No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आयुर्वेद अनुसार कस्तो खानपानले शरीर निरोगी हुन्छ ?


आयुर्वेद अनुसार कस्तो खानपानले शरीर निरोगी हुन्छ ?

आहार, निन्द्रा वा ब्रम्हाचर्य । यो मानव जीवनको तीन आधार स्तम्भ हो । यसमा आहार एक महत्वपूर्ण स्तम्भ हो । आहार के हो ?

यसको बयान गर्दै महर्षि चरकले भनेका छन्, ‘अन्न–नलीद्वारा जुन पदार्थ आमाशयमा पुग्छ । र, त्यो हाम्रो शरीरमा धातुको पोषण, रक्षण र क्षतिपूर्ति गरेर जीवन–प्रक्रियालाई संयमित राख्छ । त्यही आहार हो ।’

अर्थात आवश्यक पोषण तत्व परिपूर्ति गरेर शरीरको कार्य–सम्पादन गर्नमा सघाउ पु¥याउने नै आहार हो । यसले शरीरलाई उर्जा प्रदान गर्छ ।

आर्युवेदमा भनिएको छ कि, शरीरको निर्माण पोषणयुक्त आहारबाट हुन्छ । अर्थात पोषणले युक्त । अयुक्त आहारले शरीरमा रोग उत्पन्न गर्छ ।

युक्त आहार असलमा मिताहार नै हो । देश, काल, ऋतु, मात्रा, शारीरिक बनावट र मानसिक वृत्तिको ध्यानमा राखेर युक्तिपूर्वक आहार ग्रहण गर्नुपर्छ । यसले शरीरको दोष, अग्नि र धातुलाई समान अवस्थामा राख्छ । मल निष्कासनको प्रक्रिया ठीक प्रकारले हुन्छ । साथै मन वा इन्द्रिय प्रशन्न रहन्छ ।

हठयोगमा आहारको वयान गरिएको छ ।

भोजन मिठो र सुपाच्य हुनुपर्छ । त्यस्तो भोजन भगवानलाई समर्पित गरेर आमाशयको एक तिहाइ भाग पूर्ण गर्नका लागि खानु पर्छ । आमाशयको एक चौथाई भाग पाचन क्रियाका लागि वायुका लागि खाली छाडिदिनुपर्छ ।

अतः जतिसुकै भोक लागेपनि भोक लागेको भन्दा केहि थोरै खानेकुरा खानुलाई मिताहार भोजन भनिन्छ ।

आहार पौष्टिक, स्वादिलो हुनुपर्छ । सकेसम्म गाईको दुधले बनेको भोजन ठिक हुन्छ । साथै त्यसबाट धातुलाई पोषण र मनलाई खुसी प्राप्त हुनुपर्छ । भोजन केवल भोक मेटाउने वा पेट भर्ने साधन होइन ।

भोजनले शरीरको सात धातु (रस, रक्त, मासु, हड्डी, मज्जा वा शुक्र) बनाउँछ । इन्द्रियलाई उर्जा दिन्छ । भोजनले शरीरको विकास गर्ने र त्यसलाई निरोगी बनाउने काम गर्छ । त्यसैले भोजन गर्नुअघि त्यसको सही चयन गर्न सक्नुपर्छ । अर्थात त्यसमा आवश्यक तत्व, कार्बोहाइड्रेट, बोसो, प्रोटिन, भिटामिन, खनिज, लवण र जल हुनुपर्छ ।

भोजन गर्दा हतारमा वा छिटोछिटो गर्नु हुँदैन । भोजन बिस्तारै–बिस्तारै, प्रेमपूर्वक वा शुद्ध भावले गर्नुपर्छ । अक्सर हामी हतारमा चपाएर निल्छौ । यसो गर्दा मुखबाट निस्कने ¥याल खानामा सही ढंगले घुलमिल हुन पाउँदैन । त्यस्तो भोजन पेटमा पुगेपछि पाचन प्रणालीलाई बोझ हुन्छ । यसले आन्द्रालाई कमजोर बनाउँछ ।

दाँतले पनि राम्ररी आफ्नो काम गर्न पाउँदैन, त्यसैले त्यो पनि कमजोर हुन्छ ।

खाना राम्ररी चपाएर खानुपर्छ, जसले गर्दा त्यसमा रहेको पौष्टिक तत्व हाम्रो शरीरमा राम्ररी प्राप्त हुन सकोस् । त्यसैले के भनिन्छ भने, भोजनलाई त्यसबेलासम्म निल्नु हुँदैन, जबसम्म त्यो पिसिएर रसदार हुँदैन ।

यसै प्रकारले पेय पदार्थ पनि मुखमा राखेर पिउनुपर्छ । भोजन गरेको समयमा चिसो पानी पिउनु हुँदैन । भोजन गर्नुभन्दा आधा घण्टा अघि वा आधा घण्टा पछि मात्र पानी पिउनुपर्छ ।

जिब्रोको दुई वटा काम छ । पहिलो स्वाद लिने, दोस्रो बोल्ने ।

यदि यी दुबै कामलाई आफ्नो अधिनमा लिन सकेमा मानिस स्वस्थ्य र सुखी रहन्छ । स्वादका लागि जस्तोपायो त्यस्तै खानेकुरा सेवन गर्दा रोगी हुन्छ । साथै जे पायो त्यही बोल्दा दुख वा सत्रुको सामना गर्नुपर्छ । यी दुबैमा नियन्त्रण गर्नुपर्छ ।

अक्सर के हुन्छ भने हामी स्वादिष्ठ खानेकुरामा लोभिन्छौ र जिब्रोको निर्देशन मानेर जे पनि खान्छौ । कति मान्छे त दिनहुँ समोसा, पकौडा, चाट, तारेको खानेकुरा सेवन गर्छन् । पिरो, अमिलो वा मसेलदार खानामा लोभिन्छन् । उनीहरु जिब्रोलाई महत्व दिन्छन् । यसले स्वास्थ्यलाई खराब गर्छ ।

यसैले खानुअघि बुद्धिको प्रयोग गर्नुपर्छ । खाना अगाडि आएपछि यो सोचौं कि, उक्त खाना शरीरमा गएपछि त्यसले असर त गर्र्दैन ?

यस्तो खानेकुरा सेवन गरौ, जो स्वास्थ्यवद्र्धक होस् । खानपानमा नियन्त्रण गरौ ।

व्यक्ति प्रकृतिसँग जति नजिक हुन्छ, उतिनै बढी स्वस्थ हुन्छ । अहिले रोगको कारण नै मानिसहरु प्रकृतिबाट टाढा हुनु हो । फलस्वरुप प्रकृतिबाट मिल्ने स्वभाविक उर्जा शरीरले पाएको छैन । जबकी सम्पूर्ण प्रकृति हामीलाई स्वस्थ्य बनाइराख्नका लागि प्रयासरत हुन्छ । त्यसैले प्राकृतिक खाद्य पदार्थ जस्तो कि, अन्न, फल आदिमा धेरै निर्भर हुनुपर्छ ।

ऋतु अनुसार मिल्ने सब्जी, फल स्वास्थ्यमैत्री हुन्छ । जबकी कोल्ड स्टोरमा राखिएको खानेकुरामा पोषक तत्व हुँदैन ।

खानेकुरामा सबै किसिमको पोषण तत्व हुनुपर्छ । साथै त्यसमा सबैखाले रंग पनि हुन आवश्यक छ । खाना सेवन गर्दा हातले गर्नु राम्रो हो । यो हाम्रो परम्परा पनि हो । हातले खाना सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्ने वैज्ञानिक तथ्य नै छ ।

खाना खाने क्रममा हामी अरु काम गरिरहेका हुन्छौ । र, ठान्छौ खाना खाने समय वर्वाद भएन । तर, यो एकदमै बेठिक हो । खाना खाएको बेला अन्यत्र ध्यान दिनु वा अन्य काम गर्नु ठिक होइन । खाना सेवन गरिरहँदा सम्पूर्ण ध्यान खानामा हुनुपर्छ ।

खाना खएको बेला हामीमा खानाप्रति शुद्ध भाव हुनुपर्छ । खाना शरीरमा गएपछि उर्जाको रुपमा खर्च भएको तत्व परिपूर्ति गर्छ, रोगबाट लड्छ, बल–बुद्धि आरोग्य वा सुन्दरता दिन्छ । अतः भावको अभावमा भोजनले शरीरमा राम्रो प्रभाव पार्दैन ।

खाना खाएको समय ठिक ढंगले बसेर, शान्त मनले खानामै केन्द्रित भएर खानुपर्छ ।

खाना खाएको समय हतारमा, रिस, आवेगमा हुनु हुँदैन ।

सामान्यत हामी दिनमा दुई पटक भरपेट खाना खान्छौ, जसले दुई पटक मल अर्थात दिसा बन्छ । तर, हामी एक पटक मात्र खासगरी बिहानको समयमा दिसा उत्सर्जन गर्छौ । र, एक समय मल आन्द्रामै रहन्छ । यसले कब्जियत, ग्याष्ट्रिक, भारिपन, आलस्य, रक्त विकार, छाला रोग आदि हुन्छ । त्यसैले दुई पटक खाना खान भएपछि बिहान र साँझ दुई पटक शौचालय आवश्य जानुपर्छ ।

हाम्रो शरीरमा वात, पित्त र कप यी तीन दोष अनिवार्य उपस्थित हुन्छ । यी दोष विकृत भएपछि शरीरमा अनेक प्रकारको रोग लाग्छ । शरीर जुन प्रकृतिको हुन्छ, शरीरमा जस्तो विकार हुन्छ, त्यसलाई ध्यानमा राखेर भोजन गर्नुपर्छ ।

भोजन दुई प्रकारको हुन्छ, पथ्य र अपथ्य । जुन भोजन शरीरलाई स्वस्थ्य बनाइराख्छ, बल, बुद्धि, दीर्घायु दिन्छ, त्यो पथ्य हो ।

जो भोजन शरीरमा रोग उत्पन्न गर्छ त्यो अपथ्य हो ।

पथ्य–अपथ्यको जानकारी नहुँदा हामी यस्तो भोजन गर्छौ, जुन गर्न नहुने थियो ।

गीतामा गुण-भेदको दृष्टिबाट आहारको तीन प्रकारको हुने भनिएको छ । सात्विक, राजसी, तामसिक । सात्विक आहारले आयु, बुद्धि, बल, आरोग्य, सुख र प्रेम बढ्छ । राजसी आहार लवणयुक्त, अधिक तातो, जलन पैदा गर्ने, रुखो हुन्छ । तामसिक आहार जो अधकल्चो, रसहीन, दुर्गन्धित, बासी र अपवित्र हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post
साझा यातायात कजाउने सरकारी नीति

साझा यातायात कजाउने सरकारी नीति

धमाधम ब्याजदर सार्वजनिक गर्दै बैंकहरु, कुनको कति ?

धमाधम ब्याजदर सार्वजनिक गर्दै बैंकहरु, कुनको कति ?

अस्ट्रेलियामा बढ्दै नेपालको राजावादी रुझान

अस्ट्रेलियामा बढ्दै नेपालको राजावादी रुझान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .