• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मागलाई सुधारात्मक नीति र व्यवहारिक कदममार्फत सम्बोधन गर्न सरकारलाई आग्रह


मागलाई सुधारात्मक नीति र व्यवहारिक कदममार्फत सम्बोधन गर्न सरकारलाई आग्रह

महेश सिंह लहान,जिल्ला उद्योग वाणिज्य संघ, जिल्ला कार्य समिति सिरहाले देशभर चलिरहेको Gen Z आन्दोलन का मागलाई वैधानिक र न्यायोचित ठहर गर्दै समर्थन जनाएको छ। संघले सोमबार जारी गरेको विज्ञप्तिमा सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र अवसरमा समान पहुँच सुनिश्चित गर्ने मागलाई समयसापेक्ष भन्दै सरकारलाई तत्काल ध्यान दिन उधोग बाणिज्य संघ सिरहाका अध्यक्ष बिकास सारडाले आग्रह गरेको छ।
संघले आन्दोलनका क्रममा सरकारी पक्षबाट भएको दमनप्रति गम्भीर आपत्ति जनाउँदै ज्यान गुमाउन बाध्य भएका विद्यार्थी, युवा र कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। विज्ञप्तिमा भनिएको छ, “देशको उज्ज्वल भविष्यका आधारस्तम्भ युवा र सेवकहरूले ज्यान गुमाउनुपरेको घटनाले हामीलाई अत्यन्त पीडा दिएको छ।”
यद्यपि आन्दोलनकै क्रममा देखिएका तोडफोड, आगजनी, लुटपाट र अन्य उच्छृंखल गतिविधिप्रति संघले घोर आपत्ति जनाएको छ। यस्ता कार्यले आन्दोलनले पाएको उपलब्धिलाई कमजोर बनाउने र व्यापार, श्रम–उपार्जन, आमनागरिकको सुरक्षा तथा देशको आर्थिक स्थायित्वमा प्रतिकूल असर पार्ने संघको भनाइ छ। संघले यस किसिमका गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरेको छ।
संघले युवापुस्ताले उठाएका मागलाई सुधारात्मक नीति र व्यवहारिक कदममार्फत निष्कर्षमा पुर्‍याउन सरकारसँग जोडदार आग्रह गरेको छ। साथै, शान्ति, सुशासन, अमनचयन र विश्वासको वातावरणमा मात्र लहान नगरको समग्र विकास सम्भव हुने भन्दै सबै सरोकारवालालाई सकारात्मक हातेमालो गर्न आह्वान गरेको छ।
यसै सन्दर्भमा, संघले Gen Z युवा समन्वय समिति गठन गरी समावेशी र पारदर्शी ढंगले नगर विकासमा सक्रिय सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • युरोपेली बौद्ध संघले तिब्बती बौद्ध मामिलामा हस्तक्षेप नगर्न चिनियाँ सरकारलाई आग्रह गरेको छ
  • २०८२ भाद्र ३१, मंगलवार ०८:५७
  • In "BannerNews"
  • सौन्दर्य कला ब्यवसाय संघले बिरोध प्रदर्शन
  • २०८२ भाद्र ३१, मंगलवार ०८:५७
  • In "समाचार"
  • हिमालय एअरलाईन्सलाई ग्राउन्ड ह्यान्डिङ्ग गर्न दिने निर्णय राष्ट्रिय हितविपरीत : नेवानि कर्मचारी संघ
  • २०८२ भाद्र ३१, मंगलवार ०८:५७
  • In "देश"

महेश सिंह

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

मधेशका यी ५ युवा अनुहार जसलाई अन्तरिम सरकारमा सहभागी गराउन जनदबाब

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version