No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

किन छोरा र छोरीका लागि अलग-अलग खेलौना ?


किन छोरा र छोरीका लागि अलग-अलग खेलौना ?

रितु केही दिनमा आमा बन्नेवाला छिन् । भारत हरियाणमा बस्ने रितु आफ्ना बच्चाको हरेक इच्छा पूर्ति गर्न चाहन्छिन् । र, उनले हुनेवाला बच्चाका लागि एउटा कोठामा खेलौना र आवश्यक सबै सरसामन जुटाइसकेकी छिन् ।

छोरी भएमा गुलाबी रंगको जम्पर सूट र गडिया अनि छोरा भएमा निलो रंगको जम्पर सूट र टेडि बियर ।

किन छोरीलाई गुलाबी रंगको खेलौना र छोरालाई निलो रंगको ? यो प्रश्नमा उनी भन्छिन्, ‘किनभने छोरीलाई गुलाबी रंग मनपर्छ । हामीले पनि त सानोमा गुडिया खेल्यौं । तर, छोराले यस्तो रंग र खेलौना मन पराउँदैनन् ।’

गुगलमा छोरी वा छोराको खेलौना सर्च गर्ने हो भने त्यसमा स्पष्ट रुपमा विविधता देख्न सकिन्छ । गुगलमा छोरीको खेलौनामा मेकअप सेट, किचेन सेट, गुडिया आदि देखिन्छ जो अक्सर गुलाबी रंग हुन्छ । त्यसैगरी छोराको खेलौनामा थरीथरीका गाडी, बिल्डिङ ब्लक र रोबट देखिन्छ ।

तर, तपाईंले सोच्नुभएको छ यस किसिमले छोरा र छोरीको लागि फरक फरक खालको खेलौना कसले तय गरिदिएका हुन् ? कसले छोरीलाई गुलाबी र छोरालाई निलो रंग रोजिदिएका हुन् ?

यस प्रश्नमाथि अगाडि चर्चा गरिनेछ तर त्यसअघि हामीले यो कुरा जान्नुपर्छ कि हामीले किन यस विषयमा चर्चा गरिरहेका छौं ?

खासगरी डेनमार्कको खेलौना बनाउने कम्पनी ‘लेगो’ले घोषणा गरेको छ कि उसले आफ्नो उत्पादन र मार्केटिङबाट लैंगिक असमानता वा जेन्डर स्टीरियोटाइप हटाउनेछ । लेगो कम्पनीले यो निर्णय एक सोध पनि गरेको हो । लेगोको प्रमूख बजार प्रवन्धक जुलिया गोल्डिनले भनेकी छिन्, ‘रचनात्मक खेलले बच्चामा आत्मविश्वास, रचनात्मकता र संचार कौशल बढाउनमा सहयोग गर्छ । तर, हामीले अहिले पनि अनुभव गर्न सक्छौं कि पुरातन रुपमै चलिआएको स्टीरियोटाइप गतिविधिमा छाप लगाइएको छ कि यो एक विशेष लिंगको लागि सही छ । तर, लेगो समूहमा हामी जान्दछौ कि यसलाई सही गर्न हाम्रो भूमिका हुनुपर्छ ।’

शोधको नतिजा के थियो ?

लेगोले एक शोध गर्ने संस्था जीना डेभिस इन्स्टिच्युट अन जेन्डर इन मिडियासँग मिलेर शोध गरेको थियो, जसमा सात मुलुकका सात हजार मान्छेसँग कुराकानी गरिएको थियो । त्यसमध्ये पहिला ६ देखि १४ बर्षका बच्चाका अभिभावकसँग र पछि बच्चासँग पनि कुरा गरिएको थियो । यस सवेक्षणमा अमेरिका, चीन, जापान, पोल्यान्ड, रुस, चेक रिपब्लिक र युकेका अभिभावक र बालबच्चा सामेल गरिएको थियो ।

यस शोधमा के पाइयो भने छोरीको तुलनामा छोराले लिंग भेदको महसुष कम गरेका छन् साथसाथै उनीहरुले अलग अलग किसिमको रचनात्मक खेललाई खुला मनले अपनाएका छन् । छोरीका लागि जुन कुरा खेल्न दिइन्छ त्यो छोराले खेल्न लजाउँछन् । उनीहरु के सोच्छन् भने यस्तो खेलौना खेलियो भन्ने मान्छे हाँस्छन् ।

केटा र केटीको एउटै खेलौना

सुहासिनी पाल खेलौना डिजाइनर हो, जसले ३ सय बढी खेलौना डिजाइन गरिसकेकी छिन् । । उनले लेगोको कदमलाई सकारात्मक र समाजको लागि प्रगतिशिल कदम बताएकी छिन् । सुहासिनी पालका ग्राहक भारतमा मात्र होइन, थाइल्यान्ड, इटली, बेलायत, अमेरिका टर्की र फ्रान्स जस्ता देशमा पनि छ । उनले किन्डर जोय, डिजनी, हेप र छाटा भिम जस्ता ब्रान्डका लागि खेलौना बनाइसकेकी छिन् ।

खेलौना डिजाइनर भएका नाताले उनले आफ्नो खेलौनामा सुनौलो र हरियो रंग प्रयोग गरेका छन्, ताकि यो छोरा अनि छोरी दुबैका लागि सराबरी होस् ।

बजार के भन्छ ?

फनस्कूल खेलौना बनाउने कम्पनी हो । कम्पनीका सिइओ आर जेसवन्त भन्छन् कि भारतको खेलौना बजार नयाँ हो । पुरानो बजार अर्थात यस्तो देश जाहाँ खेलौनाको बजार सदियौदेखि सञ्चालनमा छ । त्यहाँ छोरा र छोरी दुबै एकअर्काको खेलौना मिलेर खेल्छन् ।

यद्यपि फनस्कूल इन्डिया लिमिटेडका सिइओ आर जेसवन्तले बिबिसीसँग भनेका छन्, ‘म यो भन्न सक्दिन कि सबै खेलौना लिंगमा आधारित हुन्छ । पक्कै पनि केही खेलौना केटाहरुको लागि र केही केटीहरुको लागि बनाइएको छ । फूनस्कुलले अहिलेसम्म यस्तो तटस्थ खेलौना बनाउनका लागि कुनै यस्तो कदम उठाएको छैन ।

खेलौनामा फरक के ?

पञ्जाव युनिभर्सिटीमा विमेन स्टडिज विभावका डा. अमीर सुल्ताना भन्छन् कि, ‘तपाईं जब छोरा र छोरीलाई खेलौना दिनुहुन्छ तब छोरीले धेरैजसो गुलाबी रंगको खेलौना र छोराले निलो रंगको खेलौना रुचाउनेछ ।

उनी रंगको सिद्धान्तलाई लिएर यसो भन्छन्, ‘गुलाबी रंग सुन्दरताको प्रतिक हो । निलो रंग आकास र समुन्द्र जोड्ने रंग हो । निलो रंगले असीमितता र बलियो भन्ने संकेत गर्छ ।’

उनी थप्छन्, ‘छोरीको खेलौना हेर्नुभयो भने पित्तृसत्तात्मक सोच देखिन्छ । उनको खेलौनाले पालन पोषण गराउने भूमिकामा देखाइन्छ । उनीहरुको खेलौनामा गुडिया, किचेन सेट, मेकअप सेट देखिन्छ । अर्कोतिर छोराको खेलौना साहसिक खेलसँग सम्बन्धित हुन्छ । जस्तो रोबोट, गाडी, गन, जसले पुरुषको आक्रमकता देखाउँछ ।’ खेलौनाको माध्यामबाट छोरीलाई घर सम्हाल्न, बच्चा सम्हाल्न आदि सिकाइने तर छोरालाई यस्तो नसिकाउने उनी बताउँछन् ।

यस कुरालाई जोड दिदै साक्षी सिंघल भन्छन् कि खेलौना बनाउने कम्पनीले छोरा र छोरीका लागि अलग खेलौना बनाउनुको स्वार्थ भनेको मुनाफा आर्जन गर्नु मात्र हो ।

कतिपय पसल त यस्तो हुन्छ, जहाँ छोरा र छोरीका लागि अलग अलग गरिएको हुन्छ । यदि छोराले गुडिया खेलेमा उनलाई हाँसोको पात्र बनाइन्छ । उनलाई कमजोर भनी औल्याउने गरिन्छ ।

लेगोले जुन सोध गरे, त्यसमा शोधकर्ताले भनेका छन् कि यो जेन्डर स्टीरियोटाइपले बच्चाको रचनात्मक विकासमा असर गर्छ । भविष्यमा गएर उनीहरु त्यही बाटो रोज्छन्, जसले उनीहरुको बाल मनोविज्ञानमा छाप छाडेको थियो ।

साक्षी सिंघल भन्छन् कि खेलौना एक बच्चाको विकासमा अह्म हुन्छ । यदि लैंगिक हिसाबले तटस्थ खेलौना बनाउने हो भने त्यसले बच्चामा भावनात्मक, सामाजिक, नैतिक र संज्ञात्मक विकास गर्न सहयोग गर्नेछ । उनका अनुसार खेलौनाको कुनै रंग हुँदैन, न लिंग नै ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post
एमसीसी पास हुन्छ यो अनुदान हो चीनबाट लिएको ऋण जस्तो हैन – देउवा

एमसीसी पास हुन्छ यो अनुदान हो चीनबाट लिएको ऋण जस्तो हैन – देउवा

प्रधानमन्त्री देउवाले भारतिय प्रधानमन्त्री मोदीलाई दिए बधाई, नेपाललाई कस्तो फाइदा ?

प्रधानमन्त्री देउवाले भारतिय प्रधानमन्त्री मोदीलाई दिए बधाई, नेपाललाई कस्तो फाइदा ?

तालिवान विरुद्ध बिद्रोह शुरु

तालिवान विरुद्ध बिद्रोह शुरु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .