काठमाडौँ : कोरोनाका महामारीका कारण पशुपति क्षेत्र बन्द हुने भएकाले घरमा नै हरितालिका तीज मनाउन कोषले आग्रह गरेको हो । पशुपति क्षेत्र बिकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले मन्दिरको वरपर पनि नाँचगान र पूजाआजा निषेध गरिएको भन्दै घरबाटै पशुपतिनाथको दर्शन गर्न सुझाव दिनुभयो । पर्वहरु बन्द गर्ने अवस्था यसअघि नआएको भन्दै उहाले यसपटक भने बाध्यात्मक व्यवस्था गर्नुपरेको बताउनुभयो । खतिवडाले मन्दिरमा आएर भिडभाड गर्दा कोरोना संक्रमणको जोखिम रहेको भन्दै पशुपतिनाथको बाहिरी घेरा भन्दाभन्दा भित्र कसैलाई पनि प्रवेश नगराउने जानकारी दिनुभयो ।
यसअघिका बर्षहरुमा भने कोषले हरितालिका तीजको तयारी एकहप्ताअघिदेखिनै गर्दै आएको थियो । पशुपतिनाथको मन्दिरमा हरेक बर्ष हरितालिका तीजको भव्य मेला लाग्ने गरेपनि यस बर्ष कोरोना महामारीका कारण रोखिएको हो ।