• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी


२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

मुम्बई । ९० को दशककी चर्चित हिन्दी अभिनेत्री तथा मोडल ममता कुलकर्णी फेरि चर्चामा आएकी छन् । हालै उनी ‘लाफ्टर शेफ्स : अनलिमिटेड इन्टरटेनमेन्ट’ सिजन ३ कार्यक्रममा अतिथि कलाकारका रूपमा देखिएकी हुन् ।

यससँगै उनी झन्डै २५ वर्षपछि टेलिभिजनमा पुनः प्रवेश गरेकी छन् ।

उनी ‘लाफ्टर शेफ्स’ कार्यक्रममा देखिने भएकी हुन् । यसको झलक उनले सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेकी छन् । उनले शेयर गरेको भिडियोमा ममताले कृष्णा अभिषेकको निधारमा टीका लगाइरहेको देखिन्छ ।

त्यसक्रममा पृष्ठभूमिमा ‘मांग मेरी भरो’ गीत बजिरहेको सुनिन्छ र पूरा वातावरण हाँसोले गुञ्जिएको देखिन्छ । ममताको यो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन् । धेरैले उनको मुस्कानको प्रशंसा गरेका छन् भने केहीले उनलाई प्रश्न गर्न पनि थालेका छन् ।

एक प्रयोगकर्ताले टिप्पणी गर्दै लेखेका छन्, ‘उहाँले त बलिउड र टेलिभिजनसँग कुनै सम्बन्ध नराख्ने भन्नुभएको थियो, फेरि यो के हो ? साध्वी बन्ने कुरा के थियो ?’

ममताले बुधबार सोसल मिडिया इन्स्टाग्राममा एक भिडियो सेयर गरेकी छन् जहाँ उनी फ्यानलाई नमस्कार गरिरहेको देखिन्छ । साथै, मानिसलाई आफ्नो परिवारसँग मिलाउँछिन् ।

भिडियोमा अभिनेत्री आफ्नै घरमा बसेकी देखिन्छिन्, जहाँ उनको बालकनीमा एउटा कागले खाना खाइरहेको हुन्छ। त्यसलाई देखाउँदै उनले भनेकी छन्, “अहिले हामी सबै मिलेर बिहानको नास्ता गरिरहेका छौँ, यही नै मेरो संसार हो।”

भिडियोमा ममता कपाल खुला छोडेको अवस्थामा कालो रंगको पोसाकमा देखिएकी छन् ।

साथै, उनी पछिल्लो समय विभिन्न विवादले पनि चर्चामा छिन् । सन् २०२५ को जनवरीमा प्रयागराजमा आयोजित महाकुम्भका क्रममा उनी किन्नर अखाडाकी महामण्डलेश्वर घोषित भएकी थिइन् । तर केही समयपछि शंकराचार्य अविमुक्तेश्वरानन्दबारे टिप्पणी गरेपछि विवाद उत्पन्न भयो र त्यसपछि किन्नर अखाडाले उनलाई उक्त पदबाट हटाएको थियो ।

कुलकर्णी दुई दशकभन्दा बढी समयदेखि फिल्मी क्षेत्रबाट टाढा रहेर आध्यात्मिक जीवनतर्फ लागेकी थिइन् । लागूऔषध तस्करीसँग सम्बन्धित विवादमा नाम आएपछि ममता कुलकर्णी विदेश गएकी थिइन् ।

सन् २०१६ मा विक्की गोस्वामीसँग सम्बन्धित लागूऔषध तस्करी प्रकरणमा उनको नाम सार्वजनिक भएको थियो । त्यसपछि उनले भारत छोडेकी थिइन् । तर ममताले आफू निर्दोष रहेको र आफूलाई फसाइएको दाबी गर्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रभासको ‘कल्की’ हलिउडको ‘ड्युन’बाट प्रभावित रहेको चर्चाबारे के भन्छन् निर्देशक ?
  • २०८२ फाल्गुन २९, शुक्रबार १६:११
  • In "मनोरन्जन"
  • थाइल्यान्डमा रहेकी पूर्वयुवराज पारसकी छोरी पूर्णिका २० बर्षमा नै ३ बालबालिकाको अभिभावक बनिन् !
  • २०८२ फाल्गुन २९, शुक्रबार १६:११
  • In "देश"
  • उपासनाको ‘बोल्ड’ बन्ने रहर
  • २०८२ फाल्गुन २९, शुक्रबार १६:११
  • In "मनोरन्जन"

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

Next Post

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version