No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वाइनले वास्तवमै मुटुलाई फाइदा गर्छ ?

वाइनले वास्तवमै मुटुलाई फाइदा गर्छ ?

काठमाडौं । नेपाली पात्रोमा अब चाडपर्व सुरु भएको छ । तीज, दशैं, त्यसपछि तिहार । चाडपर्वको यो याममा मीठोमसिनो व्यञ्जनसँगै नेपाली समाजले मदिरा पनि उत्तिकै खपत गर्छ ।

मदिरामा खासै स्वाद नभिजेकाहरु पनि यतिबेला वाइनको चुस्की लिन थालेका छन् । पर्व, उत्सव, जमघटमा वाइनको ग्लास समात्ने जमात बढ्दो छ । यसलाई उनीहरुले ‘सोसल ड्रिंकको रुपमा लिने गरेका छन् ।

त्यसो त वाइनप्रति हाम्रो समाज त्यति अनुदार छैन, जति अन्य मदिराजन्य पेयप्रति छ । समाजमा व्याप्त धारणा छ, ‘वाइन हार्ड ड्रिंक होइन, वाइनले खासै मात्दैन, वाइनले कुनै हानी गर्दैन, वाइनले मुटुलाई फाइदा गर्छ ।’

तपाईंले गुगलमा गएर खोज्नुभयो भने ‘वाइन पिउनुका फाइदा’ शीर्षकमा थुप्रै सामग्री फेला पार्नुहुनेछ ।

के वास्तवमै यो सत्य हो ?

किनभने चिकित्सकहरुले वाइनलाई पनि अन्य मदिराकै श्रेणीमा राखेका छन् । अन्य मदिराले शरीरमा जे-जस्तो असर गर्छ, वाइनले पनि त्यही गर्ने उनीहरु बताउँछन् । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु भन्छन्, ‘वाइन कुनै स्वस्थ्यवर्द्धक पेय होइन ।’ वाइनले मुटुलाई फाइदा गर्छ भन्ने कुरा पनि निराधार रहेको उनको भनाइ छ ।

‘विभिन्न जर्नलहरूमा रेड वाइन मुटुको लागि राम्रो हो भनिएको छ, तर त्यो सत्य होइन,’ डा. कोजु भन्छन्, ‘कुनै पनि मुटुरोग सम्बन्धी डाक्टरलाई सोध्नुभयो भने रेड वाइनले मुटुलाई फाइदा गर्छ भन्दैनन् किनकि यो प्रमाणित भएको छैन ।’

किन वाइनलाई लाभदायक भनियो ?

वाइनप्रतिको धारणा र त्यसले स्वास्थ्यमा पार्ने प्रभावबारे बीबीसीमा एउटा लेख छापिएको छ । उक्त लेख अनुसार ‘वाइन पिउनु स्वास्थ्यको लागि लाभदायक छ’ भन्ने बुझाइ सन् १९७० को दशकको हो । त्यो बेला वैज्ञानिकले के पत्ता लगाएका थिए भने अन्य देशको तुलनामा फ्रान्सका मानिसहरूलाई मुटुको रोग कम लाग्छ । जबकि फ्रान्सका बासिन्दाहरू अन्य देशका मानिस भन्दा बढी सेचुरेटेड फ्याट खान्थे ।

वैज्ञानिकहरूको विश्वास के थियो भने फ्रान्सका मानिसहरूलाई मुटुको समस्या कम हुनुको सोझो सम्बन्ध वाइन पिउने बानीसँग सम्बन्धित छ ।

बीबीसीमा लेखिएको छ, ‘यसलाई वैज्ञानिकहरूले फ्रान्सेली विरोधाभासको संज्ञा दिएका थिए । यो त्यस्तो बहस थियो, जसलाई वैज्ञानिकहरूले आजका मितिसम्म सुल्झाउन सकेका छैनन् । यद्यपि फ्रान्सेली विरोधाभासले यति प्रचार पायो कि अहिले विश्वभरि नै के कुरा स्थापित भएको छ भने थोरै वाइन पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।’

रेड वाइनले मुटुलाई फाइदा कि हानी ?

मुटुरोग विशेषज्ञ डा. कोजुका भन्छन्, ‘रेड वाइन खाऊ त्यसले मुटुको स्वास्थ्यलाई फाइदा गर्छ भनेर डाक्टरहरूले भने कतै भनेको पाइएको छैन ।  वाइनमा १० देखि १७ प्रतिशतसम्म अल्कोहलको मात्रा हुन्छ । त्यति मात्रामा भए पनि अल्कोहल दैनिक रूपमा सेवन गर्दा  शरीरमा अल्कोहलको लेबल बढ्दै जान्छ । जुन स्वास्थ्यको लागि लाभदायक हुँदैन ।’

सन् २००६ मा मदिराको हानी तथा फाइदाका सम्बन्धमा गरिएका ५४ वटा रिसर्चहरूले केही निष्कर्ष निकालेको छ । निष्कर्ष के थियो भने थोरै–थोरै मदिरा पिउनु र मुटुको रोग लाग्ने सम्भावना कम हुनुबीच कुनै पनि सम्बन्ध छैन ।

यद्यपि कार्डियो भास्कुलर सर्जन डा. सञ्जीतकुमार शाहको भनाइ फरक छ । उनी दैनिक ८० एमएल रेड वाइन पिउनु फाइदाजनक हुने बताउँछन् ।

‘प्रत्येक दिन ८० एम एल रेड वाइन सेवन गर्दा हाम्रो शरीरमा ‘उच्च घनत्व लिपोप्रोटिन’ राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ । यो राम्रो कोलेस्ट्रोलको मात्रा बढेपछि हाम्रो मुटुलाई स्वास्थ्य राख्न मद्दत गर्छ भनेर धेरै अनुसन्धानहरूले देखाएको छ,’ उनी थप्छन्, ‘रेड वाइनमा अरू रक्सीहरूमा भन्दा एन्टी अक्सिडेन्ट प्रवृत्ति बढी हुन्छ जसका कारण मुटुका रक्तनलीहरुमा कोलेस्ट्रोल जम्मा भई साँघुरिने गतिमा कमी आउन सक्छ ।’

तर ८० एमएल भन्दा बढी सेवन गर्दा भने स्वास्थ्यमा नराम्रो असर गर्न सक्ने उनको भनाइ छ । ‘नेपालीहरूले कुनै पनि मादक पदार्थ सेवन गर्दा मात्ने गरी नै सेवन गर्छन्,’ उनी भन्छन्, ‘नापेर सीमित मात्रामा मात्र सेवन गर्दैनन् ।’

उनका अनुसार वाइनमा राम्रो कोलेस्ट्रोल केही मात्रामा हुन्छ र राम्रो कोलेस्ट्रोल बढाउँछ पनि तर यसमा हुने अल्कोहलको मात्राले स्वास्थ्यमा नराम्रो असर पनि गर्छ । त्यसैले यसको फाइदा छ भन्ने बहाना बनाएर धेरै मात्रामा सेवन गर्न नहुने डा. शाह सुझाउँछन् ।

रक्सी वा वाइनको सेवनले मुटुलाई केही फाइदा गर्छ भन्ने निहुँ गरेर रक्सी तथा वाइन पिउने बानीको विकास गर्नु  भने गलत भएको डा. शाही बताउँछन् ।

वाइन पिउनु स्वास्थ्यको लागि लाभदायक छ भनेर वाइन पिइरहेका व्यक्तिहरूलाई यसमा के त्यस्तो तत्व हुन्छ जसले हाम्रो स्वास्थ्यमा राम्रो असर गर्छ भन्ने कुरा भने थाहा हुँदैन ।  किनभने कोही साथीको लहैलहैमा लागेर त कोही  गुगलमा भेटिएको वाइन खानुको फाइदा पढेर वाइन पिइरहेका हुन्छन् । धेरै हेल्थ जर्नलहरूमा एक ग्लास वाइन खाँदा स्वास्थ्यमा फाइदा गर्छ  भन्ने कुरा उल्लेख भएको हुन्छ  । तर आधिकारिक रूपमा  यसको पुष्टि भएको छैन  । त्यसैले  अधिकांश जानकार भने वाइनसँग दूरी बनाउनु नै सबैभन्दा उचित हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Next Post
सुनमाया बुढाले फ्रान्समा भएको अल्ट्रा दौडमा जितिन् रजत

सुनमाया बुढाले फ्रान्समा भएको अल्ट्रा दौडमा जितिन् रजत

मैले जाने कुनै ठाउँ छैन

मैले जाने कुनै ठाउँ छैन

नागरिकता विधेयकको विषय लिएर लोसपा नेताहरुले भेटे राष्ट्रपति

नागरिकता विधेयकको विषय लिएर लोसपा नेताहरुले भेटे राष्ट्रपति

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .