No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारत‍-श्रीलंका-माल्दिभ्सले गरे समुद्री सुरक्षाबारे समीक्षा, सहयोगका क्षेत्र फराकिलो पार्न सहमत

भारत‍-श्रीलंका-माल्दिभ्सले गरे समुद्री सुरक्षाबारे समीक्षा, सहयोगका क्षेत्र फराकिलो पार्न सहमत

कोलम्बो । भारत, श्रीलंका र मालदिभ्सले शनिबार यस क्षेत्रको समुद्री सुरक्षा वातावरणबारे समीक्षा गरेका छन् । तीनवटै मुलुकले समुद्र क्षेत्रमा रहेका साझा सुरक्षा खतराहरूबारे आ-आफ्नो धारण व्यक्त गरेका थिए ।

उक्त छलफलका क्रममा तीनवटै मुलुकले सहयोगका दायराहरु विस्तार गर्न सहमत भएको र जसमा साझा चुनौतीका विषयलाई संयुक्तरुपमा समाधान गर्ने र समुद्री क्षेत्रबाट हुने आतंकवादी गतिविधिलाई निस्ते पार्ने विषयमा सहमति भएको बताइएको छ ।

बैठकमा तीन देशहरूले साझा सुरक्षा खतराका बारेमा विचार आदानप्रदान गरे र आतंकवाद, कट्टरपन्थीकरण, अतिवाद, लागुपदार्थ, हतियार र मानव बेचबिखनको मुद्दाहरुमा व्यापक छलफल गर्दै समाधानका उपायहरुमा सहमति गरेका छन् ।

तीनै देशहरूले अपरेशनल स्तरमा सहयोगका लागि डिपार्टमेन्ट एनएसए लेवल कार्यसमूह बैठकहरू पनि हरेक दुई वर्षमा बस्‍ने निर्णय गरेका छन् । यो त्रिपक्षीय समुद्री सुरक्षा सहयोगको बैठक राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) स्तरमा भएको थियो ।

तीनै मुलुकबीच सामुद्रिक क्षेत्रको सुरक्षासम्बन्धी समीक्षा बैठक करिब ६ वर्षपछि सम्पन्‍न भएको हो । श्रीलंकाको रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “समुद्री सुरक्षासम्बन्धी साझा मुद्दाहरूमा हिन्द महासागर क्षेत्रमा अर्थपूर्ण सहकार्य प्रबर्द्धन गर्ने फोरमको महत्त्वलाई आत्मसात गर्दै तीन देशहरूले हालको समुद्री सुरक्षा वातावरणबारे समीक्षा गरेका छौं ।”

यस क्षेत्र र समुद्री डोमेन जागरूकता, मानवीय सहायता र आपत निवारण, संयुक्त अभ्यास, क्षमता निर्माण, समुद्री सुरक्षा र चुनौती, समुद्री प्रदूषण, र समुद्री अन्डरवाटर हेरिटेजको क्षेत्रहरुमा आपसी सहयोगको बारेमा छलफल गरिएको र चुनौतिहरुको सामना गर्न सहयोगलाई अझ सुदृढ पार्न सहमत भएको श्रीलंकाको रक्षामन्त्रालयले जनाएको छ।

साझा लाभको लागि यस क्षेत्रमा शान्ति र सुरक्षा सुनिश्चित गर्न तीन मुलुकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ ।

मन्त्रालयले थप भनेको , “देशहरूले साझा सुरक्षा खतराका बारेमा विचार आदानप्रदान गरे र आतंकवाद, कट्टरपन्थीकरण, चरमपन्थी, लागूऔषध, हतियार र मानव बेचबिखन, मनी लन्ड्रिंग, साइबर सुरक्षा जस्ता मुद्दाहरूको समावेशमा खुफिया बाँडफाँडको दायरा विस्तार गर्दै व्यापक आधार सहयोगमा सहमति भएको छ । समुद्री वातावरणमा जलवायु परिवर्तनको प्रभावलाई पनि ध्यान दिइएको विषयमा छलफल भएको छ ।”

“प्रतिनिधिमण्डलका प्रमुखहरू बैठकमा लिइएका निर्णयहरूको साझेदारी, छलफल र समयसापेक्ष कार्यान्वयन सुनिश्चित गर्न नियमित बैठक गर्ने सहमति भएको छ । उनीहरूले एनएसए स्तरका कार्य समूहको बैठकहरू सञ्‍चालन स्तरमा सहयोगका लागि दुई वर्षमा बैठक गर्ने निर्णय गरेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

उक्त बैठकमा भारतका तर्फबाट राष्ट्रि सुरक्षा सल्लाहकार अजित डोभलको सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

बंगलादेशको चटगाउँमा रहेको भारतीय भिसा केन्द्र अनिश्चितकालका लागि बन्द

बंगलादेशको चटगाउँमा रहेको भारतीय भिसा केन्द्र अनिश्चितकालका लागि बन्द

युक्रेनले नेटो सदस्यता महत्वाकांक्षा त्याग्यो, युद्ध अन्त्यका लागि नयाँ वार्ता सुरु

युक्रेनले नेटो सदस्यता महत्वाकांक्षा त्याग्यो, युद्ध अन्त्यका लागि नयाँ वार्ता सुरु

हलिउड निर्देशक रोब रेनर र पत्नी लस एन्जलसमा मृत फेला

हलिउड निर्देशक रोब रेनर र पत्नी लस एन्जलसमा मृत फेला

सिड्नी बोन्डी बीच आतंकी हमला: बुबा–छोरा संलग्न, मृतक संख्या १६ पुग्यो

सिड्नी बोन्डी बीच आतंकी हमला: बुबा–छोरा संलग्न, मृतक संख्या १६ पुग्यो

Next Post
चिनियाँले सान राज्यमा तारबार लगाएपछि म्यानमारसँगको सीमा विवाद चर्कियो 

चिनियाँले सान राज्यमा तारबार लगाएपछि म्यानमारसँगको सीमा विवाद चर्कियो 

प्रदेश २ सरकारले पुराना अस्पताललाई राजनीति मैदान बनाएको अब अरु मैदान बनाउन दर्जनौ नयाँ अस्पतालको शिलान्यास

प्रदेश २ सरकारले पुराना अस्पताललाई राजनीति मैदान बनाएको अब अरु मैदान बनाउन दर्जनौ नयाँ अस्पतालको शिलान्यास

अमेरिका-ताइवानले चीनको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’को विकल्प अघि बढाउँदै

अमेरिका-ताइवानले चीनको 'बेल्ट एन्ड रोड इनिसियटिभ'को विकल्प अघि बढाउँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .