महोत्तरीमा एक पाँच वर्षिय बालकको शव परालले छोपेको अवस्थामा फेला परेको छ ।
जिल्लाको रामगोपालपुर नगरपालिका ६ विशम्भरपुर बस्ने चन्द्र किशोर यादवका छोरा रितेश कुमार यादवको शव फेला परेको हो ।
बालकको शव घरबाट ४० मिटरको दुरीमा रहेको बगैचामा परालको थुप्रोले छोपेको अवस्थामा बिहीबार फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
उनले बालकको मृत्यु शंकास्पद रहेको र घटनाको अनुसन्धान भइरहेको बताए ।
बालकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल जनकपुर पठाएको छ । उनले पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे सत्य तथ्य खुल्ने बताए ।
स्थानीयबासिन्दाले बालकको हत्या भएको बताएका छन् ।
बालकको कान्छी आमा रागनी र बुबा चन्द्र किशोर समेत सम्पर्क विहीन रहेका छन् । हराएका छोरा खोज्न भन्दै एका दुबैजना बेपत्ता रहेको स्थानीयले बताएका छन् ।
चन्द्र किशोरको सात वर्ष पहिले रजनी यादवसंग मागिं विहे भएकोमा पहिलो श्रीमतिबाट दुई छोरा रहेकोमा चन्द्र किशोरले एक वर्ष पहिले रागनी मुखियासंग दोस्रो विहे गरेका थिए ।
यता रागनीसंग विहे भएपछि परिवारमा खटपट हुदै आएकोमा रजनीले दुवै छोरालाई बुवाकै जिम्मा दिई माईत गएकि थिइन् । दुई मध्ये जेठो छोराको शव शंकास्पद अवस्थामा भेटिएपछि स्थानियले आफन्तबाटै हत्या गरिएको आशंका गरेका छन् ।
यता चन्द्र किशोरका अर्का तिन वर्षिय छोरा घरमै हजुर आमासंग रहेका छन् ।