No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालको आर्थिक वृद्धिदर? विश्व बैंक भन्छ– घट्छ


नेपालको आर्थिक वृद्धिदर? विश्व बैंक भन्छ– घट्छ

काठमाडौं- नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२–०२३ मा ५.१ र २०२३–०२४ मा ४.९ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । आव २०२१–०२२ मा नेपालले ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान रहेको पनि विश्व बैंकले जनाएको छ ।

विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत सङ्कुचन आउने देखाएको छ । नयाँ प्रक्षेपणअनुसार सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर १.७ प्रतिशतमा खुम्चने छ । जुन अघिल्लो अनुमानभन्दा १.३ प्रतिशत विन्दुले न्यून हो ।

विश्व बैंकले छ महिनाअघि अर्थात् गत जुन महिनामा मात्र विश्व आर्थिक वृद्धिदर ३ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सन् २०२४ मा भने विश्व आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण छ ।

ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदनअनुसार रुस–युक्रेन युद्ध र कोभिड महामारीको प्रभावलाई न्यून आर्थिक वृद्धिदरको मुख्य कारणका रूपमा हेरिएको छ । त्यस्तै, उच्च मूल्यवृद्धि, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति शृङ्खलामा देखिएको अवरोध लगायतका कारणले पनि आर्थिक वृद्धिदरमा गिरावट आएको विश्व बैंकले जनाएको छ ।

सन् २००९ को विश्व आर्थिकमन्दी र २०२० मा महामारीका कारण न्यून देखिएको आर्थिक वृद्धिदरपछि यस वर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

‘सन् २०२३ को आर्थिक वृद्धिदरको अनुमान पछिल्लो तीन दशक अवधिमा देखिएको तेस्रो ठूलो गिरावट हो । विश्व आर्थिक वृद्धिदर सन् २००९ र २०२२ यताकै यस वर्ष सबैभन्दा कम हो,’ प्रतिवेदनमा भनिएको छ ।

विश्व बैंकको प्रक्षेपणअनुसार भारतमा सन् २०२३ मा ६.६ प्रतिशत र सन् २०२४ मा ६.१ प्रतिशत आर्थिक वृद्धिदर रहने छ । त्यस्तै पाकिस्तानमा सन् २०२३ मा २ प्रतिशत र सन् २०२४ मा ३.२ प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ ।

त्यस्तै, बङ्गलादेशमा सन् २०२३ मा ५.२ र सन् २०२४ मा ६.२ प्रतिशत आर्थिक वृद्धिदर रहने विश्व बैंकको प्रक्षेपण छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

Next Post
अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन चैत २४ र २५ मा काठमाडौंमा गरिने

अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन चैत २४ र २५ मा काठमाडौंमा गरिने

चिनियाँ एप टिकटक मार्फत पनि जुवा खेलाउने पक्राउ

चिनियाँ एप टिकटक मार्फत पनि जुवा खेलाउने पक्राउ

अलिबाबाका ज्याकमा संकटमा

अलिबाबाका ज्याकमा संकटमा

Leave a Reply Cancel reply

ताजा समाचार

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: