• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?


‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

काठमाडौं । ‘द ग्रेट इण्डियन कपिल शो’को तेस्रो सिजन यस सातादेखि नेटफ्ल्क्सिमा फर्किएको छ । कपिल शर्मा र उनको टोली सानो पर्दामा नयाँ मजाक र रमाइलोको लहर लिएर फर्किएको छ ।

विमानस्थल र त्यहाँको ‘क्याप्स क्याफे’को सेटिङ उस्तै छ । दर्शकले नयाँ र ताजा हाँसो अनुभूति गर्न सक्छन् । शनिबारदेखि यो कार्यक्रम १९२ देशमा स्ट्रिमिङ सुरु भएको नेटफ्ल्क्सिले जनाएको छ ।

पछिल्ला दुई सिजनले अनगिन्ती मनोरञ्जनको खुराक प्रदान गरे । दर्शकले सबैभन्दा अभाव महसुस गरिरहेको कुरा थियो- नवोजुद सिंह सिद्दुको ‘खटाक’ सायरी ।

तेस्रो सिजनमा सिद्दुको भव्य पुनरागमनले अब यो खाडल भरिएको छ । आफ्नो प्रतिष्ठित आसनमा पुनः फर्किनु, आफ्नो ट्रेडमार्क सायरीको वर्षा गराउनु नयाँ एपिसोडको पर्खाइको सबैभन्दा ठूलो कारण हो ।

यस सिजनलाई अझ रोमाञ्चक बनाउने कुरा यसको अन्तरक्रियात्मक मोड हो । तेस्रो संस्करणमा, दर्शकले कार्यक्रममा उपस्थित हुने मौका पाउनेछन्, तर विशेष प्रतिभा वा हास्यव्यंग्यमा दक्षता भएकाले मात्र ।

जब हामी ‘द ग्रेट इन्डियन कपिल शो’को नयाँ सिजनको बारेमा कुरा गर्दैछौं, तब कपिल शर्माको लोभलाग्दो शारिरिक रुपान्तरणको पनि प्रशंसा गर्नैपर्छ । उनको दुब्लो र फिट शरीरलाई बेवास्ता गर्न मिल्दैन । सिजन ३ को पहिलो अतिथिको रुपमा पुगेका अभिनेता सलमान खानले पनि कपिलको प्रशंसा गरे ।

सलमान पहिलो पाहुनाको रूपमा सहभागी हुनुले प्रिमियर एपिसोडलाई साँच्चिकै खास बनायो । व्यक्तिगत जीवन, सम्बन्ध र सम्बन्ध विच्छेदका बारेमा विचार र हल्का रमाइलो कुराबारे उनले गरेका खुलासा महत्वपूर्ण रहे । उनले आमिर खानको विवाहको बारेमा खुलेर टिप्पणी गरे, जसले एपिसोडमा अर्को किस्सा थप्यो ।

सिजन अघि सलमान आफ्नो काम र योगदानले गर्दा विशिष्ट रहे । उनले गरेका काम निकै प्रशंसित पनि बने । यसकारण आगामी सिजनको पहिलो पाहुना बनेर पुग्दा कार्यक्रमको छवि पनि निकै आकर्षक रह्यो ।

किनभने सलमान यो कार्यक्रमको लागि सबैभन्दा प्रतीक्षित पाहुनाभन्दा कम थिएनन् । उनको उपस्थिती धेरै दर्शकको लागि स्वादिलो र उत्कृष्ट चेरीभन्दा कम थिएन ।

अर्को प्रमुख आकर्षण सिद्धुको पुनरागमन थियो, जसको ऊर्जा र सिग्नेचर शायरीले कार्यक्रममा लामो समयदेखि हराएको स्वाद फिर्ता ल्याए । वास्तवमा प्रशंसकले उनी स्टेजमा हुने मौका पाउनु नै सबैभन्दा उल्लेखनीय कुरा हो ।

पहिलो एपिसोडमा, कपिलले एक प्रतिभाशाली चित्रकारलाई परिचय गराए, जसले आफ्नो जिब्रो प्रयोग गरेर सलमानको चित्र बनाएका थिए । यसले सबैलाई मन्त्रमुग्ध बनायो र सलमानले पनि उनको प्रतिभाको प्रशंसा गरे । दर्शकहरूलाई कार्यक्रममा सहभागी भएको महसुस गराउन यो निर्माताहरूको एक स्मार्ट चाल हो । सिजन ३ ले सिग्नेचर आकर्षण फिर्ता ल्याउँदा पनि, केही तत्वले भने दर्शकलाई केही दिग्दार बनायो ।

कपिल शर्मा र सिद्धुले महिलाले एटेन्सन खोज्ने कुराको बारेमा एकअर्कालाई जिस्क्याउनु अनावश्यक जस्तो लाग्यो । अर्चना पूरन सिंहमाथि कपिलको आलोचना अत्यधिक प्रयोग भएको महसुस भयो ।

१३ वर्षभन्दा माथिका दर्शकले मात्र हेर्न पाउने गरि सेन्सर अनुमति पाएको पक्षको बाबजुद, एपिसोडमा कपिल, सुनील ग्रोवर, कृष्ण अभिषेक र सलमान खानको एडल्ट कमेडी पनि समावेश छ । कपिलसँगको आफ्नो प्रेम जीवनको बारेमा छलफल गर्ने सुनीलको चरित्र र संवाद छन् जसले पारिवारिक दर्शकलाई असहज बनाउन सक्छ ।

यसबाहेक, सलमान, शाहरुख र अजय देवगनको नक्कल गर्ने पात्र कलाकारको परिचयले एउटा फिलर जस्तो महसुस गर्‍यो । उनीहरूको प्रतिभा स्पष्ट थियो र सलमानबाट प्रशंसा पनि पाएको थियो, तर उनीहरूको स्क्रिन टाइम अलि लामो र अनावश्यक महसुस भयो । सलमानसँगको अन्तक्र्रिया वा कुराकानी बढी प्रभावकारी हुन सक्थ्यो ।

प्रस्तुतिको कुरा गर्दा, यी तीनै जनालाई कसैले पनि हराउन सक्दैन । किकु शारदा, कृष्ण अभिषेक र सुनील ग्रोवर फेरि एक पटक चम्किन्छन्, जसले गर्दा पहिलो एपिसोड हाँसोको माहोल बन्छ । उनीहरूको प्रस्तुतिले तुरुन्तै मञ्च उज्यालो बनाउँछ, जसले गर्दा सबैजना मुस्कुराउँछन् ।

१ घण्टा १३ मिनेट रनटाइमको साथ, ‘द ग्रेट इन्डियन कपिल शो सिजन ३’को पहिलो एपिसोड तपाईंलाई मनोरञ्जनको सही खुराक बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनले ल्यायो नयाँ साइबर कानून
  • २०८२ असार ८, आईतवार २३:४९
  • In "BannerNews"
  • नेपालमा अरुण तेस्रो जलविद्युत निर्माण कार्य फास्ट-ट्र्याकबाट
  • २०८२ असार ८, आईतवार २३:४९
  • In "अन्तराष्ट्रिय"
  • संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन
  • २०८२ असार ८, आईतवार २३:४९
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

Next Post

लहानको प्रतिष्ठित एपेक्समा उज्ज्वल भविष्यको कामना सहित विद्यार्थी बिदाइ

चितवन: बुटवल-नारायणगढ सडकको वैकल्पिक मार्ग समेत पूर्ण रूपमा अवरुद्ध, यातायात ठप्प

आर्थिक विवादमा मुछिएका सप्तरीका एसपी खतिवडाको सरुवा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version