No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

फेसन : गर्मीयाममा कस्तो पहिरन छनोट गर्ने ?

फेसन : गर्मीयाममा कस्तो पहिरन छनोट गर्ने ?

विश्वका चर्चित सेलिब्रेटीहरु आफ्नो पहिरन र फेसनशैलीका कारण चर्चामा आइरहन्छन् । केही समयअघि मात्रै नेपाली ट्रान्सजेन्डर अञ्जली लामा न्युयोर्क फेसन विकमा सहभागी भएको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा राम्रैसँग छायो ।

कुनै पनि क्षेत्रमा सफल तथा चर्चित व्यक्तिहरुको पहिरन शैलीलाई सर्वसाधारणले अनुकरण गर्ने गर्दछन् । त्यसैले समाजको पहिरन संस्कारलाई सेलिब्रेटीको फेसनशैलीले धेरथोर प्रभावित बनाउँछ ।

फेसन सबैको लागि महत्वपूर्ण कुरा हो । फेसन आफैंमा कला हो । तर यसलाई कतिपयले गलत प्रयोग पनि गरिरहेका छन् । फेसन गर्न खोज्नु राम्रो कुरा भएपनि नजानेरै यसको प्रयोग गर्न खोज्दा भने केही दीर्घकालीन असर पनि पर्न सक्छ । नेपालीहरुको फेसनमा पनि विदेशी फेसनको प्रभाव पर्ने गरेको छ । भनिन्छ, मानिसको व्यक्तित्व उसको फेसन सेन्सबाट पनि छुट्टिने गर्छ ।

गर्मी मौसम सुरु हुँदैछ । यो मौसममा जाडोको तुलनामा बढी फेसनको आवश्यकता पर्छ । साथै, शरीरलाई मौसम सुहाउँदो कपडाको पनि आवश्यकता पर्छ ।

अहिले बजारमा ब्लेजर, क्रब, टिसर्ट र हाफ पाइन्ट बढी चलिरहेको छ । गर्मीको मौसममा महिला पुरुष, दुब्ला मोटा सबैले ब्लेजर लगाउँछन् । तर ब्लेजर किन्दा पातलो खालको किन्नु राम्रो हुन्छ । जुन अहिले चलेको फेसन हो । तर मोटो मान्छेलाई ब्लेजस सुहाउने भएपनि हाफ पाइन्टमा अलिक कठिन हुन्छ ।

महिलाहरुले गर्मीमा वानपिस कपडा पनि लगाउन सक्छन् । वानपिस लगाउने हो भने फ्लोरल खालको लगाउनुपर्छ । फ्लोरल वा नरम खालको कपडा पूरा वा वानपिसमा पनि लगाउन सकिन्छ । यसबाहेक केटीहरुले हाफ पाइन्टको पनि प्रयोग गर्न सक्ने थापाको बुझाइ छ । अहिले चलेको भनेको लुज टिसर्टमा लगाउने हाफ पाइन्ट हो । त्यससँग स्पोर्ट्स सुज लगाउन सकिन्छ । वान पिसमा भने फ्ल्याक क्लिपर लगाउन सकिन्छ ।

केटी मान्छेमा पनि दुब्लो शरीरले वानपिस वा हाफ पाइन्ट लगाउँदा पनि राम्रो देखिने भयो । मोटो मानिसले हाफ पाइन्टभन्दा सफ्ट खालको फ्लोरल पाइन्टको प्रयोग गर्न सक्छन् । पातलो खालको गाउन लगाउन सकिन्छ । यस्तो गर्दा पेट ठूलो छ भने पनि त्यो देखिंदैन । तर मोटो शरीर भएकाहरुले हाफभन्दा पनि पाखुरा राम्रोसँग ढाक्ने खालको लुगा लगाउनु उचित हुन्छ ।

कसरी रोज्ने सुहाउँदो रंग ?

विपना थापा, फेसन कोरियोग्राफर

फेसनमा ख्याल गर्नेहरुले ‘कलर सेन्स’को बारेमा पनि ध्यान दिनु जरुरी हुन्छ । कलर सेन्सको कुरा गर्दा गर्मी समयको लागि उज्यालो वा सेतो रंगको कपडा लगाउनु राम्रो हुन्छ । कालो रंगको कपडाले पोल्ने गर्छ । त्यस्तै, वसन्त ऋतुमा धेरै गर्मी हुने तर यो समयमा फूल धेरै फूल्ने भएकाले फूलजस्तै देखिने रंगहरुको प्रयोग गर्दा राम्रो हुुन्छ । डिजाइनमा सबैभन्दा महत्वपूर्ण भनेको कलर कम्बिनेसन पनि हो । गर्मी मौसमको लागि ओरेन्ज कलरको कपडा राम्रो हुन्छ ।  राम्रो देखिन्छ । हल्का बैजनी रंगको कपडा पनि राम्रो हुन्छ ।

हल्का कालो रंगको ब्लेजरमा सेतो टिसर्ट लगाउँदा सुहाउँदो देखिन्छ । त्यसका लागि निलो जिन्स पाइन्ट वा स्कर्ट लगाउन सकिन्छ । सेतो टिसर्टमुनि कटनको हाफ पाइन्ट पनि राम्रो हुन्छ ।

सामान्यतया उमेरले फेसनलाई खासै असर गर्दैन । तर ३५ वर्ष नाघेका विवाहित महिलाहरुले आफ्नो शरीरलाई मेन्टेन गरेका छैनन् भने त्यस्तो अवस्थामा उनीहरुको फेसनमा केही भिन्नता आउन सक्छ । जस्तो बच्चा जन्माइसकेकी महिलाले हल्का लुज लगाउँदा राम्रो हुन्छ । अहिले पञ्जाबी शैलीको पाइन्ट लगाउन सकिन्छ । माथिपट्टि कुर्ती र पञ्जाबी पाइन्ट लगाउन सकिन्छ ।

(फेसन कोरियोग्राफर तथा आईआईएफटी फेसन स्कुलकी कार्यकारी निर्देशक थापासँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post
नयाँ बानेश्वर क्षेत्रमा झडप

नयाँ बानेश्वर क्षेत्रमा झडप

प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको बैठक स्थगित

एमसीसी विरोधी प्रदर्शनमा झडप

एमसीसी विरोधी प्रदर्शनमा झडप

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...