एजेन्सी : चीनले ९/११ को आक्रमणपछि आतंकवाद फैलिनसक्ने भन्दै सिन्जियाङका अल्पसंख्यक उइगरमाथि विभिन्न अपराध र जातीय वंशलाई उन्मूलन गर्ने गरी मानवअधिकारको चरम उल्लंघन गरिरहेको छ । उइगरमाथि भइरहेको मानवअधिकार उल्लंघनको घटना अहिले विश्वले चाल पाएको छ ।
सबैभन्दा ठूलो विडम्बना भनेको यो छ कि इस्लामिक सहयोग संगठन (ओआईसी) र सबै मुस्लिम बहुल मुलुकहरू, विशेष गरी, उइगर मुसलमानको हितमा कुनै चासो राख्दैनन्, किनभने उनीहरू चीनको विशाल भ्रमको शिकार भएका छन् ।
यो आवश्यक भएको छ कि इस्लामी देशहरू, र मुस्लिम भाइबहिनीहरू, तिनीहरू पनि चीनमा उइगरजस्तै दास बन्नुअघि आवाज उठाउन आवश्यक छ । उइगरमाथिको चिनियाँ दमन भनेको विश्वभरका अन्य इस्लामिक मुलुकहरुको भविष्य के हुन सक्दछ भन्ने कुराको तस्बिर हो । किनकि चीनले इस्लामविरूद्ध युद्ध सुरु गरेको छ ।
“पूर्वी तुर्कमेनिस्तानमा चिनियाँ नरसंहार – जसलाई चिनियाँ सरकारले सिन्जियाङ उइगर स्वायत्त क्षेत्र भनेर चिनिन्छ” नामको अभियानको लागि उइगर नामक अभियानले संकलित प्रतिवेदनमा संयुक्त राष्ट्रसंघले जनाएको अनुसार नरसंहारको प्रत्येक अवस्थालाई कसरी पूरा गर्ने भन्ने कुरालाई ध्यान दिइयो । चिनियाँ शासकहरुले उइगरमाथिको अत्याचारलाई जारी राखेका छन् ।
उक्त प्रतिवेदनमा अनुसार उइगरहरुलाई जबरजस्ती उनीहरु घरबाट निकालिएको छ । यातना दिएर हिरासत शिविरमा राखिएको छ । महिला र बच्चाहरू चिनियाँ अधिकारीहरूको निशानामा छन् । उनीहरूले उइगरको जनसंख्या घटाउने प्रयास गरिरहेका छन् । महिलाहरूलाई जबरजस्ती बाँझोपनको सिकार बनाइएको छ ।
मिडिया रिपोर्टका अनुसार कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू परिवारको रेखदेखको लागि “जोडी-जोडी” कार्यक्रम अन्तर्गत उइगर महिलाहरुमाथि अत्याचार गरिरहेका छन् । धेरै महिलाहरूका पतिहरू यातना शिविर वा कारागारमा छन् । चिनियाँ अधिकारीहरु उनीहरु घर गएर ती उइगर महिलालाई बलात्कार गर्ने र यौन दुर्व्यवहार गर्ने गरेका छन् ।
अहिले चीनविरुद्ध विश्व एक भएको छ । कोरोना महामारीका समयमा पनि चीनले अत्याचारको क्रमलाई रोकेको छैन । यही समय उइगरहरुलाई उनीहरुको मानवअधिकारको उपभोगका लागि विश्वले आवाज उठाउने महत्वपूर्ण समय हो ।