महेश सिंह लहान, सिरहा –लहानस्थित नियु मनोकामना बोर्डिङ स्कुलमा अध्ययनरत सयौं विद्यार्थीले ६१ औं बाल दिवस उत्साहपूर्वक मनाएका छन्।
बालबालिकाले नयाँ टिसर्ट लगाएर कार्यक्रममा सहभागी हुँदै सामूहिक रूपमा केक काटेर दिवसको सुरुवात गरेका थिए। कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल उमेश यादवले राज्यले बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “बालबालिकाको भबिष्य सुरक्षित हुनुपर्छ, अधिकारको प्रत्याभूति हुनुपर्छ।”
विद्यालयले प्रत्येक वर्ष विद्यार्थीहरूको मनोबल उच्च राख्न यस्ता दिवसहरू मनाउने परम्परा अघि बढाउँदै आएको छ।