No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

१० वस्तुको आयात प्रतिबन्धलाई लम्ब्याउने वाणिज्य मन्त्रालयको निर्णय

१० वस्तुको आयात प्रतिबन्धलाई लम्ब्याउने वाणिज्य मन्त्रालयको निर्णय

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिलासी वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिने भएको छ । प्रतिबन्धको समीक्षा गर्न मन्त्रालयमा भएको उच्चस्तरीय बैठकले थप केही समयका लागि आयात प्रतिबन्धलाई कायम राख्ने निर्णय गरेको मन्त्रालय उच्च स्रोतले बतायो ।

‘प्रतिवन्धपछि अर्थतन्त्रलाई राहात पुगेको र यसलाई अझै निरन्तरता दिने निर्णय भएको छ,’ मन्त्रालय उच्च स्रोतले भन्यो, ‘कति समय थप हुन्छ भन्ने राजपत्रको सूचनाले नै तय गर्छ ।’

उच्च आयातका कारण विदेशी बिनिमय सञ्चितिमा ह्रास आएको भन्दै मन्त्रालयले १३ वैश्ाखमा बिलासी १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

विदेशी मदिरा, महँगा गाडी, मोटरसाइकल, मोबाइल, कुरकुरे, चुरोट, हिरा, महँगा टेलिभिजन, खलौना र तास आयातमा असार मसान्तसम्मको पूर्ण प्रतिबन्धले विदेशी सञ्चिती सुधारमा सहयोग पुर्‍याएको भन्दै मन्त्रालयले राजपत्रमा सूचना निकालेर असार ३१ मा भदौं १४ गते (­­४४ दिन) सम्मका लागि प्रतिबन्ध थप गरेको थियो ।

दशैंको मुखैसम्मै सरकारले प्रतिबन्धलाई निरन्तरता दिएको भन्दै व्यवसायीहरुले भने आपत्ति जनाएका थिए । दोस्रो पटक थप गरिएको प्रतिबन्ध फुकुवाका लागि व्यवसायीले चर्को लविङ गरिरहे पनि अर्थ, प्रधानमन्त्री कार्यालय र राष्ट्र बैंकसँगको छलफलमा प्रतिबन्ध हालकै अवस्थामा याथावत राख्नु पर्ने विषयमा एक मत भएको मन्त्रालयको ठहर छ । ‘प्रतिबन्धले सकारात्मक नतिजा दिएको तथ्याङहरुले बोलेका छन् । यसलाई निरन्तरता दिनेमा एक मत देखिन्छ,’ स्रोतले भन्यो ।

नेपाल राष्ट्र बैंककाअनुसार बिलासी वस्तुमा आयात प्रतिबन्ध पछिको दुई महिनामै विदेशी विनिमय सञ्चितिमा उल्लेख्य सुधार आएको छ । प्रतिबन्ध अघि वैशाखमा वैशाखमा ९ अर्ब २८ करोड डलर ढुकुटीमा सञ्चिति रहेकामा असार मसान्तसम्म यस्तो रकम बढेर ९ अर्ब ५४ करोड पुगेको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा आयात समेत घटेपछि वाणिज्य मन्त्रालय प्रतिवन्धले यथावत राख्न थप हौसिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १२.९० प्रतिशत कम हो । गत आवको साउनमा १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो ।

नेपाल राष्ट्र बैंकले पनि अनौपचारिक रुपमा ४७ हार्मोनाइज कोडका ३ सय बढी वस्तुहरु माथिको नगद मार्जिनलाई यथावत राख्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

पुष्प मेलाको चौथो दिन: ३४ हजारले अवलोकन गर्दा एक करोड तीन लाखको कारोबार

पुष्प मेलाको चौथो दिन: ३४ हजारले अवलोकन गर्दा एक करोड तीन लाखको कारोबार

तिहार नजिकिँदै गर्दा माटोका दियो बनाउन व्यस्त कुम्हाल समुदाय (तस्विरहरू)

तिहार नजिकिँदै गर्दा माटोका दियो बनाउन व्यस्त कुम्हाल समुदाय (तस्विरहरू)

माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेसा संकटमा

माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेसा संकटमा

राष्ट्रसेवक सहकारी संस्थाको सम्पत्ति ५७ करोडभन्दा बढी

राष्ट्रसेवक सहकारी संस्थाको सम्पत्ति ५७ करोडभन्दा बढी

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

Next Post
नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुँदै

नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुँदै

सप्तरीको बरहि बिरपुरबाट मिथिला देवघर साइकल यात्रा शुभारम्भ हुने

सप्तरीको बरहि बिरपुरबाट मिथिला देवघर साइकल यात्रा शुभारम्भ हुने

मधेस प्रदेशसभा संसदीय अनुगमन विशेष समितिबाट तिवारीले दिइन् राजीनामा

मधेस प्रदेशसभा संसदीय अनुगमन विशेष समितिबाट तिवारीले दिइन् राजीनामा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .