संजय यादव, सिरहा
माघ १३ मंगलबार
सिरहाको गोलबजारमा भएको निःशुलक आँखा शिबिरमा आँखा शल्यक्रियाको लागि ७३ जना बिरामी छनौट भएका छन् । नेत्र ज्याती संघ, सगरमाथा चौधरी आँखा अस्पताल लहान मुख्य आयोजक तथा स्वास्थ्य चौकी गोलबजार स्थानिय आयोजक भई स्वास्थ्य चौकी गोलबजारमा भएको निःशुल्क आँखा तथा कान शिबिरमा २ सय ४१ जनाले जाँच गराएको स्वास्थ्य चौकी गोलबजारका ईञ्चार्ज सत्यनारायण यादवले बताए । ईञ्चार्ज यादवका अनुसार १ सय ९४ जना आँखाको जाँच गराएका छन् भने ४७ जना कानको उपचार गराएका छन् । १ सय ९४ जना आँखाको बिरामी मध्ये ७३ जना आँखा शल्यक्रियाको लागि छनौट भएकाहरुलाई बुधबार १ बजे स्वास्थ्य चौकी गोलबजारबाट सगरमाथा चौधरी आँखा अस्पताल पठाउने ईञ्चार्ज यादवले बताए । स्वास्थ्य चौकी ईञ्चार्ज यादवको बिशेष सकृयतामा निःशुल्क शिबिरमा गा्रमिण भेगका पनि उल्लेख्य बिरामीहरुले जाँच गराएका छन् । । निःशुलक शिबिर ब्यबस्थित तरिकाले सम्पन्न भएको र शिबिरबाट समुदायका गरीब, दलित, बिपन्न परिवारहरुले सेवा लिने अबसर पाएकोमा आफु निक्कै नै खुशी भएको र शिबिरमा खटिनु भएका सम्पूर्णलाई ईञ्चार्ज यादवले धन्यवाद पनि ज्ञापन गरे । आँखा अस्पताल लहानका बिशेषज्ञ डाक्टरहरुद्धारा प्रत्येक मंगलबार बिहान ११ बजे देखि ३ बजे सम्म स्वास्थ्य चौकीमा आँखा जाँच हुँदै आईरहेकोले मौकाको फाईदा उठाउन सबैमा ईञ्चार्ज यादवले अनुरोध पनि गरे । शिबिरको शुभारम्भ गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले गरेको थियो ।