• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष


साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

महेश सिंह सिरहा – कन्चनरुप नगरपालिका–११ गोरपार निवासी ओम नारायण प्रमाणीले १६ कठ्ठा १८ धुर पुर्खौली जमिनको सुरक्षाका लागि लिएको सानो कर्जाले विगत १५ वर्षदेखि न्यायको लडाइँ लड्नुपरेको छ। २०६८ सालमा कृष्णसवर्ण गाउँपालिका, मौहलीका साहुसँग तीन लाख रुपैयाँ ऋण लिएका प्रमाणीले दुई लाख आठ हजार फिर्ता गरे पनि, साहु पक्षले जग्गा फिर्ता नगरेको पीडितको गुनासो छ।
पीडित प्रमाणीका अनुसार साहु दिनेश साह र उनकी श्रीमती ललिता साहले आफूलाई जानकारी नदिई २०७९ सालमा उक्त जग्गा हनुमाननगर कंकालनी नगरपालिका–८ का राधेश्याम मण्डललाई ठेक्का लगाएका थिए। पीडितले माघ २०७९ सम्म जग्गा खनजोत गरी जीविकोपार्जन गर्दै आएका थिए। त्यसपछि साहु पक्षले जिल्ला प्रशासन कार्यालयबाट चिठ्ठी ल्याएर र प्रहरीलाई मोटो रकम खुवाएर बलपूर्वक जग्गा कब्जा गरेको आरोप प्रमाणीले लगाएका छन्।
जिल्ला प्रहरी कार्यालयमा पटकपटक छलफल भए पनि साहु पक्षले रकम फिर्ता लिन नमानेको र प्रहरी प्रशासनले निष्पक्षता नदेखाएको पीडितको भनाइ छ। “पैसा लिएर प्रहरीहरूले हाम्रो आवाज दबाए,” प्रमाणीको गुनासो छ।
पीडित प्रमाणीले मिटर ब्याज तथा ठगीविरुद्ध संघर्ष समितिमार्फत जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन्। दर्ता नं. ३२५ र पछि अनुचित लेनदेनविरुद्ध मुद्दा नं. ३३८ समेत दर्ता गरेका छन्।
न्याय नपाएपछि पीडित प्रमाणी किसान मजदुर आन्दोलन नेपालसँग आबद्ध भई संघर्ष समिति र मिथिला कमान्डको सहयोगमा पुनः सोही जग्गा कब्जा गरी धान खेती सुरु गरेका छन्। मिथिला कमान्डका इन्चार्ज सूर्य नारायण मण्डलका अनुसार, “यो कब्जा अन्यायविरुद्धको आवाज हो। साहु पक्षले पुनः बाली वा झण्डामा क्षति पु¥याए आन्दोलन अझ कडा हुनेछ।”
कब्जा कार्यक्रममा संघर्ष समितिका जिल्ला अध्यक्ष विरेन्द्र सिंह, सचिव विजय चौधरी, कमल नारायण सिंहलगायत हजारौंको सहभागिता रहेको थियो। उनीहरूका अनुसार, “यो केवल एक व्यक्तिको पीडा होइन, सम्पूर्ण किसानको हकको लडाइँ हो।”
समाचारको पुष्टि गर्न साहु दिनेश साहसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कविहीन रहेको सम्पर्क हुन् नसकेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मिटरब्याजी साहको बदमासी : ऋण तिरेपनि जग्गा बेचे, सहनी परिवारको उठिबास
  • २०८२ श्रावण १७, शनिबार ०७:४६
  • In "आर्थिक"
  • सप्तरीमा मिटर ब्याजीको दलदल: पीडितहरूको सम्पत्ति हडप्ने, प्रहरीको सहयोगमा साहु महाजनको मनपरी”
  • २०८२ श्रावण १७, शनिबार ०७:४६
  • In "BannerNews"
  • मिटरब्याजीविरुद्ध संघर्ष समिति आक्रामक, कब्जामा लिएका जग्गा पीडितलाई फिर्ता
  • २०८२ श्रावण १७, शनिबार ०७:४६
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

वीरगञ्जमा चिनियाँ नागरिकद्वारा भिसा दुरुपयोग र अवैध व्यापार सञ्चालनको आरोप, राष्ट्रिय एकता अभियानको ध्यानाकर्षण

सिरहा कारागारमा झडपपछि तनाव: इन्द्रजित यादव चौकीदारमा उपयुक्त हुने कैदीबन्दीको माग

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version