No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

१६ घण्टे फास्टिङ र किटो डाइटले ग्याष्ट्रिकको समस्या हुनसक्छ : डा. अखिलेश कश्यप


१६ घण्टे फास्टिङ र किटो डाइटले ग्याष्ट्रिकको समस्या हुनसक्छ : डा. अखिलेश कश्यप

फास्टिङको लहर व्यापक छ, शहरमा । कसैलाई मोटोपन घटाउनुछ, कसैलाई दीर्घरोगबाट छुटकारा पाउनुछ, कसैलाई चुस्त पाचनयन्त्र पाउनुछ । अतः यी सबैका लागि धेरैले अपनाउने एउटा विधी छ, फास्टिङ ।

पछिल्लो समय १६ घण्टे इन्टरमिटेन्ट फास्टिङ बस्ने प्रवृत्ति मौलाएको छ । यसले तत्काल केही राम्रै नतिजा दिएपनि दीर्घकालिन रुपमा भने खराब असर गर्ने चिकित्सकहरु बताउने गर्छन् । यसै सन्दर्भमा ग्याष्ट्रोइन्ट्रोलोजिस्ट डा. अखिलेश कश्यापसँग कुराकानी गरिएको छ ।

अहिले १६ घण्टा फास्टिङ गर्ने प्रवृत्ति व्यापक छ । यसले कुनै असर त गर्दैन ?

१६ घण्टा गरिने  इन्टरमिटेन्ट फास्टिङले धेरै फाइदा गरेको छ । तर, यससँगै  लामो समयसम्म  फास्टिङ गर्दा पेटमा भैरहेको एसिडलाई असर गर्न सक्छ । समयमा खाना नपुगेपछि एसिड खाना नली वा सानो आन्द्रामा जान्छ, जसले पाचन प्रकियामा असर पुर्‍याउन थाल्छ । यसैले ग्याष्ट्रिक, एसिडिटी जस्ता समस्या देखापर्न सक्छ ।

यस किसिमको फास्टिङले फाईदा वा बेफाईदा बढी गर्छ ?

मधुमेह, तौल घटाउन र उच्च रक्तचाप नियन्त्रणमा यसको फाइदा दिएको देखिन्छ । तर, ग्याष्ट्रिकका बिरामीहरुलाई यसले फाइदाभन्दा बढी हानी गर्छ ।

कसैलाई अल्सर, पेटको आन्द्राबाट रक्तश्राव भइरहेको छ भने पनि त्यति लाभ दिदैन । कसैलाई ग्याष्ट्रिक भएको नै थाहा नहुन सक्छ, जसले यस्तो फास्टिङ बस्दा थप स्वास्थ्य समस्या आउन सक्छ । ग्याष्ट्रिक नभएका व्यक्तिलाई ग्याष्ट्रिक गराउन सक्छ भने भएको व्यक्तिलाई झनै बढी जटिलता थप्न सक्ने देखिन्छ । सकेसम्म यस्तो गर्नु अघि आफ्नो स्वास्थ्य परीक्षण गराएर चिकित्सकको सल्लाहमा सहि तरिकाले  फास्टिङ गर्नु राम्रो हुन्छ ।

कस्तो अवस्थामा फास्टिङ हानिकारक हुनसक्छ ? वा पेट सम्बन्धि के कस्ता समस्याभएकाले फास्टिङ गर्नै हुँदैन ?

सकेसम्म ग्याष्ट्रिक भएको व्यक्तिले १६ घण्टा  फास्टिङ र व्रत नबसेको राम्रो हो । अल्सर भएको व्यक्ति, क्यान्सर भएको र ग्याष्ट्रिक भएका व्यक्तिलाई हानिकारक हुन्छ ।

कतिपयले किटो डाइट लिदाँपनि ग्याष्ट्रिकको समस्या हुँदोरहेछ भनिरहेका छन् । के किटो डाइट लिनेहरुमा ग्यास्ट्रिकको समस्या हुनसक्छ ?

तौल घटाउनको लागि लिइने  किटो डाइटले पनि ग्याष्ट्रिकको समस्या हुन्छ । यसमा बढी प्रोटिनलाई मात्र प्राथमिकता दिने भएकोले समस्या उत्पन्न हुन सक्छ । त्यस्तै कतिपयलाई कब्जियत र पेट फुल्ने जस्ता आन्द्रा सम्बन्धी समस्या हुन सक्छ ।

पहिला ग्याष्ट्रिक के कारणले भएको हो भन्ने बुझ्न पर्छ । केहि रोगले भएको हो वा खानपानले भएको हो भनेर जान्न जरुरी हुन्छ । सामान्य समस्याका कारण ग्याष्ट्रिक भएको छ भने त्यसको उपचार पछि किटो डाइट लिन सकिन्छ । तर अल्सर नै भैसकेको छ, लामो समयसम्म ग्याष्ट्रिकको समस्या छ भने सकेसम्म खान हुँदैन ।  किटो डाइट खानु अघि पनि चिकित्सकको सुझाव लिन जरुरी छ ।

ग्यास्ट्रिकको कारण के कस्ता जटिलता निम्तन सक्छ ?

ग्याष्ट्रिक  बढ्दै गए पछि अल्सर हुने सम्भावना बढी हुन्छ । सानो आन्द्रामा अल्सर भएको छ भने ९८ प्रतिशत आफै ठिक भएर जान्छ । त्यही अल्सर आमाशयमा छ भने क्यान्सर पनि हुनसक्छ । त्यो अवस्थामा इन्डोस्कोपी गरेर हेर्न सक्छ । अल्सरबाट रगत बग्ने हुन्छ । समयमा अल्सरको पहिचान गरी उपचार गरिएन भने सानो आन्द्रा आमाशयमा फुट्न सक्छ । त्यो नै यसको मुख्य जटिलता हो ।

ग्याष्ट्रिककै कारण घाँटीमा पनि समस्या हुने रहेछ नि ?

ग्याष्ट्रिककै कारण घाँटीमा पनि समस्या हुने भनेको ग्याष्ट्रोएसोफाजयल रिफ्लक्स डिसिजको कारणले हुन्छ । यो तब हुन्छ जब पेटमा एसिड बारम्बार तपाईंको मुख र पेट जोड्ने ट्यूबमा फर्कन्छ । यो एसिड रिफ्लक्सले तपाईंको अन्ननलीमा पोल्ने हुनसक्छ ।

रिफ्लक्स डिजिज मोटोपना, चुरोट मद्यपान गर्ने व्यक्तिलाई बढी हुन्छ ।  घांटीमा रिफ्लक्स एसिड जान्छ । जसले सुख्खा खोकी लाग्ने, घांटी पोल्ने हुन्छ । यो एउटा पाचनको समस्या हो । तर, यो समस्या देखिएपछि घांटीको समस्या भनेर  छातिको डाक्टरकोमा गएको हुन्छन् जहाँ उपचार पत्ता लाग्दैन । यसको समस्या इन्डोस्कोपी गरेपछि मात्र थाहा हुन्छ ।

ग्याष्ट्रिक भएकाले के कस्ताखानपान गर्नु जरुरी हुन्छ ?

४ पटक खानु पर्छ । सागसब्जी, उच्च रेसादार खानेकुराहरु खानु पर्छ । मसालेदार र चिल्लो खानेकुरा कम खानुपर्छ । घरको खानेकुरालाई प्राथमिकता दिने गर्नुपर्छ ।

ग्याष्ट्रिकको औषधि उपचार नगराई खान  मिल्छ ?

डाक्टरकहाँ आउँनुभन्दा अघि नै सबैले औषधि खाइसकेका हुन्छन् । कहिलेकाहीँ आँदा खासै फरक पर्दैन । तर सकेसम्म चिकित्सकलाई देखाएर मात्र औषधि खानु उपयुक्त हुन्छ ।  ४ दिनसम्म पनि ग्यास्ट्रिकको औषधि नाखाँदा पनि ठिक नभएका बिरामीको इन्डोस्कोपी गरेर पछि मात्र औषधि खान सल्लाह दिन्छौं । ग्यास्ट्रिक हुँदा प्राय नाइटोभन्दा माथि दुख्ने गर्छ, हृदयघात हुँदा पनि त्यहि दुख्ने गर्छ । दुख्ने समस्या बढ्दै गयो भने इसिजी गराउन पर्ने हुन्छ । मुटुको डाक्टरलाई पनि देखाउन पर्छ ।

ग्याष्ट्रिक हुनै नदिन के गर्ने ?

दैनिक व्ययाम गर्ने, तनाव कम लिने, दिनको ४ पटक सन्तुलित भोजन गर्ने, प्रशस्त  सफा पानी पिउने , स्वस्थ खानेकुरा खाने, सकेसम्म पेनकिल्लर औषधी खाने बानी छ भने रोक्न पर्छ । खाने पर्ने अवस्था आए कम खाने, धुम्रपान र मद्यपान नगर्ने ।

(डा.  कश्यपले  भारतको मणिपाल विश्वविद्यालयबाट मेडिसिनमा एमडी र एम्सबाट ग्याष्ट्रोइन्ट्रोलोजीबाट फेलोशिप र न्याम्सबाट डीएम गरेका छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post
बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

उघोग ब्यवसायहरुलाई प्रोत्साहन गर्नु पर्छ: ईलाका प्रशासन प्रमुख शर्मा

उघोग ब्यवसायहरुलाई प्रोत्साहन गर्नु पर्छ: ईलाका प्रशासन प्रमुख शर्मा

शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्मै, चुनाव लडिरहे अनि जितिरहे

शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्मै, चुनाव लडिरहे अनि जितिरहे

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .