No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यूराेपेली मुलुकहरूले किन्दा नपाउने काेराेना भ्याक्सिन भारतले छिमेकी मुलुकहरूलाई अनुदान दिँदै

नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु

लन्डन । चीनकाे बुहानबाट सुरू विश्वभर फैलिएकाे काेराेना भाइरसकाे भ्याक्सिन बनाउन अधिकांश देश लागि परेका छन्। साेही क्रममा कोरोना भाइरस महामारीसँग जुधिरहेका युरोपेली मुलुकमा उक्त भाइरसविरुद्धको खोप आपूर्तिमा समस्या देखिएको छ ।

खोप उत्पादक एस्ट्राजेनेकाले कोरोनाविरुद्धको खोप उत्पादनमा समस्या देखिएकाले युरोपेली संघलाई यसअघि वाचा गरेजति मात्रा दिन नसक्ने जनाएको छ । फाइजर–बायोएनटेकले आफूहरूले उत्पादन गरेका खोपको आपूर्ति घटाइरहेका बेला एस्ट्राजेनेकाको यो भनाइले युरोपेली देशहरूमा निराशा छाएको छ ।

नाम गोप्य राख्ने सर्तमा युरोपेली संघ (ईयू) का एक अधिकारीले खोप आपूर्ति ६० प्रतिशत (करिब ३ करोड १० लाख) डोजसम्म घट्न सक्ने जनाएको बीबीसीले उल्लेख गरेको छ । ईयू हेल्थ कमिसनरले उक्त समाचारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोनाविरुद्धको खोप विकास गरेको हो । कम्पनीले आगामी मार्चसम्म ईयूका २७ राष्ट्रलाई ८ करोड डोज उपलब्ध गराउनुपर्ने थियो । अक्सफोर्ड–एस्ट्राजेनेका खोपलाई ईयू औषधि नियामक निकायले प्रयोगका लागि अझै स्वीकृति दिइसकेको छैन ।

सम्भवतः यही महिनाको अन्त्यतिर स्वीकृति पाउने कम्पनीको अपेक्षा छ । अस्ट्रियाले एस्ट्राजेनेका खोप मार्च अन्तिमसम्म २० लाख डोज उपलब्ध गराउने वाचाविपरीत जम्मा ६ लाखमात्र आइपुग्ने र बाँकी १४ लाख अप्रिलमा आपूर्ति गर्न लागिएको जनाएको छ ।

अस्ट्रियाका स्वास्थ्यमन्त्री रुडोल्फ एन्ससोबरले यो पूर्णतया अस्वीकार्य भएको बताएका छन् । यसअघि अमेरिकी कम्पनी फाइजरले आफ्नो उत्पादन क्षमता थप वृद्धि गर्न बेल्जियमस्थित प्रोसेसिङ प्लान्टमा काम भइरहेकाले केही साता आपूर्ति कटौती गरिने जनाएको थियो । ईयूले फाइजरसँग ६० करोड डोज अर्डर गरिसकेको छ ।

त्यसैगरी, जर्मनीको बढी जनघनत्व भएको राज्य नर्थ राइन वेस्टफेलिया र इटालीका केही भागमा खोप अभाव भएपछि अभियान प्रभावित भएको छ । इटाली र पोल्यान्डले खोप आपूर्तिमा कटौती भए कानुनी विकल्प खोजिने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेका खोप प्रयोगमा स्वीकृति दिइने बेला गुनासो गरेको हंगेरीले भने रुसमा निर्मित ‘स्पुतनिक–५’ खोप खरिदको सम्झौता गरेको छ । यद्यपि ‘स्पुतनिक–५’ ले अहिलेसम्म स्वीकृति पाइसकेको छैन ।

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेलले ईयू नेताहरूसँगको टेलिफोन कुराकानीमा खोप वितरणमा ढिलाइ रोक्न सम्भव भएसम्मका उपाय सोचिइरहेको बताएका छन् । युरोपेली आयोग अध्यक्ष उर्सुला भोन डेर लियन र मिसेलले आउँदो ग्रीष्म ऋतुसम्म ईयूको ७० प्रतिशत जनसंख्यालाई खोप दिइसक्ने लक्ष्य राखिएको बताएका छन् ।

यतिखेर बेलायतसहित युरोपेली मुलुक कोरोना भाइरसको नयाँ प्रजातिले प्रभावित छन् । शुक्रबारमात्र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ भाइरस पहिलेको भन्दा निकै खतरनाक भएको बताएका थिए । डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले नयाँ प्रजातिको भाइरस पुरानोभन्दा कम्तीमा पनि ७० प्रतिशत बढी संक्रामक भएको पनि जनाए ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको नयाँ स्वरूप विश्वका ६० भन्दा बढी देशमा पुष्टि भइसकेको छ । नयाँ प्रजाति सुरु भएको ठानिएको बेलायतले हाल खोप वितरण तीव्र पारेको छ । हालसम्म यहाँ फाइजर–बायोएनटेक र अक्सफोर्ड अस्ट्राजेनेका खोपको पहिलो डोज ६० लाख जनाले लिइसकेका छन् ।

तर, फाइजर–बायोएनटेक खोपको दोस्रो डोज धेरै अन्तरमा दिएको यसको कुनै अर्थ नरहने ब्रिटिस मेडिकल एसोसिएसनले चेतावनी दिएको छ । एसोसिएसनका अध्यक्ष डा. चन्द नागपलले पहिलो र दोस्रो खोपको अन्तर धेरै हुँदा प्रभावकारिता घट्ने बताएका हुन् ।

अहिले पहिलो डोज लिएका मानिसले दोस्रो डोजका लागि झन्डै तीन महिनासम्म कुर्नुपर्ने बताइएको छ । इंग्ल्यान्डका चिफ मेडिकल अफिसर प्राध्यापक क्रिस ह्विटीले सकेसम्म उल्लेख्य जनसंख्यालाई समेट्न दोस्रो डोजमा धेरै अन्तर राखिएको बताएका छन् ।

यस्तै भारतले यस्ताे महामारीमा आफ्ना छिमेकी देशहरूलाई अनुदान स्वरूप काेराेनाकाे भ्याक्सीन वितरण गरिरहेकाे छ। भारतकोनियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डिसिजिआई) ले दुईवटा खोपको आपतकालीन प्रयोग अनुमति दिएको हाे।

डिसिजिआईले सिरम इन्स्टिट्युटद्वारा भारतमा उत्पादित एस्ट्रेजेनेको ‘कोभिशिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ नामक खोप आपतकालीन उपयोगका लागि अनुमति दिएको हो।

काेभिशिल्ड खोप ७०.४३ प्रतिशत प्रभावी रहेकाे र दुवै खाेप शतप्रतिशत सुरक्षित रहेको डिसिजिआईले दाबी गरेको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19#world#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Next Post
गोलबजारको निःशुल्क शिबिरमा अप्रेसनको लागि भए ७३ जना छनौट

गोलबजारको निःशुल्क शिबिरमा अप्रेसनको लागि भए ७३ जना छनौट

कोरोना खोप लगाएकाले भने– खोप सुरक्षित छ, सबैले निश्चिन्त भएर लगाउनुस्

कोरोना खोप लगाएकाले भने– खोप सुरक्षित छ, सबैले निश्चिन्त भएर लगाउनुस्

माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन् : ओली

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप : प्रधानमन्त्री ओली

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .