No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अब हुनेछैन प्रसूति पीडा : सहज विधिबाटै बच्चा जन्माउन सकिने


अब हुनेछैन प्रसूति पीडा : सहज विधिबाटै बच्चा जन्माउन सकिने

काठमाडौं । गर्भावस्था एक महिलाको लागि जीवनकै सबैभन्दा महत्त्वपूर्ण समय हो । आफ्नो पेटमा हुर्किरहेको अनुभव उनका लागि अद्वितीय हुन्छ । तर गर्भावस्थामा मन जति आनन्दित हुन्छ, तनले भने विभिन्न पीडाको सामना गर्नु परिरहेको हुनसक्छ ।

गर्भावस्थामा महिलालाई आफ्नो स्वास्थ्यको ख्याल जति राख्नुपर्छ, पेटभित्र हुर्किरहेको बच्चाको पनि उति नै ध्यान राख्नुपर्छ । यो बेला उचित हेरचाह नपुगे स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट गुज्रिनुपर्ने अवस्था समेत आउन सक्छ । नौ महिनासम्म बच्चालाई पेटमा हुर्काउँदा भोग्नुपर्ने पीडा त एकातिर छँदैछ, बच्चालाई जन्माउने बेलामा अरु थप पीडाबाट गुज्रिनुपर्छ ।

प्रसव पीडाका कारण धेरै गर्भवती महिलाको आङ नै सिरिङ्ग हुन्छ । दुखाइ कम गर्ने कुनै उपाय भए राहत हुन्थ्यो भन्ने उनीहरुको चाहना हुन्छ । प्रसूति गराउँदाको पीडालाई धेरैवटा हड्डी एकैपटक भाँचिएको जस्तो हुने पीडा समेत भनिन्छ ।

अन्य रोगमा दुखाइ कम गर्ने औषधि र उपाय तत्काल खोजी गर्न सकिने भए पनि प्रसूति पीडामा भने यस्तो गरिहाल्न मिल्दैन । यद्यपि प्रसूतिको पीडालाई कम गराउने उपाय नेपालमा पनि छन्, तर त्यसबारे सबैलाई जानकारी नहुँदा धेरै महिला प्रसव पीडालाई कम गराउने उपायबाट वञ्चित छन् ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले निकै पहिलेदेखि नै ‘पेनलेस’ प्रविधिबाट डेलिभरी गराउने गरिरहेको छ । तर यसबारे पर्याप्त जानकारी नहुँदा यसको प्रयोग धेरै कमले मात्र गरिरहेको अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. वासुदेव पराजुली बताउँछन् ।

‘यो प्रविधि टिचिङ अस्पतालमा सञ्चालनमा आएको लामो समय भइसकेको छ । मुटुका रोगी जसलाई दुखाइ सहन हुन्न त्यस्ता बिरामीका लागि यो पहिल्यैदेखि प्रयोग गरिन्थ्यो,’ उनी भन्छन् ।

डा. पराजुली दुई वर्षअघि क्यानडा गएर माउन्ट सिनाई अस्पतालबाट ‘पेनलेस डेलिभरीको’ बारेमा एकवर्षे तालिम लिएर फर्किएका हुन् । त्यसपछि नेपालमा यो प्रविधिलाई प्रभावकारी ढंगले सञ्चालनमा ल्याउने उनको उद्देश्य थियो । तर विना दुखाइ बच्चा जन्माउने उपाय पनि छ भन्ने कुराको ज्ञान मानिसहरूमा नभएकोले यो प्रविधि अपनाउनेको संख्या अत्यन्त कम थियो ।

यो सुविधा लिने महिलाको संख्या एकदमै न्यून भएकाले त्रिवि शिक्षण अस्पतालले गत वैशाखदेखि साताको प्रत्येक बिहीबार ‘अबस्थेरिक एनेस्थेसिया क्लिनिक’ नै सञ्चालनमा ल्याएको डा. पराजुली बताउँछन् ।

पेनलेस डेलिभरी प्रविधि सुरु भएको कति भयो ?

डा. पराजुली भन्छन्, क्यानडा, अमेरिका लगायतका देशमा मान्छेले कुनै पनि प्रकारको दुखाइ वा पीडा सहनुहुँदैन भन्ने मान्यता हुन्छ । जसले गर्दा त्यो दुखाइलाई कसरी निको पार्न सकिन्छ भनेर उनीहरू उपाय खोज्न थालिहाल्छन् । तर नेपालमा भने सहनुपर्छ भन्ने मान्यता छ ।’

विकसित देशमा पेनलेस डेलिभरी सुरु भएको एक दशकभन्दा बढी भइसकेको उनी बताउँछन् । यसलाई राम्रोसँग अपनाउन थालेको पनि ३० वर्ष भइसकेको छ ।

यो कस्तो प्रविधि ?

यो प्रविधिलाई ‘एपिड्युरल एनेस्थेसिया’ भनिन्छ । जुन प्राथमिक सर्जिकल एनेस्थेटिक वा पोस्टपोरेटिभ दुखाइ व्यवस्थापनका लागि प्रयोग गर्न सकिन्छ । शल्यक्रियाबाट गुज्रिएका वा मल्टिमोडल पोस्टअपरेटिभ दुखाइ व्यवस्थापन आवश्यक पर्ने बिरामीका लागि यो प्रयोग गर्न सकिने डा. पराजुली बताउँछन् ।

डा. वासुदेव पराजुली

यसमा बिरामीको ढाडमा सुई लगाएर एउटा क्याथेटर हालिन्छ र त्यसमा दुखाइ कम गर्ने औषधि दिइन्छ । विकसित देशहरूमा नर्मल डेलिभरी गर्ने प्रायः हरेक महिलालाई यो प्रविधि अपनाइन्छ । ‘त्यसैले अन्य देशमा यो प्रविधि एकदमै सामान्य भइसक्यो । हाम्रो देशको लागि मात्र यो अलि नौलो हो,’ डा. पराजुली भन्छन् ।

यस प्रविधिमा एक पटक सुई दिएर डेलिभरी नहुन्जेलसम्म त्यहीं क्याथेटर राखिन्छ र त्यसमा औषधि थपिरहन सकिन्छ । पहिले पहिले भने प्रत्येक पटक दुखाइ कम गर्न सुई लगाइरहनुपथ्र्यो ।

बेफाइदा पनि केही छ ?

यो प्रविधि अपनाउँदा नर्मल भन्दा पनि सिजरियन डेलिभरी हुने सम्भावना धेरै हुन्छ भन्ने धेरैको सोच हुन्छ । तर विभिन्न देशमा यो प्रविधि अपनाएका २० हजार महिलामा गरिएको अध्ययन अनुसार ९० प्रतिशत भन्दा बढी महिलाको नर्मल डेलिभरी नै भएको छ । तर नर्मल डेलिभरीको लागि तयार र यो प्रविधि नअपनाएका महिलामा बच्चा तथा आमाको कारण सिजरियन गर्नुपर्ने हुनसक्ने डा. पराजुली बताउँछन् ।

ढाडबाट सुई लगाएर दुखाइ कम गर्दा डेलिभरी समयमा नहुने र व्यथा लाग्ने समय बढ्छ होला नि भन्ने पनि प्रश्न छ ? २० हजार जनामा गरिएको अध्ययनमा यो प्रश्नको उत्तर पनि खोजिएको थियो । उक्त अध्ययन अनुसार यो प्रविधि अपनाएका महिलामा लामो समय व्यथा लाग्ने समस्या हुँदैन ।

‘पहिलो बच्चा जन्माउँदा १२ देखि १८ घण्टा व्यथा लाग्छ । दोस्रो बच्चामा ६ देखि १२ घण्टा । यस्तोमा केहीलाई आधा-एक घण्टा तलमाथि हुनसक्छ । तर यो प्रविधिको कारण व्यथाको समय लम्बिने होइन,’ डा. पराजुली भन्छन् ।

यो सुई लगाएपछि बच्चा बाहिर निकाल्ने बेलामा आमालाई गाह्रो हुन्छ होला भन्ने कुराको पनि अध्ययन भएको थियो । सन् २००० भन्दा अघि बिरामीलाई औषधिको मात्रा धेरै चलाइन्थ्यो, जसले गर्दा केही यस्तो समस्या देखिएको थियो । तर अहिले औषधिको मात्रा घटाएर चलाएपछि यो समस्या नदेखिएको डा. पराजुली बताउँछन् ।

उनी भन्छन्, ‘सुईको प्रयोगबाट दुखाइ कम हुन्छ र बच्चा निकाल्नको लागि पुस गर्न पनि समस्या हुँदैन ।’

ढाडबाट सुई लगाएर दुखाइ कम गर्ने औषधि प्रयोग गर्दा ढाड दुख्ने समस्या पो हुन्छ कि भन्ने प्रश्न त झन् आम प्रश्न हो । यो प्रविधिको प्रयोग गरेकै कारण ढाड दुख्ने समस्या देखिएको छैन । यो प्रविधि अपनाएका २० हजारमा गरिएको अध्ययनमा यो कुरा पनि समावेश गरिएको छ ।

कस्तो अवस्थामा यो प्रविधि अपनाउन मिल्दैन ?

यदि गर्भवती महिलाको रगत पातलो छ वा रगत पातलो गर्ने औषधि सेवन गरिरहेकी छन् भने यो प्रविधि अपनाउन मिल्दैन । उच्च रक्तचापको बिरामीलाई पनि यो उपाय अपनाउन मिल्दैन । कसैलाई ढाडको समस्या छ भने त्यस्तो बिरामीलाई पनि यो दिन नमिल्ने डा. पराजुली बताउँछन् ।

यस्तै औषधिको एलर्जी हुने महिलालाई पनि यो उपाय अपनाउन मिल्दैन ।

कति लाग्छ खर्च ?

यो प्रविधि अपनाउँदा विना दुखाइ बच्चा जन्माउन सकिन्छ र सहज पनि छ । तर यो प्रविधि अपनाउन नेपालमा दक्ष जनशक्तिको भने अभाव देखिन्छ । यद्यपि त्रिवि शिक्षण अस्पतालमा भने यस विषयमा तालिम प्राप्त जनशक्ति भएकाले यो प्रविधि अपनाउन सकिने डा‍. पराजुली बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालमा डेलिभरीबाहेक पाँच हजार रुपैयाँ भन्दा कम शुल्कमा यो सेवा लिन सकिने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post
‘रेड जोन’मा मधेसकेन्द्रित दलका ठूला नेता

‘रेड जोन’मा मधेसकेन्द्रित दलका ठूला नेता

नेपाली नागरिकका रूपमा बस्दै आएकी चिनियाँ महिला पक्राउ

नेपाली नागरिकका रूपमा बस्दै आएकी चिनियाँ महिला पक्राउ

चीनले आगामी वर्षहरूमा खडेरीको सामना गर्ने : अध्ययन

चीनले आगामी वर्षहरूमा खडेरीको सामना गर्ने : अध्ययन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...