काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणलाई कारबाही गर्न नयाँ कानुन ल्याउन निर्देशन दिएसंगै मन्त्रालयले कानूनको मस्यौदा निर्माण गर्न सरोकारवालासंगको छलफल सुरु गरेको हो ।
यसअघि प्रधानमन्त्री ओलीले दोषीलाई कारबाही गर्न १५ दिनभित्र कानुनी मस्यौदा तयार गर्न निर्देशन दिनुभएको थियो ।
मंगलबार मन्त्रालयका कानून निर्माका लागि सरोकारवालासंग छलफल गर्दै कानूनमन्त्री डा शिवमाया तुम्वाहाम्फेले अध्यादेशबाट छिटो भन्दा छिटो कानून बनाईने बताउनुभयो । उहाले तीव्र गतिमा कानून निर्माणको काम भइरहेको भन्दै एसिडजन्य जघन्य अपराध विरुद्ध ऐनमा समेट्नुपर्ने बिषयमा छलफल गरिएको जानकारी दिनुभयो । पिडित पक्षलाई न्याय हुने गरि ऐन निर्माण गर्र्नुपर्ने आवश्यकता रहेको उहाको भनाइ छ ।
डा शिवमाया तुम्वाहाम्फे, मन्त्री, कानून, त्याय तथा संसदीय मामिला
कार्यक्रममा सरकोरवालाहरुले कडा भन्दा कडा कारवाही हुने कानून तर्जुमा गर्नुपर्ने बताएका थिए । छलफलमा महिला अधिकारकर्मी डा रेणु अधिकारीले पिडितलाई पिडकबाट क्षतिपूर्ति भराउने बिषयलाई कानूनमा नै उल्लेख गर्नुपर्ने बताउनुभयो । त्यस्तै महिला, कानून र विकास मञ्चका निर्देशक सविन श्रेष्ठले अन्य देशमा एसिड आक्रमणकारीलाई मृत्युदण्डको सजाय भएपनि नेपालमा भने जन्मकैदको सजाय नै बनाउनुपर्ने सुझाव दिनुभयो ।
डा रेणु अधिकारी, महिला अधिकारकर्मी
.सविन श्रेष्ठ, निर्देशक, महिला, कानून र विकास मञ्च
त्यस्तै छलफलमा सहभागी अन्य अधिकारकर्मीहरुले एसिडजन्य जघन्य अपराध विरुद्धको कानूनलाई बलियो बनाउन सके यस्ता घटनामा कमि आउने बताएका थिए । शारीरिक, मानसिक र सामाजिक लगायत बहुपक्षीय प्रभाव पार्ने घटनाका अपराधीको सम्पति रोक्का गरी पीडितलाई क्षतिपूर्ति समेत भराउने कानूनी प्रबन्ध गरिने तयारी गरिएको छ ।