No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भाद्र महिनको मासिक रासिफल


भाद्र महिनाको रासिफल

भाद्र महिनाको रासिफल

मेष – ARIES  बुद्धि–विवेकले काम लिनेहरूका लागि महिना फलदायी रहनेछ। केही चुनौती देखिए पनि सम्भावनाका बाटाहरू फेला पर्नेछन्। कृषि, पशुपालन र व्यापारमा सामान्य लाभ हुनेछ। उत्तरार्धमा केही नयाँ अवसर प्राप्त हुनेछन्। स्रोत–साधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ। सहयोगीहरूले साथ दिनेछन्। तर महत्त्वाकांक्षी सोचले घर–परिवार र साझेदारीमा असमझदारी निम्त्याउन सक्छ। अरूको उक्साहटमा लाग्नाले निकटजनसँग दूरी बढ्नेछ। छाती, फोक्सो तथा मुटुको समस्या हुनेहरूले स्वास्थ्यमा सावधान रहनुहोला।  अर्थोपार्जनको बलियो स्रोत प्राप्त हुनाले केही समस्या सुल्झाउन सकिनेछ।

वृष – TAURUS  भाद्र महिनामा आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । महिनाको अन्त्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।अधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउन सक्छ। सामान्य उपलब्धिका लागि अधिक खर्च हुनेछ। साझेदारीमा पुरानो विवादले निकास पाउनेछ। नयाँ कामका लागि नयाँ सहकर्मी फेला पर्नेछन्।

मिथुन – GEMINI भाद्र महिनामा नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वैदेशिक तथा राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । धार्मिक, सांस्कृतिक, दान पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ घर ,जग्गा खरिद तथा बिक्रिको योग छ । महिनाको अन्त्यतिर घरेलु विवाद उत्कर्षमा पुग्नेछ। घरेलु समस्यामा घरभित्रै समाधान खोज्नु श्रेयष्कर हुनेछ।

कर्कट – CANCER भाद्र महिनामा अध्ययन नगरी काम थाल्नाले दुःख पाइनेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। अज्ञानता र बलजफ्तीले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्रोत सबल देखिए पनि फाइदा लिन पनि धेरैपटक प्रयत्न गर्नुपर्ला। समयमा सजग नबन्दा सहयोगीहरू अलमलिने छन्। अरूको भरपर्दा लाभांश गुम्न सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने भाग्यले साथ दिनेछ। समय लागे पनि रोकिएका काम दोहोर्याउँदा सम्पादन हुनेछन् र उठ्नुपर्ने रकम हातलागी हुनेछ।

सिंह – LEO यो महिना केही संघर्षमय रहने देखिन्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ। व्यवसायमा मन्दी आउनाले निर्वाहमूलक काम गर्न बाध्य भइनेछ। अप्ठ्यारो पर्दा आफन्तको साथ नपाइएला। अर्थ अभावले यात्रा रोकिन सक्छ। स्वास्थ्य कमजोर रहनेछ र सञ्चित रकम खर्च हुनेछ। शुभचिन्तकहरू टाढा हुनेछन् भने भ्रष्ट व्यक्तिहरू नजिकिनेछन्। चोटपटकको योग भएकाले हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। नयाँ व्यवसायतर्फ तत्काल लगानी गर्दा सुरक्षित नहुन सक्छ।१५ गतेबाट लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभ कार्यको चर्चा चल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ

कन्या – VIRGO अध्ययनका लागि समग्रमा यो महिना सकारात्मक महिना रहेको छ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । शुभकार्यको चर्चा चल्ने छ र शुभकार्यको योग पनि छ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । कला, गला र सांस्कृतिक क्षेत्रको समेत प्रभाव बढ्दै जानेछ । शत्रुबाधा हट्नेछ भने मौसमी रोग निवारण हुनेछ। रोकिएका काम बन्नेछन् र आर्थिक समस्या सुल्झनेछ।

तुला – LIBRA  अरूको विचार र प्रवृत्तिमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। अभिव्यक्तिको लय कठोर बन्नाले शुभचिन्तकहरू टाढिन सक्छन्। आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ। दोहोर्याएर गरेको काम भने सम्पादन हुनेछ। व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति गर्ने मौका छ। सामाजिक क्षेत्रमा आफ्नो प्रभाव कमजोर बन्नेछ। घर–परिवारमा असमझदारी बढ्न सक्छ। यात्रामा मालसामान हराउन सक्छ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला ।

वृश्चिक – SCORPIO  केही अवरोध देखिए पनि क्रमशः अवसर र भोगाधिकार प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरू कर्मयोगका प्रेरक बन्नेछन्। मिहिनेत गर्दा यो महिना विशेष फलदायी रहनेछ। परिस्थिति प्रतिकूल देखिए पनि कर्मयोगले उचाइमा पुर्याउनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषि उपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। आधा महिना पछि प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । धर्म,कर्ममा रुची बढ्ने र शुभकार्यको चर्चा चल्नेछ ।

धनु – SAGITTARIUS विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । परिस्थिति सकारात्मक रहेको छ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ । समाजसेवातर्फ आकर्षित भइनेछ । वाहान लाभ हुने समय आएको छ, अध्ययनमा भने धेरै समय जुट्न नसकिएला। समाजमा तारिफयोग्य काम गर्दै दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। सरोकार नभएका विषयमा चासो लिँदा वादविवादमा परिएला। प्रयत्न गर्दा कीर्तिमानी कामको यश लिने अवसर भने प्राप्त हुनेछ।नोकरी तथा राजनीतिमा पनि अवसर खोज्ने समय छ।

मकर – CAPRICORN भाद्र महिनामा नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ। साझेदारीमा पुरानो विवादले निकास पाउनेछ। नयाँ कामका लागि नयाँ सहकर्मी फेला पर्नेछन्। कृषि र पशुपालनमा सहयोगीहरू जुट्नाले यथासमयमा काम गर्न सकिनेछ। यन्त्र, औजार, उपकरण आदि बिग्रनाले फजुल खर्च बढ्नेछ। पाउमा चोटपटक लाग्न सक्छ। कामको चाप बढे पनि पछिलाई फाइदा हुनेछ । चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। झुटा आश्वासन बाँड्नेहरूलाई तह लगाउन सकिनेछ। तारिफयोग्य काम गर्दै नयाँ जिम्मेवारी हातपार्न सकिनेछ।

कुम्भ – AQUARIUS नोकरी तथा राजनीति गर्नेहरूलाई मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनाले आर्थिक पक्ष सबल बन्नेछ। महिनाको अन्त्यतिर केही व्यवधान र चुनौती आउन सक्छन्, उपलब्धि जोगाउन सावधानी अपनाउनुहोला। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

मीन – PISCES हठ गर्ने बानीले पारिवारिक असमझदारी निम्त्याउनेछ। पेसा र व्यापारमा मन्दी आउने देखिएकाले लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुनेछ। फजुल खर्च पनि बढ्नेछ। नियमित काम भने सम्पादन हुनेछन्।लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । नयाँ कार्ययोजना भने स्थगित गर्नुपर्ने हुन सक्छ। महिनाको उत्तरार्धमा आयस्रोत सबल बन्नेछ। तत्काल लाभ नभए पनि पछि फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। शत्रु सबल रहनसक्छन् । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

चिनियाँ विस्तारवादलाई संस्थागत गर्न राजसंस्था पुनःस्थापनाको माग

चिनियाँ विस्तारवादलाई संस्थागत गर्न राजसंस्था पुनःस्थापनाको माग

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

Next Post
चीनसँगको तनावका क्रममा अन्य मुलुकको साथ भारतलाई

चीनसँगको तनावका क्रममा अन्य मुलुकको साथ भारतलाई

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा

चीनलाई मोदीको चेतावनी : भारतले के गर्न सक्छ भनेर लद्दाखमा देखाइसक्यो

शान्ति सदाले लिएर आईन तीजको गीत

शान्ति सदाले लिएर आईन तीजको गीत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .