No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सार्बजनिक जग्गा पचाउ अभियानको मुख्य दोषी वडा अध्यक्ष रामपुकार कामती : संर्घष समिति

सार्बजनिक जग्गा पचाउ अभियानको मुख्य दोषी वडा अध्यक्ष रामपुकार कामती : संर्घष समिति

संजय यादव,  ७, असोज  गोलबजार, सिरहा  : सार्बजनिक जग्गा पचाउ अभियानको मुख्य दोषी गोलबजार नगरपालिका वार्ड नं ९ का वडा अध्यक्ष रामपुकार कामती रहेको सार्बजनिक जग्गा बचाउ अभियान संर्घष समितिले बताएका छन् । सिरहाको गोलबजार नगरपालिका वार्ड नं ९ स्थित पूर्वपश्चिम लोकमार्गसंगै रहेको करोडौ मूल्यको अढाई बिग्हा सार्बजनिक जग्गा आर्थिक मिलोमतोमा उक्त जग्गामा घरबाटो केही नभएको ब्योहोरा सहितको झुठो सिफारिस गोलबजार वार्ड नं ९ का वडा अध्यक्ष रामपुकार कामतीले दिएको संर्घष समितिका एक सदस्यले रेडियो आकाशगंगा एफएमलाई बताए ।

लोकमार्गमै रहेको कराडौ मूल्य बराबरको सरकारी जग्गा नक्कली सुकुम्बासी खडागरी ब्यक्तिको नाँउमा पास रहेकोमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको बिशेष सकृयताले नक्कली र किर्तेगरी हडपिएको कराडौको जग्गा वन क्षेत्रलाई पूनःफिर्ता गराई कायम गराएको छ । सार्बजनिक जग्गा फिर्ता तथा भूमाफियालाई कडा सजायको माँग गर्दै सार्बजनिक जग्गा बचाउ अभियान संर्घष समिति गोलबजार नगरपालिका वार्ड नं ९ र १० आन्दोलित भएका छन् ।

लोकमार्गमै रहेको साबिक गाबिस असनपुर वार्ड नं ६ हाल गोलबजार नगरपालिका वार्ड नं ४ बस्ने फौज बहादुर भट्ट क्षेत्रीको नाँउमा चन्द्रोदयपुर ८(क) हाल गोलबजार नगरपालिका वार्ड नं ९ अन्र्तगत पर्ने कित्ता नं ४२० को २ बिग्हा ९ कठ्ठा ३ धुर क्षेत्रफल भएको उक्त जग्गामा घर बाटो केही नभएको ब्योहोरा सहित वडा अध्यक्ष कामतीले २०७४ असोज २२ गतेका दिन गलत सिफारिस गरिएको देखिन्छ ।

उक्त क्षेत्रफलको जग्गा २०५८ साल तिर धनगढीमाई नगरपालिकाकी बिना चौधरी र सिरहा नगरपालिकाकी अनिता साहको नाममा संयुक्त पास रहेको थियो ।

यता सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेललाई सोधे, करोडौ मूल्य बराबरको केही सार्बजनिक जग्गा फिर्ता भयो तर संलग्न दोषीहरुलाई कार्यबाही कहिले हुने भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी कणेलले भन,े जग्गा फिर्ता भएर मात्र हुदैन, संलग्न दोषीहरु जो कोही भए पनि कार्यबाहीको दायरामा ल्याउन आफुले सिफारिस सहितको पत्र सम्बन्धीत निकायमा पठाईसकेको बताए । प्रमुख जिल्ला अधिकारी कणेलले थपे, जग्गा पास हुनलाई घर बाटो प्रमाणित सिफारिस अनिबार्य चाहिने र सिफारिस बेगर जग्गै पास नहुने भएकोले सिफारिस गर्ने पनि संलग्न रहेको बताए ।
त्यस्तै डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख सुभाष चन्द्र दासले वनको जग्गा ब्यक्तिको नाममा पास गराउने वडा अध्यक्ष होस वा जो सुकै होस कानूनी दायरामा ल्याउने प्रमुख दासले रेडियो आकाशगंगा एफएममा अन्तरवार्ता दिदै यस्तो बताए ।

गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले कार्यवाहीको सिफारिस गरी पठाउने ब्योहोराको अहिले सम्म पत्र प्राप्त नभएको र जिल्ला प्रशासन कार्यालय सिरहा, डिभिजन वन कार्यालय लहान, सिरहाले सिफारिस पठाउन भनेपछि तुरुन्तै कार्यवाहीको सिफारिस लेखि पठाउने र कार्यवाही गर्ने मुख्य निकाय वन कार्यालय रहेको नगर प्रमुख साहले बताए ।

गोलबजार नगरपालिका वार्ड नं १० का वडा अध्यक्ष देवनारायण महतोले आफु जग्गा बचाउ आन्दोलनमा सकृय भएर लागेको र दोषी जो कोही भए पनि कार्यबाही हुनुपर्छ भनेर बताए ।
संर्घष समितिका सकृय सदस्य गोलबजार नगरपालिका वार्ड नं ९ का बलराम प्रसाद यादवले आन्दोलननकै बलमा सार्बजनिक वनको जग्गा पूनः वनलाई नै फिर्ता गराई झुठो घर बाटो प्रमाणित गरेका वडा अध्यक्ष पनि दोषी रहेको बताए ।
संर्घष समितिका अर्का सदस्य लक्ष्मण प्रसाद यादवले यस प्रकरणमा भूमाफिया जो कोही भए पनि तह लगाउने, वडा अध्यक्ष कामतीको पनि मिलोमतो देखिएकोले जनताको कठघरामा खडा गर्ने बताए । त्यस्तै समितिका अर्का सदस्य महेद्र प्रसाद महतोले सुकुम्बासी समस्या समाधान आयोगलाई सघाउने साबिक चन्द्रोदयपुरका ततकालिन अध्यक्ष ब्रम्हदेब कामती र बर्तमान वार्ड नं ९ का अध्यक्ष रामपुकार कामती सहित अपराधी रहेकोले जनताको माझ नंगाझार गर्ने बताए । अर्का सदस्य सकलदेव सिंहले भूमाफियाहरुलाई पर्दाफास गर्ने र जनप्रतिनिधि होस वा अरु कोही होस दोषीलाई कालोमोसो दलेर गदहामा सबार गरेर पठाउने बताए ।
यता स्थानियहरुले हडपिएको सार्बजनिक जग्गा आनदोलनकै बलमा फिर्ता गराई अपराधीलाई जनताको कठघरामा खडा गराई नंगाझार गर्ने बताउँछन् ।
हडपिएको सार्बजनिक जग्गा नगरपालिका र सरोकारवाला निकायकै मिलोमतोमा सुकुम्बासी जग्गा गैर सुकुम्बासीको नाउँमा पास भएको तथ्य बाहिर आउँदा संर्घष समितिको आन्दोलनमा झन्नै जनसर्मथन जुटदै गएको संर्घष समितिले जनाए ।
सम्बन्धीत निकायकै मिलोमतोमा सुकुम्बासी जग्गा गैर सुकुम्बासीको नाउँमा पास भएको चर्चा स्थानियहरुमा चलेपछि गोलबजार नगरपालिकाले २०७५ सालमा रष्टरी बदरको निमित जिल्ला अदालत सिरहामा मुद्धा चल्दा अदालतले पनि सो जग्गा पास भएकाहरुकै नाउँमा सदर गरिएको थियो ।
जिल्ला अदालत सिरहाका न्यायधिश योगेन्द्र प्रसाद साहको इजलास नम्बर १ ले उक्त जग्गा नीज साह र चौधरीको नाममा चलनचल्ती कायम गरिदिएको अवस्थामा सिडियो कणेलको बिशेष सकृयताले सरकारी वन जग्गा फिर्ता गराउन सफल भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
नेपालमा बुधबार थप ११७२ जनामा कोरोना संक्रमित

नेपालमा बुधबार थप ११७२ जनामा कोरोना संक्रमित

फेरि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

फेरि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

छठलगत्तै त्रिविका सबै परीक्षा सञ्चालन गर्ने तयारी

छठलगत्तै त्रिविका सबै परीक्षा सञ्चालन गर्ने तयारी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .