एजेन्सी : चिनियाँ कम्युनिस्ट पार्टीले विगतका दशकहरुमा मनी लान्ड्रिंग, दुरुपयोग र अन्य अवैध माध्यममार्फत विभिन्न देशहरुमा करिब १० खरब डलर कमाएको छ । यद्यपि सीसीपी नेताहरुमा वाशिंगटनले लगाएको प्रतिबन्ध पछि नकारात्मक परिणामहरु चीनले सामना गर्नुपरेको छ ।
सिन्जियाङका जातीय अल्पसंख्यक उइगर समुदायमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेको भन्दै ग्लोबल म्याग्निट्स्की ऐनअन्तर्गत सिन्जियांग उइघुर स्वायत्त क्षेत्र (एक्सयुएआर) सार्वजनिक सुरक्षा ब्यूरो र चार सीसीपी अधिकारीहरूमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।
तथ्यांक अनुसार यसको युट्यूब च्यानलको अनलाइन पत्रिकाले भनेको छ कि सीसीपी कम्युनिष्ट पार्टीले चीनको विभिन्न देशहरुमा करीव १० खर्ब डलर कमाएको छ र पार्टीको पतन भएमा जम्मा गरेको पैसा र सम्पत्ति सीसीपी नेताहरूले प्रयोग गर्न पाउने छैनन् । जनताहरु असन्तुष्टि र आक्रोशको ज्वाला निकालिरहेका छन् ।
एक पटक अमेरिकाले कारबाही गरेपछि, सीसीपीका सबै विदेशी रकमहरू चीनले प्राप्त गर्न छैन । सीसीपीको ‘डूब अफ डूम’ वा ‘डुब्ने जहाज’ योजना १९९१ मा प्रस्ताव गरिएको थियो र पछि केन्द्रीय परामर्श समितिबाट सर्वसम्मतिमा अनुमोदन भएपछि काम भएको थियो । पार्टीले यस प्रयास अन्तर्गत विश्वभर कोष र सम्पत्ति जम्मा गरेको थियो ।
“अमेरिकाले ईयू, अष्ट्रेलिया, न्यूजील्याण्ड, क्यानडा, बेलायत, जापान र अन्य देशहरुलाई पनि सीसीपीको विदेशी सम्पत्ति जफल गर्नका लागि कन्भिन्स गर्न सक्छ, सीसीपी अधिकारीहरुको प्रयास काम नलाग्ने बन्नसक्छ,”, चीन अब्जर्भर – भिजन टाइम्सले आफ्नो समाचारमा भनेको छ ।