काठमाडौं : शिक्षामन्त्री गिरीराजमणी पोखरेलले प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार पाठ्यपुस्तक बितरण रोकिएको स्पष्ट पार्नुभएको छ ।
मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठकमा नै प्रधानमन्त्री ओलीले पाठ्यपुस्तक बितरण रोक्न निर्देशन दिनुभएको जानकारी दिनुभएको हो । यससम्बन्धमा शिक्षामन्त्री, परराष्ट्रमन्त्री र भूमिसुधारमन्त्रीबीच छलफल गरेर रिर्पोट बुझाउन पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको उहाले बताउनुभयो । यस बिषयमा चाडै प्रधानमन्त्री ओलीसंग छलफल हुने र निष्कर्षमा पुगिने उहाले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सीमासम्बन्धी पुस्तक प्रकाशित गर्दा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले अहिले प्रकाशित भएको पुस्तक वितरण नगर्न निर्देशन दिएका कारण पुस्तक वितरण नभएको बुझिएको छ ।