बारा। जिल्लामा ४८ वर्षीया महिलाको हत्या भएको छ । महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो ।
उनको गलामा धारिलो हतियार प्रहार गरी हत्या भएकाे प्रहरीले जनाएकाे छ । आइतबार बेलुकी खाना खाएर घर बाहिर निस्किएका उनका श्रीमानले केहीबेरपछि घर फर्किंदा श्रीमतीलाई मृत अवस्थामा फेला पारेको बताएका छन् ।
कुशवाह परिवारका तीन छोरा र एक छोरी भए पनि उनीहरु अध्ययनको सिलसिलामा जिल्ला बाहिर छन् ।