No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोरोना संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु

वीरगन्ज : कोरोना भाइरस संक्रमणबाट पर्सामा थप २ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक अस्पताल र नरायाणी अस्पतालमा २ जना पुरुषको मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । उनका अनुसार गण्डक अस्पतालमा मृत्यु भएका ८४ वर्षीय वृद्ध गत श्रावण २७ गते उपचाररत थिए । उनको मंगलबार राति करिब साढे १० बजे नै मृत्यु भए पनि अस्प्तालले आज मात्र संक्रमणबाट उनको मृत्यु भएको सार्वजनिक गरेको उनले बताए ।

यस्तै, वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीय पुरुषको समेत मंगलाबार ०३:३० बजे संक्रमणबाट मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तामाङले जनाए । उनका अनुसार भिश्वाका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरी जिन एक्सपर्ट विधिमार्फत कोरोना परीक्षण गर्दा कोरोना पोजिटिभ आएको थियो ।

निमोनियाबाट ग्रसित उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेज र बयोधा अस्पताल पुर्‍याइए पनि अस्पतालले उपचार गर्न नमानेपछि नारायणी अस्पतालमा ल्याइएको बताइएको छ ।

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

यस्तै, प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार आज थप १ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार राति वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १ सय १ जना पुरुष र ४६ जना महिलामा संक्रमण पाइएको हो ।

संक्रमित हुनेमा ७ वर्षको बालकदेखि ७० वर्षका वृद्ध पुरुष रहेको बताइएको छ । संक्रमण पुष्टि भएकाहरूमध्ये पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका विभिन्न वडाका मात्र ९० जना रहेका छन् । यस्तै, बारा जिल्लाका ८ जना, पर्सा जिल्लाका १ सय ३८ जना र सप्तरी जिल्लाका १ जनामा संक्रमणप पुष्टि भएको हो ।

बारा जिल्लामा रहेको श्री चण्डी गणका ४ नेपाली सेना रहेका छन् । वीरगन्जमा रहेको भारतीय महावाणिज्यदूतावासका ४४ वर्षीया १ जना महिला रहेकी छिन् । बयोधा अस्पलाका विभिन्न वार्डमा कार्यरत ३६ जना कर्मचारी समेतमा संक्रमण पुष्टि भएको छ । सप्तरीका १ जनामा समेत संक्रमण पाइएको छ । todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

Next Post
#उइगरमाथिकोचिनियाँ

उइगरमाथिको चिनियाँ नरसंहारविरुद्ध आवाज उठाउने महत्वपूर्ण समय

न्यायको आशमा पर्खेकी दिदी बहिनी ज्यान जोगाउन भौंतारिदैं

न्यायको आशमा पर्खेकी दिदी बहिनी ज्यान जोगाउन भौंतारिदैं

संघीय संसद् सचिवालयका ब्याच पिन फिर्ता

संघीय संसद् सचिवालयका ब्याच पिन फिर्ता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .