No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित महाराजगन्ज जिल्लाअन्तर्गत भारत-नेपाल सीमा क्षेत्रबाट सुरक्षा बलले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिले आफू अमेरिकी नौसेना र स्पेशल फोर्सेजको पूर्व सैनिक भएको दाबी गरेका छन्।

उनी विना पासपोर्ट र भिसा अवैध रूपमा नेपाल प्रवेश गर्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ परेका हुन्। सुरक्षा एजेन्सीहरूले हाल उनको वास्तविक पहिचान र भारत प्रवेश गरेका दाबीहरूको विस्तृत अनुसन्धान गरिरहेका छन्।

भारतीय समाचार एकेन्सी पीटीआईका अनुसार सशस्त्र सीमा बल (एसएसबी) का जवानहरूले गत ११ जुलाईमा सुनौली थाना क्षेत्रको मैनहवा इलाकामा गस्ती गर्ने क्रममा ती व्यक्तिलाई नियन्त्रणमा लिएका थिए।

पक्राउ परेका व्यक्तिको पहिचान अमेरिकाको क्यालिफोर्नियाका बासिन्दा ३६ वर्षीय जोर्डन ब्राउनका रूपमा भएको छ। ब्राउनलाई पक्राउ गरी जेल चलान गरिएको छ भने नयाँ दिल्लीस्थित अमेरिकी दूतावासलाई समेत यस घटनाबारे औपचारिक जानकारी गराइएको छ।

अधिकारीहरूका अनुसार जोर्डन ब्राउन भारतको बेंगलुरुबाट सुनौली सिमानासम्म आइपुगेका थिए र लुकिछिपी नेपाल सीमा पार गर्ने दाउमा थिए। एसएसबीका जवानहरूले उनलाई प्रमाणिकरणका लागि रोक्न खोज्दा उनले भाग्ने प्रयास गरेका थिए।

यद्यपि, सुरक्षाकर्मीहरूले लखेटेर उनलाई नियन्त्रणमा लिए। सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा स्थानीय बासिन्दाहरूको भीडका बीच एसएसबीका जवानहरूले ब्राउनको खुट्टामा डोरी बाँधेर लैजाँदै गरेको देखिन्छ। खानतलासीका क्रममा उनको साथबाट ३१,४६० भारतीय रुपैयाँ नगद र दुईवटा मोबाइल फोन बरामद भएको छ।

एसएसबीकी असिस्टेन्ट कमान्डर प्रिया यादवका अनुसार सुनौली पुलिसलाई बुझाउनुअघि एसएसबी र अन्य खुफिया एजेन्सीहरूले ब्राउनसँग लामो सोधपुछ गरेका थिए। समाचार एजेन्सी एएनआईका अनुसार महाराजगन्जका एएसपी सिद्धार्थले ब्राउन सन् २०२५ को नोभेम्बरमा समुद्री मार्गबाट भारत प्रवेश गरेको र त्यसबेलादेखि गोवामा बस्दै आएको जानकारी दिए।

पुलिस मिडिया सेलद्वारा जारी भिडियोमा एएसपी सिद्धार्थले भने, ‘जुलाइ ११ मा एसएसबीले सुनौली नजिकै गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गर्‍यो। सोधपुछका क्रममा उनले आफू टुरिस्ट भिसामा थाइल्यान्ड गएको र त्यहाँ उनको पासपोर्ट हराएको बताए। त्यसपछि उनी समुद्री मार्गबाट श्रीलंका पुगे र २ नोभेम्बर २०२३ मा समुद्रकै बाटो भएर भारत छिरे। त्यसयता उनी गोवामा बस्दै आएका थिए।’

हाल पुलिस अधिकारीहरूले उनका यी दाबीहरूको सत्यता परीक्षण गरिरहेका छन्। उनको साथमा कुनै पनि वैध कागजात फेला नपरेकाले ‘इमिग्रेसन एन्ड फरेनर्स एक्ट’ को धारा २१ र २३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

‘द टाइम्स अफ इन्डिया’ को रिपोर्टअनुसार सुनौलीका एसएचओ महेन्द्र मिश्राले आरोपी जोर्डन ब्राउनले आफ्नो पहिचान, यात्रा इतिहास र नेपाल जानुको उद्देश्यबारे लगातार विरोधाभासपूर्ण बयान दिइरहेको बताए।

एसएचओ मिश्राका अनुसार ब्राउनले आफूले करिब ७० देशको भ्रमण गरिसकेको र मे महिनामा इन्डोनेसियाको बालीबाट भारत आएको दाबी गरेका छन्। उनले अनुसन्धानकर्ताहरूलाई आफूले क्यालिफोर्निया विश्वविद्यालयबाट अध्ययन गरेको र करिब दुई वर्षअघि सैन्य सेवा छोड्नुअघि ६ वर्षसम्म अमेरिकी नौसेना र स्पेशल फोर्सेजमा काम गरेको बताएका छन्। साथै, उनका आमाबाबुको समेत मृत्यु भइसकेको उनले उल्लेख गरेका छन्।

अर्कोतर्फ, ‘द प्रिन्ट’ सँग कुरा गर्दै एक पुलिस अधिकारीले आरोपीले सन् २०२४ सम्म अमेरिकी नौसेना र फरेन सर्भिसमा काम गरेको बताएको जानकारी दिए। ब्राउनले अर्को एउटा कथा सुनाउँदै आफू दुई महिनाअघि अमेरिकाबाट गोवा आएको, त्यहाँ ६ हप्ता बसेको र ८ जुलाई मा बसमार्फत बेंगलुरुबाट लखनउ आएको बताएका छन्।

त्यहाँबाट गोरखपुर हुँदै ट्याक्सी चढेर उनी सुनौली सीमा पुगेका थिए। उनले गोवामा भेटिएका ‘नाज’ नामका एक नेपाली नागरिकलाई भेट्न नेपाल जान लागेको दाबी गरेका छन्। आफ्नो पासपोर्ट बेंगलुरुमा एक चिनजानका व्यक्तिसँग रहेको बताए पनि उनले ती व्यक्तिको बारेमा कुनै ठोस जानकारी दिन सकेनन्। उनले अक्टोबर २०२४ मा इटालीमा एक भारतीय महिला (जो योग प्रशिक्षक हुन् र उत्तराखण्डकी बासिन्दा हुन्) सँग विवाह गरेको दाबीसमेत गरेका छन्।

जोर्डन ब्राउनको यो गिरफ्तारीलाई यसै वर्षको मार्च महिनामा म्यानमार सिमानाबाट पक्राउ परेका अमेरिकी नागरिक म्याथ्यु भ्यानडाइसँग तुलना गरिएको छ। भ्यानडाइलाई ६ जना युक्रेनी भाडाका सैनिकहरूसहित पक्राउ गरिएको थियो।

भ्यानडाइलाई अमेरिकी खुफिया एजेन्सी सीआईएको एजेन्ट र अल-कायदासँग आबद्ध रहेको आरोप लाग्दै आएको छ। हाल उनी दिल्लीको तिहाड जेलमा थुनामा छन् र उनले हालै जेलभित्र आफ्नो खाना आफैँ पकाउन पाउने अनुमतिका लागिसमेत माग गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .