No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धमाधम ब्याजदर सार्वजनिक गर्दै बैंकहरु, कुनको कति ?

धमाधम ब्याजदर सार्वजनिक गर्दै बैंकहरु, कुनको कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तथा कर्जाको ब्याजदर धमाधम सार्वजनिक गरेका छन् । बुधबारमात्रै एक दर्जन हाराहारीमा बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिने तथा आफूले दिने दुबै प्रकारका ब्याजदरहरु सार्वजनिक गरेका छन् ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा अधिक तरलता रहेको कारण कर्जा तथा निक्षेपको ब्याजदर घटेको छ । कर्जाको ब्याजदर घटेका कारण बैंकहरुले निक्षेपको ब्याजदर पनि अत्यन्तै कम दिन थालेका छन् । बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार साधारण निक्षेपमा २ प्रतिशतभन्दा तलसम्म ब्याजदर देखिएको छ । कल निक्षेपमा भने १ प्रतिशत हाराहारीमा ब्याजदर बैंकहरुले तोकेका छन् ।

मुद्धति निक्षेपमा अत्यन्तै कम ब्याजदर देखिएको छ । कर्जाको ब्याजदर पनि बैंकहरुले आफ्नो बेस रेट अनुसार २ देखि ५ प्रतिशतसम्म अतिरिक्त जोडेर लिने गरेका छन् ।

कमर्सियल बैंकहरु

बुधबार ब्याजदर सार्वजनिक गरेको लक्ष्मी बैंकले कर्जामा बेस रेटमा ५ प्रतिशतसम्म प्रिमियम जोडेल लिने बताएको छ । बैंकले सूचनामा जनाए अनुसार यो बैंकको बेस रेट ७.७४ प्रतिशत रहेको छ । यसरी हेर्दा लक्ष्मीको कर्जाको ब्याजदर १२.७४ प्रतिशतसम्म हुनेछ ।

निक्षेपतर्फ भने बैंकले साधारण निक्षेपमा २ प्रतिशत, जनरल निक्षेपमा ३ प्रतिशत दिने उल्लेख गरेको छ । कल निक्षेपमा एक प्रतिशतसम्म ब्याजदर तोकेको लक्ष्मीले मुद्दति निक्षेपमा ७ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ ।

अर्को सनराइज बैंकले साधारण निक्षेपमा २ प्रतिशतदेखि मुद्दति निक्षेपमा ७ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । घर कर्जामा १०.५० देखि ११.५० प्रतिशतसम्म ब्याजदर लिने उल्लेख गरेको सनराइज बैंकले समग्रमा बेस रेटमा ६ प्रतिशतसम्म पि्रमियम जोडेर कर्जाको ब्याजदर लिने उल्लेख गरेको छ । यो बैंकको बेस रेट मंसिर मसान्तसम्म ७.२४ प्रतिशत रहेको छ ।

यसैगरी स्टठाण्डर्ड चार्टड बैंकले निक्षेपमा २ प्रतिशतदेखि ६ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । बैंकले कर्जा तर्फ भने बेस रेटमा २ प्रतिशतदेखि ७ प्रतिशतसम्म प्रिमियम जोडेर ब्इाजदर लिने उल्लेख गरेको छ । स्टाण्डर्ड चार्टर्ड बैंकको बेस रेट ६.६१ प्रतिशतमात्रै रहेको छ ।

एभरेष्ट बैंकले निक्षेपमा २ प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ । कर्जातर्फ एभरेष्ट बैंकले बेस रेटमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म पि्रमियम जोडेर दिने उल्लेख गरेको छ । एभरेष्टको मंसिर समान्तसम्म बेस रेट ६.५० प्रतिशत रहेको छ ।

बिहीबार बैंक अफ काठमाण्डूले पनि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सूचना अनुसार साभारण निक्षेपमा २ प्रतिशतदेखि मुद्दति निक्षेपमा ७ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । कर्जातर्फ भने बैंक अफ काठमाण्डूले बेस रेटमा ५ प्रतिशतसम्म पि्रमियम जोडेर लिने बताएको छ । यस बैंकको मंसिर मसान्तसम्म ७.६७ प्रतिशत रहेको छ ।

यस अघि नै नेपाल एसबीआई बैंकले निक्षेपमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्ममात्रै ब्याजदर दिने सूचना सार्वजनिक गरेको थियो । यस बैंकले कर्जामा भने बेस रेटमा अधिकतम् ५ प्रतिशतसम्म जोडेर ब्याजदर लिने बताएको छ । नेपाल एसबीआईको बेस रेट ७.९३ रहेको छ । यद्यपि अवधिअनुसार केही कर्जाहरुमा १४.५० प्रतिशतसम्म यस बैंकले ब्याजदर लिने बताएको छ ।

विकास बैंक तथा फाइनान्स कम्पनी

बुधबार नै केहि विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि आफ्नो ब्याजदर सार्वजनिक गरेका छन् । जसमा मुक्तिनाथ विकास बैंकले साधारण निक्षेपमा १.५० देखि ३ प्रतिशतसम्म र मुद्दति निक्षेपमा अधिकतम् ८ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ । कर्जामा भने बैंकले बेस रेटमा २ देखि ५.५० प्रतिशतसम्म पि्रमियम जोडेर लिने उल्लेख गरेको छ । मुक्तिनाथको बेस रेट ८.७१ प्रतिशत रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले निक्षेपमा ३.५ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । कर्जातर्फ भने यस बैंकले आफ्नो बेस रेटमा ५ प्रतिशतसम्म पि्रमियम जोडेर लिने उल्लेख गरेको छ । सांगि्रलाको बेस रेट ८.८७ प्रतिशत रहेको छ ।

ज्योति विकास बैंकले मुद्दति निक्षेपमा ८ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । कर्जातर्फ भने यस बैंकले बेस रेडमा ५ प्रतिशतसम्म पि्रमियम जोडेर लिने बताएको छ । माइक्रोफाइनान्स कर्जामा भने ७ प्रतिशतसम्म जोडेर लिने उल्लेख गरेको ज्योतिको बेस रेट ९.८६ प्रतिशत रहेको छ ।

सेन्ट्रल फाइनान्सले निक्षेपमा १.५० देखि मुद्दति निक्षेपमा ८.२५ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । कर्जा तर्फ भने यस फाइनान्सले बेस रेटमा ५ प्रतिशतसम्म जोडेर लिने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

Next Post
अस्ट्रेलियामा बढ्दै नेपालको राजावादी रुझान

अस्ट्रेलियामा बढ्दै नेपालको राजावादी रुझान

ओलीले कम्युनिष्ट आन्दोलन त्यागेको खबर सुन्न बेर छैन : माधव नेपाल

केपी ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने भयो : माधव नेपाल

धर्मेन्द्रको पक्राउविरुद्ध विप्लव समूहद्वारा आन्दोलन घोषणा

धर्मेन्द्रको पक्राउविरुद्ध विप्लव समूहद्वारा आन्दोलन घोषणा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .