No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नागरिक एप : प्रयोगमा अनेक प्राविधिक समस्या

नागरिक एप : प्रयोगमा अनेक प्राविधिक समस्या

काठमाडौं । सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्‍यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थपिँदैछन् ।

विभिन्न सरकारी अनलाइन सेवालाई एउटै एपमा समेटिएकाले धेरैले यसलाई रुचाएका पनि छन् । कतिले प्रयोग गरेर हेर्नकै पनि एप डाउनलोड गरेका छन् ।

तर, यो एपको प्रयोगसँगै यसबारे गुनासा बढ्न थालेका छन् । एपमा सुरुमैदेखिनै प्रधानमन्त्रीको फोटोलाई धेरै प्रयोगकर्ताले रुचाएका छैनन् । धेरैले प्रधानमन्त्रीको साटो कुनै राष्ट्रिय विभूति, चिह्न वा सम्पदाको फोटो राख्न सामाजिक सञ्जालमा सुझाव दिएका छन् ।

साइबर सुरक्षा विज्ञहरुले एपका केही सुरक्षाजन्य प्राविधिक पक्षमा सुधार गर्न सुझाव दिएका छन् । यस्तो जानकारी दिनासाथै सरकारले साइबर सुरक्षाजन्य जोखिम ‘प्याच’ गर्ने काम गरेको साइबर सुरक्षा विज्ञ नारायण कोइराला बताउँछन् । नागरिक एप तथ्यांक सुरक्षित राख्ने र नागरिकलाई अनलाइन सेवा र सूचना दिने हिसाव सुरक्षित देखिएको कोइरालाले बताए ।

१० दिनमा एपमा साढे ११ लाख पटक साइबर आक्रमणको प्रयास भएको एक वरिष्ठ साइबर सुरक्षा अधिकारीले बताए । ‘हामीले त एप सार्वजनिक हुनुअघि नै धेरैपटक साइबर सुरक्षाका विभिन्न पक्षबाट यसको परीक्षण गरेका थियौं,’ उनले भने, ‘यो प्रणालीको सर्भरलाई सुस्त गराउने गरी र विभिन्न किसिमको प्रणालीमा अनाधिकृत पहुँच बनाउने गरी भएका साइबर आक्रमणको प्रयास ‘बाइपास’ भएको छ ।’

साइबर सुरक्षा विज्ञका ‘र्‍यान्डम नम्बर’ राखेर पहुँच बनाउन खोज्नेहरु धेरै छन् । सर्भर डाउन गर्न रिक्वेस्ट पठाउने लगायतका प्रयास गरेर सिस्टममाथि आक्रमणको धेरै प्रयास असफल भएको अधिकारीहरु बताउँछन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेश पोखरेल व्यक्तिगत विवरणलाई सुरक्षित राख्ने गरी एपको सिस्टम तयार गरेको बताउँछन् ।

अहिले बढी गुनासो सुरक्षाभन्दा एपमा देखिएका विभिन्न समस्यामा केन्दि्रत छ । एपमा दर्ता हुन र त्यसबाट सूचना पाउने कतिपयले समस्या भोगिरहेको उनले बताए । अहिले करिब १ लाख नगरिकले यो एप प्रयोग गरिहेका छन् । प्रयोगकर्ता बढेकै दरमा गुनासो बढ्दो छ ।

खाता किन खुल्दैन ?

कतिपय प्रयोगकर्ताले एपमा अहिलेसम्म पहुँच नै बनाउन सकेका छैनन् । एपमा विवरण भरेर दर्ता हुन नसक्नुमा विभिन्न प्राविधिक कारण हुनसक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी पोखरेल बताउँछन् ।

आफूले प्रयोग गरेको मोबाइल नम्बर अर्काकै नाममा दर्ता छ भने यस्तो समस्या आउने उनले बताए । सिम निकाल्दा मोबाइल सेवा प्रदायकलाई बुझाएको व्यक्तिगत विवरण र आफूले नागरिक एपमा भरेको विवरण फरक परे सो मोबाइलमा नागरिक एपमा दर्ता भएर सक्रिय हुन सकिँदैन । आफूले प्रयोग गरेको मोबाइल नम्बर अरुको नाममा छ भने प्रक्रिया पुर्‍याएर आफ्नो नाममा ल्याउनुपर्छ ।

नागरिकता, पासपोर्ट र निर्वाचन आयोगको नामावलीको विवरणसँग मोबाइल प्रयोगकर्ताको व्यक्तिगत डिटेल मिल्नैपर्ने गरी एपलाई सुरक्षित राख्न खोजिएको छ । नाम वा विवरण भर्न नमिल्दा पनि खाता नखुल्ने समस्या हुन्छ ।

व्यक्तिगत विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सरकारी परिचयपत्र जारी गर्ने निकायले डिजिटाइज्ड नगरेको अवस्थामा पनि यस्तो समस्या हुन सक्छ ।

कतिपय अवस्थामा जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग, निर्वाचन आयोगको डिजिटल तथ्यांकीय प्रणालीमा राखिएका विवरणमा गल्ती भएको पनि हुन सक्छ । त्यसैले यस्ता अवस्थाको मूल्यांकन गरेर प्रयोगकर्ताले सम्बन्धित निकायमै गएर यसबारे सोधपुछ गर्न सक्छन् ।

गृह मन्त्रालयले नागरिकताको विवरणमा भएको त्रुटि सच्याउन मिल्ने गरी सूचना नै जारी गरिसकेको सूचना प्रविधि केन्द्रका सूचना अधिकारी पोखरेलले बताए । आईओएस (एप्पल)का प्रयोगकर्ताले एप नखुल्ने समस्या भोगिरहेका छन् । विशेष गरी आइफोन ६ सम्मका एपल डिभाइसमा यस्तो समस्या आएको छ ।

यो समस्या हटाउन एप अपडेटमा ढिलाइ भएकाले समाधान नभएको एपका सूचना अधिकारी पोखरेल बताउँछन् ।
 
अरु पनि विविध समस्या

कतिपयको एपमा दर्ता हुन खोज्दा मोबाइलमा ओटीपी कोडसहितको एसएमएस नआएको हुनसक्छ । यस्तो समस्या भने मोबाइल सेवा प्रदायकको प्रणालीमा समस्या आउँदा हुनसक्छ ।

अरु प्राविधिक कारणले पनि कहिलेकाहीँ ढिला हुनपुग्छ । नागरिक एपले ढिला हुँदा हुनसक्ने सुरक्षा जोखिम कम गर्न ५ सेकेन्डमा एउटा मात्रै कोड रिक्वेस्ट गर्न सकिन्छ । एक दिनमा ७ भन्दा बढी पटक यस्तो कोड रिक्वेस्ट गर्न सकिन्न ।

कसैले डिभाइस परिवर्तन गरेर एप खोल्न खाजे पनि नागरिक एपले त्यसलाई बहिस्कार गर्छ । दर्ता गर्दा गरिएको डिभाइसबाटै एप चलाउनुपर्ने गरी सुरक्षात्मक व्यवस्था गरिएको छ । अर्को डिभाइसबाट चलाउने हो भने ओटीपी कोडमार्फत प्रमाणित गर्नुपर्ने सूचना अधिकारी पोखरेलको भनाइ छ ।

पोखरेलका अनुसार विदेशमा रहेका नेपाली नागरिकसँग नेपालको मोबाइल सिम र नेटवर्क नहुने भएकाले स्वतः विदेशबाट यो एपमा पहुँच बनाउन सकिँदैन । अन्य देशमा भएका मोबाइल नम्बर कसको नाममा दर्ता छ भन्ने विवरण सरकारसँग नहुने भएकाले नागरिक एपमा अन्य देशको सिमकार्ड प्रयोग गरेका मोबाइलबाट खाता बन्न सक्दैन । विदेशको मोबाइल नम्बरलाई वैधता दिँदा तथ्यांक चोरिने खतरा हुन्छ ।

देशभित्रै पनि स्मार्ट सेलको सिमबाट एपमा कनेक्ट हुन सकिँदैन । यो मोबाइल सेवा प्रदायक कम्पनीले ग्राहकको डिजिटाइज्ड विवरण नराखेकाले यसको नम्बरबाट नागरिकलाई एपमा जोड्न नसकिएको हो । स्मार्टको प्रणालीमा मोबाइल नम्बर प्रमाणीकरण गर्ने प्रविधि छैन । नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताले मात्र एपमा पहुँच बनाउन सक्ने सूचना अधिकारी पोखरेल बताउँछन् ।

एपमा फोटो अपलोड नहुने समस्या पनि छ । सम्बन्धित व्यक्तिकै पासपोर्ट साइजको फोटो हुनुपर्छ । फोटोमा एकबाहेक अन्य मान्छे देखिए एपले स्वीकार गर्दैन । जेपीईजी र पीएनजी फर्म्याटमा ३ एमबीसम्मको फोटो अपलोड हुन्छ ।

एपमा कतिपयको शैक्षिक विवरण पनि फेला पर्न सकेको छैन । प्रमाणपत्र र बोर्डमा रहेको विवरण नमिल्दा यस्तो हुन्छ । विवरण भर्दा वा बोर्डमा विवरण राख्दा भएको त्रुटिका कारण पनि यस्तो समस्या हुन्छ । सम्बन्धित शैक्षिक बोर्डको प्रणाली चुस्त नरहे पनि यस्तो समस्या पर्छ ।

‘२०५० साल अघिको शैक्षिक विवरण पुरनो फर्म्याटमा रहेकाले त्यसलाई प्रणालीले डिल गर्न नसकेको हुनसक्छ,’ सूचना अधिकारी पोखरेल भन्छन्, ‘त्यसलाई मिलाउन सम्बन्धित निकायमा भनिरहेका छौं ।’

कतिपयको सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषको विवरण एपले देखाइरहेको छैन । प्रणालीले रिड गर्न सक्ने फर्म्याटमा राख्न आग्रह गरिएको पोखरेल बताउँछन् । उनका अनुसार लाइसेन्स र ब्लु बुकको विवरण पनि यसमा राख्न सुझाव आइरहेका छन् ।

कतिपयले एप नचल्ने समस्या भोगिरहेका छन् । चलाइरहँदा आफैं बन्द हुने र पटक-पटक प्रयास गर्दा पनि नखुल्ने समस्या पनि छ । पुरानो भर्सनको एप प्रयोगका कारण यस्तो समस्या आएको प्राविधिकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक#सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

Next Post
कांग्रेसद्वारा संसद विघटनविरुद्ध थप आन्दोलनको घोषणा

कांग्रेसद्वारा संसद विघटनविरुद्ध थप आन्दोलनको घोषणा

चीनबाट अवैधरुपमा भित्र्याइएका ठूलो परिमाण मदिरा बरामद

चीनबाट अवैधरुपमा भित्र्याइएका ठूलो परिमाण मदिरा बरामद

नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु

यूराेपेली मुलुकहरूले किन्दा नपाउने काेराेना भ्याक्सिन भारतले छिमेकी मुलुकहरूलाई अनुदान दिँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .