• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडप तथा उत्पन्न तनावको छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बिहान गृह मन्त्रालयमा बसेको मन्त्रीस्तरीय सुरक्षा बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा सो समिति गठन गर्ने निर्णय गरेको हो। बैठकमा गृहसचिव, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रमुखहरूलगायत उच्च सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।

गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेका अनुसार सहसचिवको नेतृत्वमा बन्ने उक्त समितिमा सुरक्षा निकायका प्रतिनिधि, ऊर्जा मन्त्रालयका प्रतिनिधि र सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य–सचिव रहनेछन्। छानबिन समितिको संयोजक (सहसचिव) को नाम भने मन्त्रालयले छिट्टै तोक्ने जनाएको छ।

विद्युत् पोलमा राखिएको धार्मिक झण्डा हटाउने विषय र मन्दिरमा ठूलो स्वरमा बजाइएको डीजे (ध्वनि) सम्बन्धी सामान्य विवादले उग्र रूप लिँदा आइतबार राति दुई समुदायबीच भिडन्त भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने केही स्थानीय र सुरक्षाकर्मी घाइते भएका छन्।

घटनापछि स्थानीय प्रशासनले थप हिंसा फैलिन नदिन र शान्ति-सुरक्षा कायम राख्न देवानगञ्ज तथा आसपासका सम्भावित संवेदनशील क्षेत्रहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। मन्त्रालयले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्ने र दुवै पक्षसँग समन्वय गरी सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आरती साह मृत्यु प्रकरण : नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिद्वारा अनुसन्धान सुरु
  • २०८३ श्रावण ११, सोमबार १२:२८
  • In "BannerNews"
  • राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु
  • २०८३ श्रावण ११, सोमबार १२:२८
  • In "BannerNews"
  • गठ्ठाघर दुर्घटना: छानबिन गर्न प्रहरी र प्रशासनद्वारा अलग-अलग समिति गठन
  • २०८३ श्रावण ११, सोमबार १२:२८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

Next Post

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version