No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनले सत्यतथ्य लुकाएको हो भन्दै कोभिड मृत्युको सङ्ख्याप्रति डब्ल्यूएचओलाई आशङ्का

चीनले सत्यतथ्य लुकाएको हो भन्दै कोभिड मृत्युको सङ्ख्याप्रति डब्ल्यूएचओलाई आशङ्का

चीनमा कारण नखुलाइकन आइरहेका सार्वजनिक व्यक्तित्वहरूको मृत्युको खबरले त्यहाँको औपचारिक रूपमा निकालिने कोभिड मृत्युको सङ्ख्यामा प्रश्न उठ्न थालेको छ।

बुधवार विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले एउटा चेतावनी दिँदै चीनले आफ्नो देशमा कोभिडको वास्तविक असरलाई कम प्रस्तुत गरेको जनाएको थियो – जसमा उसको जोड मृत्युका सङ्ख्यालाई लिएर थियो।

तर बेइजिङले डब्ल्यूएचओलाई ‘वैज्ञानिक, वस्तुपरक र न्यायपूर्ण हुन’ आग्रह गरेको छ।

राष्ट्रसङ्घीय स्वास्थ्य निकायले कोभिड सम्बन्धी चीनको आधिकारिक तथ्याङ्कको विश्वसनीयताप्रति सन्देह प्रकट गरेको भोलिपल्ट उसले त्यस्तो आग्रह गरेको हो।

चिन्ता

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले डब्ल्यूएचओसँग बेइजिङले निकट सहयोग जारी राखेको बताएका छन्।

डब्ल्यूएचओले कोभिडबाट मृत्यु भएका र अस्पताल भर्ना भएकाहरूको चिनियाँ आँकडाले रोगको वास्तविक प्रभावलाई न्यून रूपमा प्रस्तुत गरेको बुधवार बताएको थियो।

जर्मनी र स्विडेन चीनबाट जाने यात्रुलाई कोभिड नेगेटिभ रिपोर्ट अनिवार्य गर्ने पछिल्ला युरोपेली देश बनेका छन्।

युरोपेली सङ्घका विज्ञहरूले सदस्य देशहरूलाई त्यस्तो कोभिड परीक्षण लागू गर्न र चीनबाट जाने उडानमा मास्क लगाउने जस्ता लक्षित उपायहरू अपनाउन प्रेरित गरेका छन्।

मृत्युले उब्जाएका आशङ्का

चीन

तस्बिर स्रोत,STATE TV

तस्बिरको क्याप्शन,४० वर्षीया ओपेरा गायिका छु लानलानको निधनको खबरलाई उनको कम उमेरसँग दाँजेर हेरिएको छ।

गत महिना ४० वर्षीया ओपेरा गायिका छु लानलानको निधनको खबरलाई उनको कम उमेरसँग दाँजेर हेरिएको थियो।

लानलानको परिवारले अल्पायुमा भएको निधनबाट आफूहरू शोकाकुल बनेको बताए पनि उनको मृत्युको कारण खुलाएको थिएन।

छु लानलान र अन्य कैयौँको मृत्युले औपचारिक विवरणमा भन्दा ठूलो मानवीय क्षतिहरू भइरहेको हुनसक्ने ठानिएको छ।

नयाँ वर्षको पूर्व सन्ध्यामा चीनको सबैभन्दा लामो टेलिसिरियलमा काम गरेका ८३ वर्षीय अभिनेता गोङ जिन्ताङको मृत्युको खबरले इन्टरनेटमा धेरैलाई स्तब्ध बनायो।

रेज द रेड लान्टिन फिल्मका प्रतिष्ठित पटकथा लेखक नि झेनको समेत ८४ वर्षमा निधन भयो।

पूर्वपत्रकार तथा नान्जिङ विश्वविद्यालयका पूर्वप्राध्यापक हु फुमिङको समेत ज्यानुअरी २ मा मृत्यु भयो।

 संस्थाका १६ जना वैज्ञानिकहरूको समेत मृत्यु भएको देखिन्छ।

यी कसैको मृत्युको खबरमा कोभिडको सम्बन्ध उल्लेख गरिएको छैन तर अनलाइनमा त्यसबारे आशङ्का उत्पन्न हुन छाडेको छैन।

कोभिड मृत्युमा चीनको बेग्लै मापदण्ड

डिसेम्बरमा चीनले आफ्नो शून्य कोभिड नीति अन्त्य गरेयता त्यहाँ सङ्क्रमण र मृत्युको उच्च वृद्धि देखा परेको छ।

अस्पताल र शव गृहमा उच्च चाप परेका खबरहरू आइरहेका छन्।

तर बेइजिङले सङ्क्रमितको दैनिक विवरण प्रकाशित गर्ने काम रोकेको छ।

चीनमा डिसेम्बरयता २२ जनाको मात्र कोभिडका घटनामा मृत्यु भएको सरकारी विवरण छ।

कोभिड मृत्यु गणनाका लागि बेइजिङले तयार पारेको आफ्नै कडा मापदण्ड छ।

अब निमोनियाजस्ता श्वासप्रश्वास सम्बन्धी रोगका कारण ज्यान गुमाउने मात्र त्यसमा गणना हुन्छन्। बिबिसी बाट –  साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, मधेश प्रदेशमा बसन्तबहादुर कुँवर

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, मधेश प्रदेशमा बसन्तबहादुर कुँवर

नेपालको आर्थिक वृद्धिदर? विश्व बैंक भन्छ– घट्छ

नेपालको आर्थिक वृद्धिदर? विश्व बैंक भन्छ– घट्छ

अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन चैत २४ र २५ मा काठमाडौंमा गरिने

अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन चैत २४ र २५ मा काठमाडौंमा गरिने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .