No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक


बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

काठमाडौं । बालबालिकाको छाला निकै संवेदनशील हुन्छ । त्यसैले सानो लापरवाहीले पनि उनीहरूको छालामा समस्या निम्तिन सक्छ । एलर्जीको समस्या पनि धेरै बालबालिकालाई हुने गर्छ ।

बालबालिकालाई सबैभन्दा बढी देखिने छालाको समस्या ‘ऐटोपिक डर्माटाइटिस’ हो । यो समस्या भएका बालबालिकामा छाला सुक्खा हुने, चिलाउने, रातो हुने, छाला निस्किने जस्ता समस्या देखिने छाला तथा यौनरोग विशेषज्ञ डा. विकास पौडेल बताउँछन् ।

‘केहीमा दम भएर छाला सुख्खा हुने र एलर्जी हुने समस्या पनि हुन्छ । केही बालबालिकामा उमेरसँगै यो समस्या हराउँदै जाने हुन्छ भने कसैमा भने लामो समयसम्म रहन्छ,’ उनी भन्छन् ।

बालबालिकामा एलर्जीको समस्या हुने विभिन्न कारण छन् । प्रमुख कारण वंशाणुगत कारण हो । बालबालिकामा खानपान, वातावरण र वंशाणुगत कारण पनि एलर्जी हुन्छ । कसैलाई ऊनको कपडाको प्रयोग, लामो समयसम्म डाइपरको प्रयोग र धुलो–धुँवा तथा पाल्तु जनावरको रौंका कारण पनि एलर्जी हुने पौडेल बताउँछन् ।

उनी भन्छन्, ‘विभिन्न किसिमको धातु, वनस्पति, दूध वा रसायनका कारण पनि मानिसलाई एलर्जी हुने गर्दछ । अण्डा, ड्राइफ्रुट लगायतका खाद्यान्नका कारण पनि एलर्जी हुन सक्छ ।’

चायाले पनि बालबालिकामा एलर्जीको समस्या हुन सक्छ । कपालको चाया जब अनुहार र जीउमा पर्छ, तब एलर्जी हुने उनी बताउँछन् । ‘कीराले टोकेमा पनि एलर्जी हुन्छ । सरसफाइको कमी, सौन्दर्य प्रसाधनको जथाभावी प्रयोग, औषधिको साइड इफेक्ट्स तथा छाला सुख्खा भएमा पनि एलर्जी हुने गर्छ । केही बालबालिकामा लुतोको एलर्जी पनि हुने गर्छ,’ डा. पौडेल भन्छन् ।

हावापानी, वनस्पति र जीवजन्तुका कारण पनि छालामा एलर्जी हुन्छ । धुलो–धुँवा, पाल्तु जनावरको रौं, फूलको परागले पनि एलर्जी हुने उनी बताउँछन् ।

खानपान र खेलौनाले पनि एलर्जी

कुनै खानेकुराले पनि बालबालिकालाई एलर्जी हुन सक्छ । तर विशेषगरी आमाको दूध नखाने बालबालिकामा एलर्जी बढी हुने सम्भावना हुन्छ । केहीलाई वंशाणुगत रूपमा केही खानेकुराको एलर्जी हुने पौडेल बताउँछन् ।

‘खेलौना कुनै फाइबर, प्लास्टिक त कुनै मेटलबाट बनेको हुन्छ,’ उनी भन्छन्, ‘साना बालबालिकालाई मेटलको एलर्जी भएको त धेरै पाइएको छैन । ती खेलौनामा प्रयोग भएको रङ्ग र केमिकलबाट भने एलर्जी हुन सक्छ ।’

एलर्जी बारम्बार बल्झिरहन्छ

जबसम्म एलर्जी हुने कुरासँग सम्पर्क भइरहन्छ, जबसम्म एलर्जी बारम्बार बल्झिरहन्छ । त्यसैले त्यो एलर्जी हुने कुराको सम्पर्कबाट टाढा रहनुपर्छ ।

कसैलाई भने सिजनल एलर्जी हुन्छ । कसैलाई कीराको एलर्जी छ भने असार साउन मौसममा एलर्जी हुने र हरेक वर्ष त्यो मौसममा एलर्जी हुने हुन्छ । जाडो मौसममा छाला सुख्खा हुने भएकाले हरेक जाडो मौसममा एलर्जी बल्झिने हुन सक्छ । जब छाला सुख्खा हुन्छ, तब बाहिरी कुरा छालाभित्र सजिलै पुग्न सक्छ र एलर्जी हुन्छ । वंशाणुगत कारण एलर्जी भएको छ भने त्यो त झन् बल्झिने डा. पौडेल बताउँछन् ।

जटिलता

एलर्जीले छाला मोटो हुँदै जाने, कालो हुने र अरू संक्रमण हुने सम्भावना बढ्छ । फंगस, भाइरस र बाहिरी कीटाणुको संक्रमण हुने सम्भावना पनि बढ्छ । एलर्जीको समयमै उपचार गरिएन भने भाइरस संक्रमण भएर मुटु, फोक्सोमा नै असर गर्ने डा. पौडेल बताउँछन् ।

‘एलर्जीको समस्या भए दैनिकीमा पनि असर पर्छ । बच्चालाई एलर्जी भएर चिलाएको छ भने पढाइमा ध्यान दिन सक्दैन,’ उनी भन्छन्, ‘एलर्जीले गर्दा तनाव भएर कोठामा नै बस्ने घर बाहिर ननिस्कने जस्ता सामाजिक र मानसिक समस्या पनि निम्ताउन सक्छ ।’

एलर्जी भएमा के गर्ने ?

के कुराले एलर्जी भएको हो भनेर थाहा पाउन विभिन्न परीक्षण गर्नुपर्ने हुन्छ । एलर्जी टाइप वान र टाइप फोर दुई प्रकारका हुन्छन् । बच्चाहरूमा बढी हुने टाइप वान हो । कुन चिजले एलर्जी भएको हो भनेर ‘प्रिक टेस्ट’ र रगतको परीक्षण गरिन्छ ।

टाइप फोर एलर्जीको ‘प्याप टेस्ट’ हुन्छ । तर टेस्ट बालबालिकामा धेरै गरिंदैन । केहीमा  बायोप्सी परीक्षण पनि गर्नुपर्ने पौडेल बताउँछन् ।

उपचार

एलर्जीको लक्षणअनुसार उपचार हुने डा. पौडेल बताउँछन् । एलर्जीको सबैभन्दा प्रभावकारी उपचार भनेको के कुराले एलर्जी हुन्छ, त्यसको सम्पर्कबाट टाढा हुनु हो । छालालाई नरम र मोइस्चराइजर बनाइराख्नुपर्छ । कुनै एलर्जीमा लगाउने मलम र केहीमा खाने औषधिको सेवनबाट पनि एलर्जीको उपचार गरिन्छ । छाला चिलाउने समस्या छ भने नचिलाउने औषधिको प्रयोग गर्नुपर्ने पौडेल बताउँछन् ।

वंशाणुगत एलर्जीलाई रोक्न सकिंदैन, तर केही हदसम्म भए पनि कम भने गर्न सकिन्छ । बच्चालाई एलर्जी हुनै नदिन एलर्जी हुने चिजबाट टाढा राख्नुपर्छ । छालालाई सुख्खा हुन नदिन मोइस्चराइजर लगाइदिनुपर्छ । कतिपय कपडाले छालामा एलर्जी गराउने हुँदा प्रायः कटनको कपडा प्रयोग गर्नु राम्रो हुने उनी सुझाउँछन् ।

‘कुनै पनि ठाउँ, हावापानी, वनस्पति, जीवजन्तुका कारण एलर्जी भएको हो भने त्यसबाट टाढा राख्ने । चिसो हावा, धुलो, धुँवा र ओसिलो ठाउँबाट जोगाउनुपर्छ,’ डा. पौडेल बताउँछन् । onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

आफैंले वीर्यको सुई लगाएर गर्भाधान, बच्चा जन्मिएपछि सबै तिनछक

आफैंले वीर्यको सुई लगाएर गर्भाधान, बच्चा जन्मिएपछि सबै तिनछक

Next Post
उघोग ब्यवसायहरुलाई प्रोत्साहन गर्नु पर्छ: ईलाका प्रशासन प्रमुख शर्मा

उघोग ब्यवसायहरुलाई प्रोत्साहन गर्नु पर्छ: ईलाका प्रशासन प्रमुख शर्मा

शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्मै, चुनाव लडिरहे अनि जितिरहे

शरतसिंह भण्डारी : पञ्चायतदेखि गणतन्त्रसम्मै, चुनाव लडिरहे अनि जितिरहे

तमलोपा अध्यक्ष लालको जमानत जफत

तमलोपा अध्यक्ष लालको जमानत जफत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .