भएको बताए।

‘देश रास्वपाको हातमा छ, देश सुरक्षित छ,’ उनले भने, ‘बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। तर शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स होइन।’

लामिछानेले रास्वपा लोकतन्त्र, संविधान, मानवअधिकार र नागरिक स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा पार्टी दृढ रहने बताए।

‘लोकतन्त्रका स्थायी मान्यता, संविधान, मानवअधिकारलगायतका उपलब्धिको हामी जगेर्ना गर्नेछौँ,’ उनले भने, ‘हामी जिम्मेवारीका साथ उभिएका छौँ, त्यसैले अन्य राजनीतिक दलहरू निर्धक्क रहन सक्छन्।’

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न आग्रह

सम्बोधनका क्रममा लामिछानेले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता प्रमुख राजनीतिक दलहरूलाई आफ्ना आन्तरिक समस्या समाधान गर्न पनि आग्रह गरे। उनले ठूला राजनीतिक दलभित्र देखिएका विवाद र असहजताले अन्ततः राष्ट्रिय राजनीतिलाई नै प्रभावित गर्न सक्ने चेतावनी दिए।

‘सबै दल ठीक हुनुपर्छ। दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र केही अप्ठेरा देखिएका छन्,’ उनले भने, ‘त्यो अप्ठेरो केवल ती दलको मात्रै विषय होइन। यदि ती समस्या समाधान भएनन् भने त्यसको असर देशले पनि भोग्नुपर्ने हुन सक्छ।’

उनले राजनीतिक प्रतिस्पर्धा भए पनि लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन सबै दल सुदृढ, जिम्मेवार र व्यवस्थित हुनुपर्ने धारणा राखे।

‘मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठेरा मिलाउनुहोस्। हाम्रो मात्रै होइन, सबै दलका समस्या समाधान भए देश सही दिशामा अघि बढ्न सक्छ,’ उनले भने।

रास्वपा जिम्मेवारीको नयाँ चरणमा

लामिछानेले रास्वपा अब केवल वैकल्पिक राजनीतिक शक्तिका रूपमा सीमित नरही राष्ट्रिय जिम्मेवारी वहन गर्ने चरणमा प्रवेश गरेको बताए। जनताले देखाएको विश्वासलाई परिणाममा रूपान्तरण गर्नु पार्टीको मुख्य दायित्व रहेको उनको भनाइ थियो।

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिएका छन्। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व, संगठनात्मक संरचना तथा आगामी राजनीतिक कार्यदिशासम्बन्धी महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .