No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीन र इरानमाथिको अमेरिकी प्रतिबन्ध रोक्‍न अवैध लगानीमा नेपालको संलग्‍नता


चीन र इरानमाथिको अमेरिकी प्रतिबन्ध रोक्‍न अवैध लगानीमा नेपालको संलग्‍नता

काठमाडौं : नेपालका केही बैंक र कम्पनीहरू विदेशीबाट शंकास्पद रुपमा प्राप्त पैसा स्थानान्तरणमा संलग्‍न रहेको पाइएको खोज पत्रकारिता केन्द्र र बजफिडले खुलासा गरेको छ ।

आइतबार जारी गरिएको अनुसन्धानको प्रतिवेदनले नेपाली कम्पनीहरू र विशेष गरी इरान र चीनको व्यापारमा अमेरिकी प्रतिबन्धविरुद्ध उभिने बैंकहरुको संलग्‍नता रहेको पाइएको छ ।

अमेरिकाको वित्तिय ट्रान्ज्याक्स प्रणालीलाई निगरानी गर्ने फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्कले बेलायतको एचएसबीसी बैंकले अवैध धन जम्मा गरेको सार्वजनिक हुँदा पनि रकम स्थानान्तरण गरिरहेको खुलासा गरेको हो । जसलाई फिनसेन फाइल्स नाम दिइएको छ ।

‘फिनसेन फाइल्स’ का अनुसार डिसेम्बर २००६ र मार्च २०१७ को बीचमा नेपालका ९ वटा बैंक र १० वटा कम्पनी र विभिन्‍न व्यक्तिले सीमापार व्यापारको नाममा शंकास्पद कारोबार गरेको पाइएको छ । जसमा अवैध पैसा ओसारपसार भएको पाइएको छ ।

“यसले केहि नेपाली व्यवसायिक व्यक्ति र संस्थाहरु सुन, पुराना बहुमुल्य वस्तुहरु, बिटुमेन र दूरसञ्‍चार उपकरणको अन्तर्राष्ट्रिय तस्करीमा लागेको देखाउँछ । स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्राइम कमर्शियल बैंक, काठमाडौं बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सगरमाथा बैंक, मेगा बैंक, हिमालयन बैंक, कास्कीको एपेक्स डेभलपमेन्ट बैंक र नेपाल बंगलादेश बैंकलाई शंकास्पद पैसा हस्तान्तरण गर्ने बैंकहरूको सूचीमा समावेश गरिएको छ,” २५ पृष्ठ लामो प्रतिवेदनमा भनिएको छ ।

फिनसेन फाइल्सले उक्त संदिग्द रकम स्थानान्तरणमा १० नेपाली कम्पनीको संलग्‍नता रहेको देखाएको छ । प्रतिवेदनका अनुसार ११ वर्षमा यी बैंक र कम्पनीहरूमार्फत २९२.७ मिलियन अमेरिक डलरको कारोबार भएको छ ।

उक्त रिपोर्टले रौनियार ब्रदर्स एण्ड कम्पनी, शुभ समृद्धि ट्रेडर्स प्रालि, शास्ता ट्रेडिंग कम्पनी, सेतीदेवी निर्यात आयात प्रालि, एलडी इन्टरनेश्‍नल प्रालि,फेल्ट एन्ड यार्न प्राली, महिला पेपर क्राफ्ट, एसेमी मनी ट्रान्सफर र सन्‍नी इन्टरप्राइजेजले उक्त रकमको कारोबारमा संलग्‍न भएको देखाएको छ ।

यी कम्पनीहरुमध्ये, रौनियार ब्रदर्स एण्ड कम्पनी र पर्साको शुभ समृद्धि ट्रेडर्स प्राइभेट लिमिटेले दुबई स्थित कम्पनी काइट इन्टरनेसनल एफजेडईमार्फत संदिग्ध कारोबार गरेको पाइएको छ । जसको मुख्य कारोबार पेट्रोलियम पदार्थ, बिटुमेन, सवारी साधन, लुब्रिकन्ट र रबर प्रशोधन र ईन्जिन तेलको रहेको थियो ।

“दुबइस्थित यस्ता संदिग्ध कम्पनीहरूमार्फत रौनियारले नेपालमा बिटुमेन र पेट्रोलियम पदार्थको आयात र निर्यातको नाममा संदिग्ध रकमको कारोबार र स्थानान्तरण गरेका छन् । रौनियार ब्रदर्स र शुभ समृद्धि ट्रेडर्सले बारम्बार स्ट्यान्डर्ड चार्टर्डबाट लेटर अफ क्रेडिट (एलसी) खोलेका छन् । बैंक अफ काठमाडौं, सेप्टेम्बर २८, २०१० र सेप्टेम्बर ४, २०१४ बीच यी चार कम्पनीले दुबई लगायत विभिन्‍न देशहरूमा ७१ दशमलव ४ मिलियन अमेरिकी डलरको भुक्तानी पठाएको छ,” रिपोर्टले खुलासा गर्‍यो ।

उनले थप्दै भने, “फिनसेनले यी कम्पनीहरूको बारेमा संवेदनशील तथ्य औंल्याएको छ । रौनियारको कम्पनीले सामान इरानबाट ल्याएको थियो, जहाँ संयुक्त राज्यले व्यापार प्रतिबन्ध लगाएको थियो । यद्यपि उक्त सामानहरु दुबइबाट आयात गरेको देखाउन सोही अनुसारको कागज बनाइएको छ ।”

अनुसन्धानको क्रममा नेपालका अनुसन्धान पत्रकारहरुले काइटमार्फत यस विषयमा प्रतिक्रिया लिने प्रयास गरेको काइटले कुनै प्रतिक्रिया पठाएन । तर, अुसन्धान टोलीले केन्या, जाम्बिया, मोजाम्बिक, नेपाल र संयुक्त राज्य अमेरिकामा रहेको ‘काइट इन्टरनेसनल एफजेडई’ लाई आफ्नो वेबसाइटमा “नेपालमा उच्च शिक्षाको लागि नयाँ प्रोजेक्ट” सुरु गरेको पत्ता लगाएको छ । तर, परियोजनाको लागि दावी गरिएको कुनै आधिकारिक रेकर्ड उपलब्ध छैन ।

काइटको साथ स्थापित भएको दुई कम्पनीका निर्देशकहरुमध्ये एक नारायणजी रौनियारले उनीहरुका दुबै कम्पनीहरु अहिले बन्द रहेको बताएका छन् । “अहिले कुनै कम्पनी छैन । यो बन्द भएको चार-पाँच वर्ष भयो,” उनलाई उदृत गर्दै प्रतिवेदनमा भनिएको छ ।

“हामी बिटुमेन आयात गरेका थियौं, तर अब हामी गर्दैनौं,” उनले थपे । फिनसेनले भन्‍यो, “नारयाणजी छोरा प्रकाशकुमार रौनियार यस व्यवसायको मुख्य योजनाकार थिए । नारायणजीले विदेशमा रहेको र फोन नम्बर उपलब्ध गराउने बताएका थिए । तर, उनले दिएनन् । दुबै रौनियार ब्रदर्स एण्ड कम्पनी र शुभ समृद्धि ट्रेडर्स प्रालि वीरगन्जका नारायण जी रौनियार र उनका चार छोरा श्यामबाबु, ज्योतिबाबू, प्रकाश कुमार, र दीप कुमार बाबुको नाममा दर्ता छन् ।

नेपाली बैंक र जेडटीईबीचको सम्बन्ध

फिनसेनका अनुसार चीनको सबभन्दा ठूलो दूरसञ्‍चार सेवा प्रदायक कम्पनी झोङसी टेलिकम्युनिकेशन उपकरण (जेडटीई) कर्पोरेशनले मार्च १७, २०११ देखि मार्च १, २०१७ सम्म २१३३ मिलियन अमेरिकी डलर नेपाललगायत अन्य मुलुकहरुमा पठाएको छ ।

जेडटीईले बेइजिङस्थित चीन कन्स्ट्रक्सन बैंकमार्फत कारोबार गरेको थियो । चिनियाँ कन्स्ट्रक्सन बैंकको अमेरिकास्थित न्युयोर्क शाखाले लेनदेन गरिएको रकम संदिग्ध रहेको पत्ता लगाएको थियो ।

नोभेम्बर ४, २०१३ देखि फेब्रुअरी २७, २०१७ सम्म तीन वर्ष चार महिनाको अवधिमा जेडटीईले नेपाल इन्भेष्टमेन्ट बैंकमा केही रकम जम्मा गरेको पाइएको फिनसेनले जनाएको छ ।

चार पटक गरिएको कारोबारमा ५ हजार ७०९.९, ५,२४४. ७६, ४०,३५७.७५ र १० अमेरिकी डलर जेडटीई कर्पोरेशनले नेपाल इन्भेस्टमेन्ट बैंक, काठमाडौंमा जम्मा गरेको भेटिएको छ ।

फिनसेनका अनुसार विभिन्‍न मिडिया आउटलेटहरूलाई उद्धृत गर्दै पाँच वर्ष लामो अनुसन्धानले जेडटीईले अमेरिकी प्रतिबन्ध हटाउनका लागि सिर्जना गरेको “धेरै षडयन्त्र” उल्लेख गरेको छ । कम्पनीले “संयुक्त राज्य अमेरिकाबाट टेलिकम्युनिकेशन उपकरणको खरिद गरेको र जेडटीईको उपकरणहरु इरानमा अवैध रूपमा बिक्री गरेको पाइएको छ ।”

फिनसेनका अनुसार, जेडटीईले अमेरिकाको प्रतिबन्धविरूद्ध नियामक निकायहरू धोका दिन विभिन्‍न देशहरूमा शंकास्पद रकमको कारोबार गरेको छ ।

जेडटीई नेपालमा दूरसञ्चार उपकरणको एक प्रमुख निर्यातकर्ता हो । वि.स २०७२ को भूकम्प लगत्तै जेडटीईले नेपालमा रहेको दूरसञ्चार कम्पनी एनसेलका लागि टावर निर्माणका लागि सामग्रीहरू निर्यात गरेको छ ।

आयातको उद्देश्य वाणिज्यिक भए पनि भन्सार महसुललाई बाइपास गर्ने उद्देश्य राखिएको थियो । यसले आयात गरिएका सामानहरूमा रेडक्रस स्टिकरहरू लगाएर नेपाल भित्र्याइएको थियो । भन्सार जाँचको क्रममा रेडक्रसको स्टिकर लगाएको पत्ता लागेपछि जेडटीईले आफ्ना सामानहरू छोड्न १० करोड १० लाख तिर्नुपरेको थियो ।

“नेपाल इन्भेस्टमेन्ट बैंकका उपमहाप्रबन्धक बिजेन्द्र सुवालले उक्त तथाकथित संदिग्ध कागजात जवाफका लागि पठाइनु पर्ने बताएका छन् । उनले बैंकिङ र वित्तीय संस्था ऐन बमोजिम बैंक र ग्राहकबीचको सम्बन्ध खुलाउन नमिल्‍ने बताएका छन्, “प्रतिवेदनमा भनिएको छ ।

“उचित प्रमाणको अभावका कारण हामी गोपनीयता ग्राहकको दायित्वका कारण हाम्रा ग्राहकहरुको बारेमा जानकारी खुलासा गर्न असमर्थ छौं” सुवाललाई उद्धृत गर्दै अनुसन्धानत्मक रिपोर्टमा भनिएको छ ।

जेडटीईले भने कुनै प्रतिक्रिया नदिएको रिपोर्टमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post
सार्बजनिक जग्गा पचाउ अभियानको मुख्य दोषी वडा अध्यक्ष रामपुकार कामती : संर्घष समिति

सार्बजनिक जग्गा पचाउ अभियानको मुख्य दोषी वडा अध्यक्ष रामपुकार कामती : संर्घष समिति

नेपालमा बुधबार थप ११७२ जनामा कोरोना संक्रमित

नेपालमा बुधबार थप ११७२ जनामा कोरोना संक्रमित

फेरि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

फेरि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .