No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तराईमा चिसोले जनजीवन प्रभावित


तराईमा चिसोले जनजीवन प्रभावित

वीरगञ्ज । मध्य तराईमा केही दिनयता राम्रोसँग घाम लागेको छैन । चिसो हावा चलिरहेको छ । जसका कारण बारा, पर्सा लगायत मध्य तराईका जिल्लामा अत्यधिक चिसो बढेको छ ।

चिसोका कारण कमै मानिस घर बाहिर निस्किरहेका छन् । विशेषगरी बालबालिका र वृद्धवृद्धाहरु चिसोबाट बढी प्रभावित छन् । बाहिर श्रम गर्ने श्रमिकहरुलाई पनि चिसोले बढी प्रभाव पारेको छ । विशेषगरी रिक्सा ठेला चलाउने, निर्माणको काम गर्ने मजदुरलाई गाह्रो भइरहेको छ ।

वीरगञ्ज- २४ रामगढवाका परमा प्रसाद यादव दुई दिनदेखि निकै चिसो बढेको बताउँछन् । बिहानै दूध बेच्न साइकल चढेर बजार निस्कने उनी साइकल चलाउनै कठिन भइरहेको सुनाउँछन् । ‘सबैले बिहानै दूध खोज्छन्, समयमा पुगेन भने रिसाउँछन्,’ उनले भने, ‘चिसोमा बाहिर निस्कनै मन लाग्दैन, दिनहुँ नदिए फेरि ग्राहक पनि छुट्छन् ।’

तराई मधेसमा न्यानो कपडाको अभावमा चिसोले कठ्यांग्रिएर बर्सेनि गरीब, विपन्न, सिमान्तकृत समुदायका मानिसको मृत्यु हुने गरेको छ । गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने ज्ञान नहुँदा बर्सेनी सर्वसाधारणको ज्यान जाने गरेको कतिपयको बुझाइ छ । चिसोबाट बच्न मानिसहरु ठाउँ-ठाउँमा आगो तापेर बसिरहेको देख्न सकिन्छ ।

शनिबार र आइतबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको वीरगञ्ज रानीघाटस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरस्थित अटोमेटिक वेदर स्टेशनका अवजर्भर कामेश्वर राउतले बताए ।

आइतबार बिहान न्युनतम तापक्रम ५ डिग्री मापन गरिएको छ । शनिबार न्युनतम ७ डिग्री र अधिकतम तापक्रम १७.५६ डिग्री सेल्सियस मात्रै थियो । वेदर स्टेशनमा बिहान ८ः४५ बजेको न्युनतम र बेलुका ५ः४५ बजे अधिकतम तापक्रम रेकर्ड राख्ने गरिएको छ ।

चिसो प्रभावितलाई सहयोग गर्न पूर्वतयारी बैठक

चिसो बढेसँगै पर्सा जिल्लामा आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी शुरु गरिएको छ । पुस २ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा जिल्लाका विभिन्न स्थानमा मौसम परिवर्तनसँगै शीतलहर, जाडो लगायतबाट आउने विपदको हालको अवस्था एवं विपदबाट पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्नेबारे छलफल भएको छ ।

बैठकले, चालु आर्थिक वर्ष ०७७/७८ का लागि तयार गरिएको शितलहर पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अनुमोदन गर्नुको साथै भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न तोकिएको जिम्मेवारी आपसी समन्वयमा गर्ने निर्णय समेत गरेको छ ।

बैठकले प्रभावित क्षेत्र, गाउँ, टोलको गरिब तथा विपन्न परिवारहरुको पहिचान गर्ने, राहत तथा उद्धारको लागि आवश्यक पर्ने इन्धन, दाउरा, न्यानो कपडा कम्बल लगायतका आवश्यक सामाग्रीको भण्डारण गर्ने, विपदको समयमा तुरुन्त प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा रहन, सबै स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, उद्योग वाणिज्य संघ, सरकारी तथा गैह्रसरकारी संघ संस्थाहरुलाई निर्देशन दिएको छ ।

स्थानीय तह र डिभिजन वन कार्यालयले आवश्यक दाउराको व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा आवश्यक पर्ने सामाग्री जनशक्तिको व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सँगसँगै विपद् सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न, स्थानीय तह, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै विपद पूर्व तथा विपद पश्चात स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न आवश्यक पर्ने औषधि, एम्बुलेन्स, आवश्यक चिकित्सकको व्यवस्था गर्ने, न्यानो रहनको लागि आगोको प्रयोग गर्दा आगलागी तथा निसास्सिने समस्याबाट बच्न चेतनामूलक तथा सन्देशमूलक सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

कृषि बाली, पशुपंक्षीको क्षतिलाई न्यूनीकरण गर्न आवश्यक औषधोपचार तथा यसबाट बच्ने र बचाउने उपायका सम्बन्धमा सन्देशमूलक सूचना प्रचार प्रसार गराउने र शीतलहरबाट अन्नबाली, पशुपंक्षीको क्षति भएमा कृषकहरुलाई मल, बीउ, पशुपंक्षी उपचार तथा प्राविधिक सहयोग उपलब्ध गराउने, कुहिरो तथा हुस्सु लागेको समयमा सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले शीत लहर तथा चिसोबाट बच्न विद्यार्थीहरुलाई चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

चिसो प्रभावितलाई सहयोग गर्न ४४ लाख बजेट

पर्सामा १८ हजारभन्दा बढी विपन्न नागरिक रहेको अनुमानित तथ्यांक रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । जिल्लामा शितलहर तथा चिसोजन्य विपद्बाट प्रभावित हुन सक्ने संकटापन्न व्यक्तिहरु तथा परिवारका लागि यस आर्थिक वर्षका जिल्ला विपद व्यवस्थापन समितिसँग ४४ लाख बजेट छ ।

संघीय सरकारबाट १५ लाख, आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं २, जनकपुरबाट १० लाख, स्थानीय तहहरुबाट १९ लाख प्राप्त भएको हो ।

उक्त रकमबाट जिल्लाका ७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकहरुलाई एक/एक थान टोपी, बडी वार्मर र कम्बल उपलब्ध गराउने निर्णय भएको छ ।

जाडोको समय सुरु भइसकेकाले खरिद प्रकृया सम्बन्धी संक्षिप्त कार्यविधि अवलम्बन गरी खरिद प्रकृया अगाडि बढाउनुको साथै निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

‘चार हजार न्यानो टोपी खरिद गर्ने, ७ सय थान कम्बल गरी प्रतिव्यक्ति १२-१५ सयसम्मको सहयोग गर्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘तर बजारमा हामीले खोजेको जस्तो गुणस्तरीय सामाग्रीको नमुना पाइरहेका छैनौं । तैपनि एकसाता भित्र समान खरिद गरिसक्ने गरी काम भइरहेको छ ।’

न्यानो कपडाको नमूना छनौटको लागि सहायक प्रजिअ पौडेलको सयोजकत्वमा नमूना छनौट समितिसमेत गठन गरिएको उनले बताए ।

जिल्लास्थित स्थानीय तहहरुले आ-आफ्ना स्थानीय तहहरुमा न्यानो कपडा प्राप्त गर्न नसकेका विपन्न नागरिकहरुलाई दोहोरो नपर्ने गरी स्थानीय विपद् व्यवस्थापन कोषबाट न्यानो कपडा उपलब्ध गराउने व्यवस्था मिलाउने, डिभिजन वन कार्यालय पर्साले स्थानीय तहसँग समन्वय गरी चिसोबाट बढी प्रभावित बस्तीहरु पहिचान गरी ती बस्तीहरुमा सामूहिक रुपमा तातोको व्यवस्था गर्न सार्वजनिक स्थल, चोक वा टोलको केन्द्रमा आगो बाल्न निःशुल्क दाउरा उपलब्ध गराउने, नारायणी अस्पतालले चिसोबाट प्रभावित विपन्न, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा बालबालिकाहरुको सम्बन्धित स्थानीय तहको विपन्नताको सिफारिसको आधारमा निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णयसमेत बैठकले गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

स्वास्थ्य संस्थाहरुमा चिसोका विरामीहरुको चाप

चिसोले गर्दा मानिसहरु बिरामी परिरहेका छन् । विशेष गरी कोल्ड डायरिया, दम र खोकीले मानिसहरुलाई सताउन थालेको चिकित्सकहरु बताउँछन् ।

वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा खासगरी जिल्लाको ग्रामीण भेगबाट बालबालिका तथा वृद्धवृद्धाहरु बढी बिरामी भई अस्पताल भर्ना हुन थालेका छन् ।

नारायणी उपक्षेत्रीय अस्पतालमा चिसोका विरामी २५/३० प्रतिशतको हाराहारीमा अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

ओपीडिमा संख्यात्मक रुपमा विरामीको संख्या घटेको भएपनि चिसोका विरामी बढी रहेको उनको भनाइ छ । ‘चिसोमा विरामीको संख्या कम हुन्छ । तर चिसोकै कारण विभिन्न स्वास्थ्य समस्या देखिन्छ,’ उनले भने, ‘वृद्ध उमेरका मानिसहरुमा दम, भाइरल फिभर, कोल्ड डायरियाका विरामी बढेका छन् ।’

चर्म रोग विशेषज्ञ समेत रहेका डा चौरसियाका अनुसार अस्पतालमा चिसोका कारण छालामा उत्पन्न हुने विभिन्न समस्या लिएर पनि विरामीहरु आउन थालेका छन् ।

त्यसैगरि वीरगञ्जमा रहेका अन्य निजी स्वास्थ्य संस्थामा चिसोका कारण हुने विभिन्न संक्रमणका बिरामीहरु बढेका छन् । ग्याष्ट्रो एन्ड लिभर क्लिनिकका सञ्चालक डाक्टर राकेश कुमार झा चिसोका कारण रुघाखोकी, झाडापखाला, दम लगायत विभिन्नखाले स्वास्थ्य समस्या लिएर विरामीहरु आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
कमिसन घटाउन माग गर्दै पठाओ राइडरहरू आन्दोलनको तयारीमा

कमिसन घटाउन माग गर्दै पठाओ राइडरहरू आन्दोलनको तयारीमा

महालक्ष्मी बैंकको अनियमितता प्रकरणमा कर्मचारीकै मिलेमतो !

महालक्ष्मी बैंकको अनियमितता प्रकरणमा कर्मचारीकै मिलेमतो !

IP टिभीमार्फत एपबाट हुने प्रसारण रोक्न माग गर्दै सर्बोच्चमा रिट

IP टिभीमार्फत एपबाट हुने प्रसारण रोक्न माग गर्दै सर्बोच्चमा रिट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...