No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चर्को आर्थिक संकटमा पाकिस्तान, श्रीलंका पछि छिमेकी देशमा भोकमरीको अवस्था

चर्को आर्थिक संकटमा पाकिस्तान, श्रीलंका पछि छिमेकी देशमा भोकमरीको अवस्था

एजेन्सी – दक्षिण एसियाली राष्ट्र पाकिस्तान पछिल्ला महिनाहरूमा चर्को आर्थिक संकटको सामना गरिरहेको छ । यसअघि दक्षिण एसियाली राष्ट्र श्रीलंकाले भोगेको जस्तै आर्थिक समस्या पाकिस्तानले भोगेको छ । आन्तरिक सूचकहरूसमेत कमजोर रहेको र अत्यधिक बढेको व्यापारघाटाले पाकिस्तान दैनिक उपभोगमा समेत कमी ल्याउने गरी गतिविधि घटाउने कार्यमा केन्द्रित भएको छ ।
गत साताको मंगलबार ९जनवरी ३० मा मात्रै पाकिस्तानको मन्त्रिपरिषद् बैठकले राति ८ बजेपछि किनमेल केन्द्र र बजार पूर्ण रूपमा बन्द गर्ने र अन्य क्रियाकलाप पनि घटाउँदै लैजाने नीति लिएको छ । फेब्रुअरी १ बाट अझ कडाइ गर्ने जनाइएको छ ।

मन्त्रिपरिषद्ले सरकारी कामकारबाहीसमेत घरबाटै गर्नेगरी नीति अघि बढाएको छ । सरकारी क्षेत्रमा ऊर्जाको खपत ३० प्रतिशत घटाउने नीति अवलम्बन गरेको छ । ऊर्जाका कारण अत्यधिक घाटा बेहोरेको पाकिस्ताले ऊर्जा खपत कम गर्न यस्तो नीति अवलम्बन गरेको हो ।

सरकारले चालेका विभिन्न कदमबाट दैनिक ९ हजार मेगावाट बिजुलीको खपत घट्ने र सञ्चितिको दबाबलाई टार्न सकिने पाकिस्तानको प्रक्षेपण छ । कोरोना संकट र त्यसपछि सुरु भएको रूस–युक्रेन युद्धले विश्‍वका धेरै मुलुकमा समस्या सिर्जना भएको समयमा पाकिस्तानमा देखिएको जस्तो समस्याले धेरै मुलुकको अर्थ व्यवस्था कमजोर बनाएको छ ।

पाकिस्तान आर्थिक मन्दीको बाटोमा रहेको चर्चा केही महिनापहिलेदेखि नै सुरु भएको थियो । तर, पाकिस्तान राजनीतिक अस्थिरता, बाढीका कारण भोगेको ठूलो क्षति र अत्यधिक रूपमा उठाएको व्यावसायिक वैदेशिक ऋणका कारण समस्यामा परेको छ ।
पाकिस्तान विदेशी मुद्रा सञ्चिति अहिले १ महिनालाई पनि धान्न नसक्ने अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चालमाध्यमहरूले उल्लेख गरेका छन् । नेपालमा जस्तै पाकिस्तानको पनि विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विप्रषेण हो । त्यत्तिकै भरथेग पर्यटन क्षेत्रले पनि गर्ने गरेकोमा पछिल्लो समय विप्रेषण र पर्यटन आगमनमा उल्लेख्य कमी आएपछि पाकिस्तान थप समस्यामा परेको हो ।

यो आइतबारसम्ममा पाकिस्तानसँग विदेशी मुद्रा सञ्चिति करिब ४।५ अर्ब डलर मात्र छ । पाकिस्तान केही समयभित्रै अन्य देशहरूको ऋण तिर्नुपर्ने बाध्यात्मक अवस्थामा छ । अब पाकिस्तान विदेशी मुद्राका लागि पूर्ण रूपमा अन्तर्राष्ट्रिय मुद्राकोष ९आईएमएफ० मा आश्रित रहनुपर्ने अवस्थामा पुगेको छ । उसलाई ऋण दिन मानिरहेका छैनन् । पाकिस्तान फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको ग्रे एरियामा रहेका कारण सहजै ऋण पाउन सक्‍ने अवस्था छैन ।

अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले देशलाई आवश्यक पर्ने रकम उपलब्ध गराउन पाकिस्तान सरकारले कडा आर्थिक नीतिहरू अवलम्वन गर्नुपर्ने सुझाव दिएको छ । केही नीति तथा निर्णयहरू गरिरहेको छ ।

विश्‍व बैंकले मंगलबार जारी गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्टस प्रतिवेदनमा पनि पाकिस्तानको दूरावस्था देखाइएको छ । यसअघि पाकिस्तानको आर्थिक वृद्धिदर चालु वर्षमा ४ प्रतिशत हुने प्रक्षेपण गरिएकोमा २ प्रतिशत मात्रै हुने पुनस् प्रक्षेपण गरेको छ । यसको अर्थ पहिले गरेका अनुमान पनि फेल खाँदै जाने अवस्था सिर्जना भएको छ ।

गत वर्षको विनाशकारी बाढीले देशको अर्थतन्त्रलाई नराम्रो बनाएको र मुख्यतया पाकिस्तानको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को २३ प्रतिशत हिस्सा ओगट्ने र ३७ प्रतिशतलाई रोजगारी प्रदान गर्ने कृषि उत्पादनमा ठूलो क्षति पुगेको उल्लेख छ । ‘नीति अनिश्चितताले आर्थिक दृष्टिकोणलाई थप जटिल बनाउँछ । पाकिस्तानमा हालै आएको बाढीले कुल गार्हस्थ्य उत्पादनको ४।८ प्रतिशतबराबरको क्षति गरेको अनुमान गरिएको छ,’ विश्‍व बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् २०२२ को अन्त्यमा, पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६।७ विलियन डलर रहेकोमा अहिले घटेर ४।५ विलियन डलरमा झरेको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्रा निरन्तर कमजोर बनेको छ । अहिले उसको मुद्रा गत वर्षको तुलनामा २८ प्रतिशतले कमी आएको देखिएको छ । खाद्य सुरक्षा संकट बढ्दै गएपछि मुद्रास्फीतिले कीर्तिमानी उचाइमा पुगेको छ ।

यसबीचमा कतिपय वस्तुको मूल्यवृद्धिदर ६२ प्रतिशतसम्म पुगेको छ । औसत मूल्यवृद्धिदर २३ प्रतिशत माथि छ, खाद्यवस्तुको मात्रै ३५ प्रतिशत माथि मूल्यवृद्धिदर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post
चीनले सत्यतथ्य लुकाएको हो भन्दै कोभिड मृत्युको सङ्ख्याप्रति डब्ल्यूएचओलाई आशङ्का

चीनले सत्यतथ्य लुकाएको हो भन्दै कोभिड मृत्युको सङ्ख्याप्रति डब्ल्यूएचओलाई आशङ्का

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, मधेश प्रदेशमा बसन्तबहादुर कुँवर

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, मधेश प्रदेशमा बसन्तबहादुर कुँवर

नेपालको आर्थिक वृद्धिदर? विश्व बैंक भन्छ– घट्छ

नेपालको आर्थिक वृद्धिदर? विश्व बैंक भन्छ– घट्छ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...