No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

महेश सिंह लहान सिरहा – राष्ट्रिय कृषक समूह महासंघ नेपालद्वारा सञ्चालित पोषण परियोजनाअन्तर्गत नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न भएको छ। मेलामा कृषकहरूको उत्पादन, आधुनिक कृषि प्रविधि, स्वास्थ्य तथा पोषणसम्बन्धी जानकारी एकै स्थानमा उपलब्ध गराउँदै कृषि विकास र पोषण सुधारका विषयमा व्यापक जनचेतना फैलाइएको थियो।

मेलाको मुख्य उद्देश्य स्थानीय कृषकहरूले उत्पादन गरेका अन्नबाली, दलहन, तेलहन, हरियो सागसब्जी तथा पशुपन्छीजन्य उत्पादनको प्रदर्शन र बजारीकरण गर्नुका साथै कृषकलाई आधुनिक कृषि प्रविधि, उन्नत बीउबिजन, जैविक किरा नियन्त्रण विधि तथा वैज्ञानिक खेती प्रणालीबारे जानकारी गराउनु रहेको आयोजकले जनाएको छ।

राष्ट्रिय कृषक समूह महासंघमा आबद्ध २७ वटा कृषक समूहका सदस्यहरूले आफ्नै खेतबारीमा उत्पादन गरेका विभिन्न कृषि उपज तथा पशुपन्छीजन्य सामग्री प्रदर्शन गरेका थिए। प्रदर्शनीमा अन्नबाली, दलहन, तेलहन, हरियो तरकारी, फलफूल तथा अन्य स्थानीय उत्पादनले दर्शकको ध्यान आकर्षित गरेको थियो।

मेलामा विभिन्न एग्रोभेटहरूले कृषकमैत्री कृषि औजार, प्राङ्गारिक मल, किरा नियन्त्रणका ट्रयाप तथा तरकारी, फूल र अन्य बालीका बीउबिजन प्रदर्शन गरेका थिए। कृषि शाखाले माटो परीक्षण गर्ने उपकरण प्रदर्शन गरी माटोको गुणस्तर परीक्षणबारे जानकारी दिएको थियो भने पशु सेवा शाखाले गोबर परीक्षण उपकरण प्रदर्शन गर्दै पशुपालनसम्बन्धी परामर्श सेवा प्रदान गरेको थियो।

त्यसैगरी स्वास्थ्य शाखाले हाइट बोर्ड, मुआक (MUAC) नाप्ने टेप, विभिन्न औषधि तथा परिवार नियोजनका साधन प्रदर्शन गरी स्वास्थ्य र पोषणसम्बन्धी जनचेतना फैलाएको थियो। महिला स्वास्थ्य स्वयंसेविकाहरूले पोषण नाग (Nutrition Snake) प्रदर्शनमार्फत सन्तुलित आहार र पोषणको महत्वबारे जानकारी गराएका थिए। सरस्वती डेरीले दूधबाट तयार गरिएका विभिन्न परिकार प्रदर्शन गर्दै कृषि उत्पादनको मूल्य अभिवृद्धिको सम्भावनाबारे उदाहरण प्रस्तुत गरेको थियो।

मेलाको अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेका १० वटा कृषक समूहलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। सम्मानित समूहहरूलाई कृषि उत्पादन वृद्धि, समूहगत सक्रियता तथा समुदायमा पुर्‍याएको योगदानका आधारमा छनोट गरिएको आयोजकले जनाएको छ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालका प्रतिनिधि संजय कुमार पण्डित र डिनीता साहले किसानको जीवनस्तर उकास्न जनचेतनामूलक कार्यक्रम, सीप विकास तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्दै आत्मनिर्भर कृषक तयार पार्ने उद्देश्यका साथ महासंघले काम गरिरहेको बताए।

कार्यक्रममा बोल्दै नरहा गाउँपालिका अध्यक्ष रामप्रमोद यादवले महासंघले सञ्चालन गरेका कार्यक्रमहरू किसानका लागि उपयोगी र प्रभावकारी रहेको उल्लेख गर्दै यस्ता पहलले किसानको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको बताए। उनले विगतको तुलनामा अहिले किसानको दैनिकी र कृषि प्रतिको सोचमा उल्लेखनीय सुधार आएको धारणा व्यक्त गरे।

मेलामा सहभागी किसानहरूले आफ्नै खेतबारीमा उत्पादन गरेका ताजा तरकारी तथा कृषि उपज प्रदर्शनमा राखेका थिए। कृषि, स्वास्थ्य र पोषणलाई एकै मञ्चमा जोड्दै आयोजित उक्त मेला किसानको उत्पादन प्रवर्द्धन, ज्ञान आदानप्रदान तथा समुदायमा पोषण सचेतना विस्तार गर्ने महत्वपूर्ण अवसर बनेको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...