एउटा भारतीय मान्छे मैले काम गर्ने हस्पिटलको बाहिरी बरण्डाको एक छेउमा तीन दिनदेखि एकाध घन्टा बसिरहन्थ्यो । बिरामी होला चेपअफ गरेर बाहिर आफ्नो कम्पनीको गाडी प्रतिक्षा गरिरहेको होला भन्ने लाग्थ्यो । त्यसैले केही सोधेको थिइनँ । आज बिहानै फेरि उही व्यक्ति उही ठाउँमा उसरी नै निरास र भयग्रस्त बसिरहेको देखें पछि ऊ नजिकै गएँ ।
– ‘भैया गाडीका इन्तजार कररहे हो ? बाहार गरम बहुत हे । अन्दर जाके बैठिए । ‘
– ‘नही साहाब । जाने का कोही ठेगाना नही हे मेरा । ‘ बहुत थाका हुँवा हुँ । इसिलिए इधर बैठ रहा हुँ थोडा समय । में इधर ही ठीक हुँ साहाब । और थोडी देर इधर ही बैठुङ्गा । उसकेवाद चला जाउंगा ! ‘
ऊ मलाई साहाब भन्दै थियो। सायद मेरो युनिफमको असर होला । तत्कालै साहाब नभन्न आग्रह गरें ।
– ‘ भाइ मैं कोही साहाब – वाहाव नहीँ हुँ । इस दुनियाँमे कोही साहाब नही हे । मुझें भैया कहो । ‘
– ‘ओकी जी ‘ भनेर ऊ फेरि घोप्टो परेर एकोहोरो भुइँतिर हेरिरह्यो। मेरो जाने कुनै ठाउँ छैन सुन्ने बित्तिकि मन चस्क्क दुख्यो अनायासै ।
ऊ भारतको बिहार बासी रहेछ । नाम कृष्ण प्रसाद । उनको आधार पत्रमा ३१ वर्षको उमेर देखिए पनि मुखाकृतिले पैंतालीस वर्षको आसपासमा उसको उमेर देखिन्थ्यो ।
बिहारबाट एक दलालको फन्दामा परि दुई महिना अघि भिजिट भिसामा यहाँ आएको रहेछ । दलालले राम्रो काम लगाइदिने पैसा चैं भारु एक लाख लाग्ने भनेको रहेछ । राम्रो काम, राम्रो तलब पाउने आशाले असी हजार रिण काढेर आएको रहेछ । नूर आलम नामको उक्त दलाल पनि बिहार कै रहेछ । एक महिनाको भिजिट भिसाको समय कटेपछि भाडावाल रुमको मालिकले बाहिर निकालिदिएछ । दलाल त्यो पूर्व नै बेखबर बनी फरार भएछ। युएईको सारजाहमा उत्रिएको ऊ अहिले युएईकै आबुधाबी स्थित साबिया भन्ने ठाउँको बाफिलो गल्ली गल्लीमा काम खोज्दै हिँड्ने क्रममा थाकेर हस्पिटलको बाहिर बरण्डामा थकाई मार्न बस्ने गरेको रहेछ ।
ऊ निकै निरास र उदास थियो । भोक प्यासले लखतरान देखिन्थ्यो । उसको आँखा टिल्पिलाई रहेको थियो पीडाले । उनी विस्तारवादी भारतका एक नागरिक थिए । तर, उसको पीडा र गरिबी मेरै जस्तो थियो । हामी फरक देशका भएर पनि हाम्रो भोगाइ समान थिए । राज्यले गर्ने उपेक्षा समान थियो । श्रमजीवीलाई गर्ने व्यवहार र दिने सास्ती समान थियो । उनको पीडादायी कथा/ व्यथा सुनेर मुटुको धड्कन जेत हुदै थियो । आँखा रसाउदै थियो। गला अबरुद्ध भएर केही क्षण वाक्य नै फुटेन पनि ।
– ‘ भैया कुछ खाया कि नही ? ‘
– ‘ साहब अभी एक आदमिने एक बोतल पानी दिया । ओही पिलिया हुँ !’
– ‘ नही खाना / नास्ता कि बात कररहा हुँ ! कुछ खाया कि नही ? ‘
यति सुन्नासाथ ऊ अचानक एक्काएक भक्कानियो । आँखाबाट बरर आश्रुधारा चुहिए। देब्रेतिर फर्केर दुबै हातले आँसु पुछेर पुनः घोप्टिमन्टो लगायो ।
उमेरमा ऊ म भन्दा अलि पाको देखिन्थ्यो । उसले दुई दिन देखि केही खान नपाएको रहेछ पानी शिवाय । कसले पो देओस् । संसार यन्त्रवत छ । यन्त्र जस्तै हृदयहीन छ । कंकृटमय छ । कंकृट जस्तै हृदयहीन छ । एउटा श्रमजीवीको मर्म अर्को श्रमजीवीले बुझेको त हुन्छ तर ऊ अर्कोको समस्याको दीर्घकालीन समाधान गर्न सक्ने स्तरमा हुँदैन । म स्वयम् उसको अघि लाचार रुपमा ठिङ्ग उभिएको किम्कर्तव्यविमूड पात्र थिएँ । आफ्नो हैसियतले सकेको गरें उसको तत्कालको गर्जो टार्न ।
केही बेरको मौनता पछि ऊ फेरि बोल्यो ।
– ‘साहाब , कोही काम हे तो देदो । मैं कोही भी काम गरुँगा ! मेरा भिजिट भिषा भी खत्म हो गया । पोलिस स्टेसन गया । पुलिस ने भी गिरफतार नही किया । एक पलेट खाना दिया । काम ढुंडो और फाइन तिरो बोला । में क्या करु साहाब !
– ‘ भाइ , मे साहाब नही हुँ । साहाब न बोलो । मुझे आपना भाइ मान लो । मैं भी इधर काम कर्ने वाला आदमी हुँ । काम ढुडना , पाना मुस्किल हे अभी ! ‘ भनें।
केही चिने जानेका कन्स्ट्रकसन कम्पनीका साथीहरूको नंबर दिएँ । केही क्लिनिङ कम्पनीको नंबर दिएँ । तर ऊ संग न मोबाइल थियो न सिम । न रिचार्ज गर्ने पैसा । यो सहयोग पनि व्यर्थको लाग्यो आफैलाई । उसले मन लागिनलागी नंबर टिपोट गरेको कागजको टुक्रा लियो ।
उसले एक्काएक एउटा गंभीर प्रश्न गर्यो । सुनेर अवाक र नि: शब्द बनें म चैं ।
– भाइ साहाब , इधर बलड खरिद्ने वाला कोही अस्पताल हे ? हे तो बताई ये ! मै मेरा खुन बेच्ना चाहाता हुँ । खुन बेचके में घर वापस जाउँगा । पिलिज भाइ साहाब कुछ बताई ये ! !’
फिल्मी संवादमा यी वाक्यहरू त सुन्दै आएकै हुँ । आज आफ्नै आँखा सामु यो विवशता देख्न र सुन्न पर्दा आफैले टेकेको माटो तलतल भासिदै गएको महशुस हुँदै थियो । म संग थप कुरा गर्न सक्ने एक वाक्य थिएन । सायद उसले सारिया स्लामिक कानुनको ब्लड मनी सुनेको आधारमा यसो भनेको होला । त्यो ब्लड मनी अर्कै हो जुन खुब खरिद – बिक्रीसंग सम्बन्धित छैन ।
अत्यमा एक बोतल पानी, केही रकम र इन्डियन एम्बासीको नंबर दिएर त्यहां जान अनुरोध गरेँ । ऊ भोलि जाने निधो गरेर धन्यवाद दिदै हिँड्यो । कहां जाने हो ऊ स्वयंलाई थाह छैन किन कि ऊ रात पनि सडक किनार र मस्जिद कै हलमा बिताउदै आएको एक महिना भयो भन्दै थियो ।ऊ लुरुलुरु गयो । म एकोहोरो हेरिरहें उसका गन्तव्यविहीन पाइतालाहरू छैन । सभार फेसबुकबाट