No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

अनुमति प्रक्रियाको जालोमा अल्झिएको अर्थतन्त्र, लगानी आकर्षित गर्न अनुमति प्रणालीमा रचनात्मक क्रान्ति आवश्यक छ |
दिपेन्द्र महतो : युवा व्यवसायी

#hydropower #Pharmaceuticals #IPO
नेपालमा लगानी भित्र्याउने, उद्योग स्थापना गर्ने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने कुरा राजनीतिक भाषण र सरकारी दस्तावेजमा बारम्बार सुनिन्छ। तर व्यवहारमा भने लगानीकर्ता र उद्यमीले भोग्नुपरेको यथार्थ बिल्कुल फरक छ। समस्या पूँजीको अभाव मात्र होइन, अनुमति, स्वीकृति र प्रशासनिक प्रक्रियाको जालो हो।

औषधि उद्योगदेखि पूँजी बजार, वन क्षेत्रदेखि कम्पनी दर्तासम्मका धेरै निकायमा सेवा प्रवाहको गति अत्यन्त सुस्त रहेको गुनासो वर्षौंदेखि सुनिँदै आएको छ। एउटा उद्योग सञ्चालन गर्न वा नयाँ परियोजना अघि बढाउन आवश्यक अनुमति प्राप्त गर्न महिनौँ होइन, कतिपय अवस्थामा वर्षौँसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ। यसले लगानीकर्ताको लागत बढाउने मात्र होइन, उत्साह नै समाप्त पार्ने काम गरिरहेको छ।

औषधि क्षेत्रको उदाहरण हेरौँ। कच्चा पदार्थ आयातदेखि उत्पादन र बिक्रीसम्म विभिन्न चरणमा अनुमति आवश्यक पर्छ। नियमन आवश्यक छ, तर नियमनको नाममा अनावश्यक ढिलाइ र झन्झट हुनु हुँदैन। यस्तै अवस्था पूँजी बजार नियामक निकायमा पनि देखिन्छ। सार्वजनिक निष्कासन (IPO) स्वीकृतिका लागि कम्पनीहरूले लामो समय कुर्नुपरेको गुनासो पटक–पटक उठ्दै आएको छ। प्रक्रिया जति लम्बिन्छ, लगानीको लागत त्यति बढ्छ र आर्थिक गतिविधि त्यति नै सुस्त हुन्छ।

वन, वातावरण तथा अन्य मन्त्रालयगत स्वीकृतिहरूमा पनि यस्तै समस्या देखिन्छ। एउटा परियोजनाले आवश्यक अनुमति प्राप्त गर्न वर्षौँ बिताउने अवस्था रहँदा विकास र लगानीको गति स्वाभाविक रूपमा प्रभावित हुन्छ। सरकार एकातिर लगानी सम्मेलन आयोजना गर्छ, अर्कोतिर अनुमति प्रक्रियाले लगानीकर्तालाई निरुत्साहित बनाउँछ भने त्यसको सकारात्मक परिणाम अपेक्षा गर्न सकिँदैन।

अब सुधारको समय आएको छ। प्रत्येक सेवाका लागि स्पष्ट कानुनी समयसीमा निर्धारण गर्नुपर्छ। औषधि सम्बन्धी अनुमति सात दिनभित्र, IPO स्वीकृति तीन महिनाभित्र, कम्पनी दर्ता तथा संशोधनका कार्य दुई दिनभित्र सम्पन्न हुने व्यवस्था लागू गर्न सकिन्छ। समयसीमा नाघेमा कारणसहित जवाफ दिनुपर्ने र जिम्मेवार अधिकारीलाई उत्तरदायी बनाउने प्रणाली आवश्यक छ।

त्यसैगरी सम्पूर्ण प्रक्रिया डिजिटल बनाउनुपर्छ। फाइल कहाँ अड्किएको छ, कसको जिम्मेवारीमा छ र निर्णय कहिले हुने हो भन्ने जानकारी सेवाग्राहीले अनलाइनमार्फत सहजै पाउन सक्नुपर्छ। पारदर्शिता बढेपछि बिचौलिया र अनियमितताको सम्भावना स्वतः घट्दै जान्छ।

देशलाई आर्थिक समृद्धितर्फ लैजान नारा मात्र पर्याप्त हुँदैन। छिटो, पारदर्शी र जवाफदेही प्रशासनिक प्रणाली निर्माण गर्न सकिएन भने लगानीकर्ता निराश हुनेछन्, उद्योग स्थापना सुस्त हुनेछ र रोजगारी सिर्जना पनि प्रभावित हुनेछ। लगानीमैत्री वातावरण निर्माण गर्ने हो भने अनुमति प्रणालीलाई सरल, छरितो र परिणाममुखी बनाउनैपर्छ। आजको आवश्यकता यही हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

Next Post
नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .