अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन चैत २४ र २५ मा काठमाडौंमा गरिने


अनेमसंघ सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सातौँ सचिवालय बैठक पौष २७ गते कमिटीका संयोजक थम माया थापाको अध्यक्षतामा सम्पन्न भयो I बैठकमा अनेमसंघका इन्चार्ज  तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य सीता पौडेल, नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको आतिथ्यतामा सम्पन्न भएको छ I

उक्त बैठकले अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन २०७९ चैत्र २४ र २५ गते काठमाडौंमा सम्पन्न गर्ने भएको छ I बैठकमा विभिन्न प्रस्ताव उपर छलफल गरी सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न गराउन गठित १९ वटा उपसमितिलाई पूर्णता दिएको छ I नीति तथा कार्यक्रम मस्यौदा, सामग्री व्यवस्थापन, राजनीतिक-सांगठनिक प्रतिवेदन, निरिक्षण तथा अनुगमन, सम्पर्क समन्वय, अनेमसंघ-पार्टीको विकासमा योगदान दिने व्यक्तित्व सम्मान, जनपरिचालन, प्रतिनिधि छनौट तथा व्यवस्थापन, सांस्कृतिक, स्वास्थ्य, विधान मस्यौदा, मञ्च व्यवस्थापन, आर्थिक प्रचार प्रसार, अतिथि सत्कार, यातायात व्यवस्थापन, आवास व्यवस्थापन, स्वयमसेवक परिचालन र खाद्य व्यवस्था उपसमिति रहेका छन् I

बैठकमा अनेमसंघ इन्चार्ज सीता पौडेलले राज्यको तीनै तहको निर्वाचनमा प्रत्यक्ष तर्फ ३३ % महिला उम्मेदवार बनाउनु पर्ने कुरालाई ऐन संसोधन गरी लागु गर्नुपर्नेमा जोडदिनुभयो I

जनसंगठन समन्वय संयन्त्र प्रमुख एवं पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टी प्रति अनेमसंघको योगदान महत्वपूर्ण रहेको बताउदैं अनेमसंघमा युवा नेतृत्व विकासका साथै फरक क्षेत्रमा अनुभव हासिल गरेका महिलाहरुलाई स्थान दिनु पर्ने र अनेमसंघमा खारिएका नेतृत्वले पार्टीको विभिन्न तहको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो I