No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

असोज २ गतेबाट मलमास : त्यो बेला के गर्ने ? के नगर्ने ?

असोज २ गतेबाट मलमास : त्यो बेला के गर्ने ? के नगर्ने ?

काठमाडौं : यस वर्ष असोज २ गते शुक्रबारबाट ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।

ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउने गर्छ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ ।

महिनामा दुई वटा सङ्क्रान्ति पर्‍यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिएका छन् ।

असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।

द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।

अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिले मात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिवप्रसाद पोखरेलले जानकारी दिए ।

क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्छ । यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्ने गर्छ । कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघमा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी ८ महिनामा अधिकमास पर्न सक्छ ।

क्षयमास हुने वर्ष दुई अधिकमास नियमितसमेत पर्छन् । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ । सबै मासको देवता हुन्छन् ।

मलमास महिनाको देवता नभएपछि मलमास रुदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेलाँ गरेको गुनासो गरेका छन् । गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख छ ।

मलमासमा के गर्ने ? के नगर्ने ?

मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्न हुन्छ । नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुआत् गर्नु नहुने नियम रहेको छ ।

मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात विवाह, व्रतबन्ध, गृहनिर्माण, गृह प्रवेशजस्ता गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नु हुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन ।

नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नु पर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।

मच्छेनारायण मेला

रत्नपार्कबाट करिब ८ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ। यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ । मलमासमा १ महिना लामो मेला लाग्ने भएपनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित गरिएको छ ।

मलमासको अवधिभर मच्छेनारायणमा टाढा टाढाबाट लाखौँ भक्तजन दर्शनका लागि आउने गरेकामा यस वर्ष चन्द्रागिरि नगरपालिकाले मेला नगर्ने निर्णय गरेको छ ।

मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम माहात्म्य वाचन हुने गरेकामा यस वर्ष घरघरमै मच्छेनारायण पूजा एवं पुरुषोत्तममास माहात्म्य वाचन गर्न नगरपालिकाले अनुरोध गरेको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए ।

यो महिनामा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा छ । माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ ।

भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरे । मत्स्यरुपी भगवान्ले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गर्नुभएको पुराणमा उल्लेख छ ।

चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् । मलमासबाहेक नववर्ष लगायत जनैपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ । मत्स्यनारायण नाम भए पनि जनजीवनमा शब्दको प्रयोग गर्दा अपभ्रंश भई मच्छेनारायण भन्ने गरिएको छ ।

वेदको रक्षा गर्न मत्स्यरुपमा भगवान् विष्णु

मत्स्य अवतारका विषयमा प्रचलित किम्बदन्ती यस्तो छ । प्राचीन कालमा सत्यव्रत नाम गरेका राजाले नदीमा मत्स्य अवतारको सर्वप्रथम दर्शन पाएका हुन् ।

सानो माछाले आफ्नो रक्षार्थ बिन्ती गरेपछि राजाले आफ्नो कमण्डलुमा राखेका थिए । कमण्डलुमा माछा अटाएन । माछालाई क्रमशः तलाउ अनि समुन्द्रमा राख्दा आकार बढ्दै गएको गयो । राजाले भगवान् विष्णुको अवतार बुझेर मत्स्य अवतारको पूजा गरे ।

पृथ्वी प्रलयको समयमा मत्स्य अवतारले जलमग्न पृथ्वीमा सानो डुङ्गामा बीउबिजनसहित सप्तर्षि अनि राजा सत्यव्रतको रक्षा गरेको कुरा विभिन्न पुराणमा उल्लेख छ । हयग्रिव नाम गरेको राक्षसले वेदलाई चोरेर समुद्रमा लुकाएको थियो । भगवान् मत्स्यले हयग्रिवलाई मारेर वेदको पनि उदार गरेको विश्वास गरिन्छ ।

यस वर्ष पितृपक्ष सकिएर दुर्गापक्ष शुरु हुने औँसीदेखि नै मलमास लाग्ने भएकाले नेपालीको महान् चाड बडादशैँ एवं तिहार एक महिना ढिला हुने भएको छ । असोज ३० गते मलमास सकिएपछि कात्तिक १ गते घटस्थापना गरी दशैँ शुरु हुनेछ । मलमासका कारण दशैँपछिका सबै चाडवाड ढिला हुनेछन् ।

यसअघि २०७५ जेठ महिनामा अधिकमास परेको थियो । असोज महिनामै अधिकमास भने विसं २०५८ मा परेको थियो । १९ वर्षपछि फेरि असोज महिनामै मलमास परेको छ ।

असोज महिनामा पर्ने मलमासमा दक्षिणी देशमा सङ्घर्ष हुने ज्योतिषशास्त्रको ग्रन्थ संवत्सर संहितामा उल्लेख गरिएको ज्योतिषी पोखरेलले जानकारी दिए । मलमासमा विशेष गरी भगवान् पुरुषोत्तमको पूजा आराधना गरी मालपुवा दान गरे पुण्य मिल्ने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

Next Post
६ रेक्टरको भूकम्पकाे धक्का

६ रेक्टरको भूकम्पकाे धक्का

६ रेक्टरको भूकम्पकाे धक्का

भूकम्पको भुगर्व बिभागले दिने मान र अन्तरास्ट्रिय संस्थाहरुले दिने मानमा सधैं फरक

नयाँ एक हजार ५३९ जना सङ्क्रमितसहित ५८ हजार ३२७ पुग्याे

नयाँ एक हजार ५३९ जना सङ्क्रमितसहित ५८ हजार ३२७ पुग्याे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .