No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उधारो बाली बन्यो उखु, विस्थापित हुँदै किसान

उधारो बाली बन्यो उखु, विस्थापित हुँदै किसान

काठमाडौं । चिनी उद्योगले पैसा नदिएपछि सर्लाहीका ७४ वर्षका गगनदेव राय बुधबार तेस्रो पटक काठमाडौं आएका छन् । उद्योगलाई उखु बेचेको रकम वर्षौदेखि नपाएपछि सरकारलाई खबरदारी गर्न काठमाडौं आएको टोलीमा उनको गाउँका ५ जना छन् ।

सर्लाहीको धनकौलमा उखु खेती गर्ने राय २०७७ पुसको २५ देखि काठमाडौंमा भएको उखु किसानको आन्दोलनमा पनि अग्रपंक्तिमा थिए । रायले धनकौलमै रहेको अन्नपूर्ण चिनी मिलबाट उखु बिक्री बापतको चार लाख रुपैयाँ लिन बाँकी छ ।

मिलबाट पैसा आउला र तिरौंला भन्दै घर खर्च चलाएका रायले ऋण बढेर सात लाख रुपैयाँ पुगिसक्दा पनि उखु बेचेको पैसा पाएका छ्रैनन् । वयोबृद्ध गगनदेव जस्तै पीडित किसान देशभर पाँच हजार भन्दा धेरै रहेको उखु उत्पादक महासंघ नेपालले जनाएको छ ।

भुक्तानी सकसमा ५ हजार किसान

अघिल्लो पटक १० हजार रुपैयाँ ऋण लिएर गगनदेव काठमाडौं आएका थिए । यसपटक पनि गाडीभाडा खोजेर काठमाडौं आएको उनले बताए । बिचौलिया, उद्योगी र सरकारका कारण उखु खेती टाउको दुखाइ बनेको राय बताउँछन् । ‘नगदे बाली भनेर खेती गर्‍यो तर यो टाउको खाने उधारो बन्यो, हामी उखुबाट विस्थापित भइसकेका छौं,’ रायले भने ।

देशभर करिब ६८ हजार हेक्टर जमिनमा उखु खेती हुन्छ भने २५ हजार किसान यो पेशामा संलग्न रहेको सरकारी तथ्यांक छ । तर हरेक वर्ष अधिकांश किसान भुक्तानी नपाउने पीडामा पर्ने गरेको उखु उत्पादक महासंघ नेपालले जनाएको छ ।

‘उखु खेती गरेर भुक्तानी नपाउने किसानको संख्या पाँच हजार हाराहारी हुन्छन् । यो उधारो पेशा भइसकेकाले किसानहरुले दुःख पाएका छन्,’ महासंघका अध्यक्ष कपिलमुनि  मैनालीले भने ।

खेती गरेको पैसा नपाउने समस्याका कारण उखु खेतीबाट सर्लाहीको किसानमा सबैभन्दा धेरै बिचलन आएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए । सर्लाहीमा मात्रै उखु उत्पादन अघिल्लो वर्षको तुलनामा आधा गिरावट आएको उनको भनाइ छ ।

खुम्चीदैं खेती घट्दो उत्पादन

उखु खेतीबाट किसान विस्थापित भएको तथ्यलाई सरकारी आँकाडाले पनि पुष्टी गर्छ । २०७४ सालसम्म बढ्दो क्रममा रहेको उखुको खेती र उत्पादन त्यसपछि ओरालो गतिमा छ ।

आर्थिक वर्ष २०७३/७४ सालमा ३१ हजार ६ सय टन उत्पादन भएको उखु २०७४/७५ मा ३५ हजार ६ सय मेट्रिक टन, २०७५/७६ मा ३४ हजार मेट्रिक टन र २०७७/७८ मा ३३ हजार मेट्रिक टनमा सीमित रहृयो ।

केन्द्रीय तथ्यांक विभागका अनुसार २०७४/७५ सम्म ७८ हजार ६ सय हेक्टरमा हुने उखु खेती त्यसपछि कम क्षेत्रमा मात्र हुँदै आएको छ । २०७४/७५ मा ७८ हजार ६ सय, २०७५/७६ मा ७१ हजार ६ सय र २०७६/७७ मा ६८ हजार ६ सय हेक्टर क्षेत्रफलमा उखु खेती खुम्चिएको छ ।

निर्यातको अवस्थाबाट आयाततर्फ

उखु उत्पादक महासंघ नेपालका अनुसार २०७१ सालसम्म नेपालबाट चिनीजन्य पदार्थ निर्यात हुन्थ्यो । तर, अहिले स्वदेशी माग धान्नका लागि विदेशबाट चिनी आयात गर्नुपरेको छ । गत वर्ष स्वदेशी उत्पादनले नधानेर निजी क्षेत्रका अलावा सरकारलेसमेत ३० हजार मेट्रिक टन चिनी आयात गरेको थियो ।

चालु आर्थिक वर्षमा सोही परिमाण बराबरको चिनी आयातका लागि वाणिज्य मन्त्रालयले तयारी अघि बढाएको छ । देशभरका १२ उद्योगबाट करिब वाषिर्क दुई लाख मेट्रिक टन चिनी उत्पादन हुन्छ जुन कुल खपत भन्दा ५० हजार मेट्रिक टन कम हो । नेपालमा उत्पादन र खेती मासिँदै जाँदा सरकार तथा व्यवसायीले भारत, पाकिस्तान लगायतको मुलुकबाट चिनी आयात बढाएका छन् ।

उद्योगी भन्छन् – सरकारी दोषी

२०७४ सालमा सरकारले लिएको गलत नीतिका कारण उखु खेती र चिनी उद्योग दुवै धरासायी भएको उद्योगीहरुको आरोप छ । नेपाली उद्योगसंग प्रशस्त चिनी मौज्दात रहेको अवस्थामा सरकारले पाकिस्तानबाट ठूलो परिमाणमा चिनी ल्याइदिँदा उद्योग धरासायी भएको चिनी उत्पादक संघले जनाएको छ ।

संघका उपध्यक्ष राजकुमार अग्रवालका अनुसार उद्योगको चिनी नबिक्दा किसानलाई धेरै उद्योगीले सो वर्ष देखि रकम नसकेको र सो रकम हरेक वर्ष थपिंदा किसान र उद्योगी मर्कामा परेका हुन् ।

किसानको भुक्तानी तिर्न सरकारले नसघाउने र अवैध बाटोबाट आएको चिनीसमेत सरकारले नरोक्दा स्वदेशी उद्योग र उत्पादन समेत समस्यामा परेको अग्रवालले बताए । उखु खेती विस्तार र उन्नत बीऊ विकासमा सरकारले कुनै ध्यान नदिएको संघको आरोप छ ।

उखु खेती र किसानको दुर्दशा किन ?

छिमेकी मुलुकहरुको तुलनामा उखु खेती प्रतिस्पर्धी हुन नसक्नु र किसानको हिसाब नमिल्नुले अहिले खेतीप्रति नै वितृष्णा जागेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

उन्नत जातको मल, बिउ, कृषि सेवा र प्राविधिक नहुनु खेतीको प्रमुख दुःख भएको पूर्व उद्योग सचिव चन्द्र घिमिरे बताउँछन् । किसानको लागि बजार नबढ्नु, उचित मूल्य नपाउनु र भुक्तानीमा पनि समस्या भएका कारण किसान खेतीबाट बिस्थापित भएको घिमिरे बताउँछन् ।

‘माटो हो अरु पनि विकल्प हुन्छ, किसानले अवसर पाएनन, उद्योगहरु पनि असफल भए,’ घिमिरेले भने । उद्योगका कारण दुःख पाएका किसानले सहनै नसक्ने अवस्थाका कारण पनि उखु खेतीतर्फको बिर्कषण बढेको उनको बुझाइ छ ।

कृषि अर्थविज्ञ डा. श्रीराम घिमिरे उखुमा उद्योग र किसानबीचको हिसाब नमिल्ने र उन्नत बीऊ अभावले खेतीप्रति निराशा बढेको बताउँछन् ।

उखु बेचेर तुरुन्तै पैसा माग्ने किसान र चिनी बेचेर मात्रै पैसा तिर्छु भन्ने उद्योगीको समस्या हल गर्नु र उन्नत बीऊमा थप तदरुकता देखाउनुु अबको आवश्यकता भएको घिमिरेको भनाइ छ ।

उखु किसान भने उद्योगको नाममा हुने बिचौलिया राजनीति र उद्योगी नै यसको मूख्य कारण भएको मान्छन् । उद्योगी पारदर्शी नहुने, विचौलिया हाबी हुने र सरकारले ध्यान नदिंदा उखु खेती र व्यवसाय धरासायी भएको संघका अध्यक्ष कपिलमुनि मैनाली बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #कृषि#समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

Next Post
धनुषामा सरकारी पिकअप दुर्घटना, एकजनाको मृत्यु, पाँचजना घाइते

धनुषामा सरकारी पिकअप दुर्घटना, एकजनाको मृत्यु, पाँचजना घाइते

धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा भेटियो, ५ जना पक्राउ

महोत्तरीमा पाँच वर्षीय बालकको शव परालमा फेला, हत्याको आशंका, आमाबुबा सम्पर्क विहीन

पोखराबाट नक्कली सुन बेच्ने ७ जना पक्राउ

पोखराबाट नक्कली सुन बेच्ने ७ जना पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .