No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सांसदको प्रश्न-कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय कानुनसम्मत छ ?

सांसदको प्रश्न-कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय कानुनसम्मत छ ?

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले कृषिमा विदेशी लगानी खुला गर्ने सरकारी निर्णयको कानुनी परीक्षण गर्नु पाने धारणा राखेका छन् । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सोमबार भएको छलफलमा बोल्दै सांसदहरुले सरकारले हतासमा कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय गरेको बताए ।

छलफलमा बोल्दै समितिका सभापति रामनारायण बिडारीले कानुनी रुपमा सरकारको निर्णय ठीक भए/नभएको जाँच हुनुपर्ने बताए । लगानी भित्रिने क्षेत्रका सरोबारवालाहरुसँग छलफल नै नगरी सरकारी सुटुक्क लगानी भित्र्याउने निर्णय गर्नु बेठीक भएको उनको भनाइ थियो ।

‘सरकारले कृषिमा सुटुक्क विदेशी लगानी भित्र्याउने निर्णय गर्नु ठीक होइन, सरकारी निर्णयको कानुनी जाँच हुनुपर्छ,’ समिति सभापति बिडारीले भने ।

छलफलमा बोल्दै सांसद राधेश्याम अधिकारीले दुई वर्ष नै नपुगी विदेशी लगानी सम्बन्धि कानुन संसोधन किन गर्नु परेको भन्दै सरकारलाई प्रश्न गरेका थिए । कानुनको स्थायित्व नहुँदा लगानीकर्ताको विश्वास कमजोर हुने भन्दै उनले लगानीमैत्री वातवरण सिर्जना गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

सांसद शान्ति अधिकारीले कृषिमा विदेशी लगानी भित्र्याउँदा स्वदेशी कलकारखाना बन्द हुने भन्दै कृषिमा विदेशी लगानीको निर्णय सरकारले फिर्ता गर्नुपर्ने धारणा राखिन् ।
यसअघि भित्रिएको लगानीको प्रतिफल कस्तो छ भन्ने अध्ययन नगरी सरकारले हतारमा निर्णय गरेको सांसद तुलसा दाहालको भनाइ थियो ।

अध्ययन अनुसन्धान गरेर मात्रै विदेशी लगानी सम्बन्धी नीति बनाउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।

कृषिमा भित्रिने विदेशी लगानी ठूला उद्योगमा मात्रै भएको र ७५ प्रतिशत उत्पादन निर्यात गर्दा २५ प्रतिशतले बजारमा खासै असर नगर्ने सांसद सुमित्रा बिसीले बताइन् ।

सांसदहरुको जिज्ञासाको जवाफमा बोल्दै वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले कृषि विदेशी लगानी सम्बन्धि व्यवस्था यसअघि पनि रहेको र अहिलेको नीतिले स्वदेशी उद्योगमा खासै असर नगर्ने धारणा राखे ।

‘कृषि विदेशी लगानी आउन सक्ने व्यवस्था पहिले पनि थियो, त्यसबेला नगरेको असर अहिले गर्छ भन्नु त्यति मनासिब नहुन सक्छ,’ सचिव डा.अर्यालले भने ।

कृषि सचिव डा. योगेन्द्र बहादुर कार्कीले कृषिमा विदेशी लगानी सम्बन्धी नीति नेपाल सरकारको भएकाले त्यसमा आफूहरुले बिमती राख्न नमिल्ने धारणा राखे ।

यस्तै उद्योग विभागका महानिर्देशक जीवलाल भूसालले कृषिमा विदेशी लगानी सम्बन्धमा उठेका जायज कुराहरु कार्यविधिमार्फत थप गर्न सकिने बताए ।

छलफलमा कृषि उद्यमीको तर्फबाट आफ्ना गुनासो राख्दै नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले कृषि विदेशी नीतिको सरकारी निर्णयले कृषकलाई फाइदा नपुग्ने बताए ।

केही मानिसहरुको निहित स्वार्थकालागि विदेशी लगानी भित्र्याउने निर्णय भएको भन्दै उनले सरकारले उक्त निर्णय तुरुन्तै फिर्ता हुनुपर्ने दाहालको भनाइ थियो ।

आत्मनिर्भरता उन्मुख कृषिका प्राथमिक क्षेत्रमा विदेशी लगानी नचाहिने डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए ।

उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य एवं दुग्ध व्यवसायी अरनिको राजभण्डारीले सरकारी नीतिले स्वदेशी उद्योग व्यवसाय धरासायी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

Next Post
एकैदिन ११ कम्पनीको सेयर कारोबार रोक्का

एकैदिन ११ कम्पनीको सेयर कारोबार रोक्का

हतियार प्रहार गरी घरभित्रै महिलाको हत्या

हतियार प्रहार गरी घरभित्रै महिलाको हत्या

अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको हो : प्रचण्ड

अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको हो : प्रचण्ड

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .