No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश २ सरकारले कमिसनको चक्करमा हतारमा खरिद गरेको बस कवाड बन्दै

प्रदेश २ सरकारले कमिसनको चक्करमा हतारमा खरिद गरेको बस कवाड बन्दै

आवश्यक ऐन कानुनको अभावमा प्रदेश २ सरकारको करौडको सम्पति कवाड बन्दै गएको छ । गत कार्तिकमै ४ करोडको लागतमा खरिद गरिएको ५ वटा बस संचालन नभएर मधेश भवन परिसरमा थल्काईएर राखिएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उदेश्यले प्रदेश सरकारले बस खरिद गरेको थियो । तर बस संचालनको लागि आवश्यक पर्ने ऐन कानुन तथा कार्यविधि नै निर्माण नहुदाँ बस अहिले खुल्ला आकाश मुनि थन्काईएर राखिएको छ । खुल्ला अकाशमुनि राखिएको बसको रङ डिसकलर हुनुको साथै बैट्री, ईन्जिन , टायर खराब हुदै गएको छ ।

बस संचालनका लागि फेरि लाखौ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको एक जानकारले बताए । बस खरिद गरिएपनि चालक, बसको भाडा दर तथा बस संचालनको लागि आवश्यक नीति निर्माणमा भौतिक पुर्वाधार मन्त्रालयले जोड दिन सकेको छैन । तत्कालीन भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बस संचालन सम्बन्धि ऐन कानुन निर्माणको पक्रियामा रहेको भन्दै चाडै संचालन गर्ने बताएका थिए । तर सत्तारुढ पार्टी जनता समाजवादी पार्टीमा विभाजनको अवस्थामा पुग्दा मन्त्री सोनलले राजिनामा दिएपछि अहिले नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले उक्त मन्त्रालयका जिम्मेवारी सम्हालेका छन् । यादव मन्त्री भएको एक महिना भन्दा बढि समय भईसक्दा पनि अहिले सम्म बस संचालनमा कुनै चासो देखाएका छैनन् ।

भौतिक पुर्वाधार मन्त्रालयका सचिव दिपक कुमार दासले भने,‘ अहिले सम्म बस संचालनको कार्यविधि बन्न सकेको छैन, कार्यविधि बनाएर चाडै नै बस संचालन हुन्छ ।’ त्यसैगरि, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले खरिद गरेको ९ वटा वारुण यन्त्रपनि झण्डै ४ महिनादेखि मधेश भवन परिसरको खुल्ला चौरमा थन्काईएर राखिएको छ । बस सँगै राखिएको ती वारुण यन्त्रका पार्टहरुमा खिया लाग्न सुरु भएको छ । तत्कालीन आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश ८ वटै जिल्ला प्रहरी कार्यालयहरुमा एक÷एक वटा र एउटा प्रदेश प्रहरी कार्यालयमा आगलागीबाट हुने जनधनको क्षति न्युनिकरणमा सहयोग गर्न तथा आन्दोलनको ताका प्रदर्शनकारी माथि पानीको फोहरा झार्ने उदेश्यले उक्त वारुण यन्त्र खरिद गरिएको जनाएका थिए ।

कोरोना महामारीको दोस्रो लहरमै खरिद गरिएको ती वारुण यन्त्र संचालन तथा सुरक्षा निकायलाई बुझाउने अझै कार्यविधि बन्न सकेको छैन । यसरी ऐन कानुनको अभावमा खरिद गरिएको करोडौको सम्पति लामो समयदेखि प्रयोगविहीन हुँदा कवाड बन्दै गएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका एक कर्मचारीले भने,‘ मन्त्रीले ऐन कानुन बनाउनुभन्दा समान खरिदमा जोड दिए, आफु मन्त्री पदबाट हटने सुईको पाएकोले कमिशनको चक्करमा मन्त्रीहरुले ऐन कानुनलाई ख्याल नै नगरि समान खरिद गरेर थन्काए ।’

प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सरकारमा सहभागि भएपछि तत्कालीन आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादवले करिव दुई सप्ताह अगाडी राजिनामा दिएका थिए । अहिले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह आन्तरिक मामिला तथा सञ्चार मन्त्री छन् । मन्त्री साहले भने,‘ वारुण यन्त्र मलाई मन्त्रालय सम्हाल्नु भन्दा अघि नै खरिद गरिएको छ । वारुण यन्त्र खरिद गरिएपनि त्यसलाई प्रहरीको जिम्मा लगाउने कार्य विधि बनाइएको छैन । त्यसैले एउटा कार्यविधि बनाएर सुरक्षाकर्मीलाई जिम्मा लगाउने योजना छ ।’ वारुण यन्त्र हस्तान्तरण गर्ने विषयमा सुरक्षा निकायसँग छलफल भईरहेको मन्त्री साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

Next Post
उधारो बाली बन्यो उखु, विस्थापित हुँदै किसान

उधारो बाली बन्यो उखु, विस्थापित हुँदै किसान

धनुषामा सरकारी पिकअप दुर्घटना, एकजनाको मृत्यु, पाँचजना घाइते

धनुषामा सरकारी पिकअप दुर्घटना, एकजनाको मृत्यु, पाँचजना घाइते

धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा भेटियो, ५ जना पक्राउ

महोत्तरीमा पाँच वर्षीय बालकको शव परालमा फेला, हत्याको आशंका, आमाबुबा सम्पर्क विहीन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .