No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे


निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

काठमाडौं। दूग्धजन्य बस्तुको उत्पादन र बजारीकरणमा निजी क्षेत्रको आक्रमक प्रवेशले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डीडीसी)लाई आफ्नो अस्तित्व जोगाउन हम्मे परेको छ।

निजी क्षेत्रको प्रवेशले डीडीडी अस्तव्यस्त भएपनि देशलाई दुधमा आत्मनिर्भर बनाउन र आफ्नो अस्तित्व जोगाउन प्रयासरत रहेको सम्बन्धित निकायका अधिकारीहरुको भनाइ छ।

किसानका उत्पादन सङकलन गरी बजारीकरण गर्न व्यापक प्रतिस्पर्धा भइरहेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीतिले डीडीसी खुम्चिने हो कि भन्ने चिन्ता थपिएको दुग्ध विकास संस्था लैनचौरका प्रवक्ता निलकण्ठ गौतको भनाइ छ। उनले बजार एउटै भएकाले आफ्ना उत्पादन बजारमा खपत गराउन नसकेको स्वीकारे।

उनले भने,  ‘प्लेटफर्म एउटै भयो। विगतमा डीडीसी मात्र थियो। हामी अभिभावकको भूमिका थियौं। अहिले निजी क्षेत्रको उपस्थिति वाक्लिएको छ। सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्नुपर्छ भनेर खुल्ला अर्थ नीतिको अभ्यास गरिरहेकाले त्यसको असर देखिएको छ। विगतको तुलनामा हाल धेरै संख्यामा डेरीहरु खुलेका छन्। निजी क्षेत्र र डिडिसीका उत्पादन जाने क्षेत्र एउटै भएकाले प्रतिस्पर्धा व्यापक छ। हिजोको अवस्थामा डिडिसीले डेढ लाख लिटरसम्म बजारमा दुध पठाएको थियो। त्यही सिलसिलामा अहिले उत्पादन बढ्दै गएको छ। बजारीकरण बढ्न नसकेपनि जनघनत्व बढेको छ। तर जनघनत्व बढेपनि निजी डेरी धेरै भएकाले हाम्रा उत्पादन बजारमा खपत गराउन सकेका छैनौं।’

गौतमका अनुसार संस्थानसँग करिब तीन अरवको अचल सम्पती र सँवा अरवको मौजात सामाग्री रहेको छ। मौजात सामाग्री धेरै रहेकाले खर्च कटौटी गरी बजार विस्तार गर्न मन्त्रालयले सहयोग गर्नुपर्ने उनी बताउछन्।

यसैगरी काठमाडौं दुग्ध वितरण आयोजनाका प्रबन्धक इन्द्रभुषण कुमार यादव नीजि क्षेत्रले निर्धारण गरेको मूल्यका कारण डिडीसीलाई असर परेको बताउँछन्। तर डिडीसीको उत्पादन निजी क्षेत्र भन्दा उच्च गुणस्तरीय रहेको दाबी गर्छन्।

‘हामी निजी क्षेत्र भन्दा धेरै अगाडि छौ। हाम्रै मापदण्ड र गुणस्तरसँग उनीहरु तुलना गर्दै अगाडि बढिरहेका छन्। कुनैपनि किसिमले हामीले उपभोक्ता ठगेका छैनौ। मापदण्डमा सक्षम छौं। हाम्रो उत्पादनमा अखाद्यय बस्तु नमिसाई खाद्य संस्थानको मापदण्डको नीतिअनुरुप बजारमा दुध उपलब्ध गराएका छौं,’ उनले भने।

‘हामीलाई अलिकति नीजि क्षेत्रको मूल्यले खुम्चाइरहेको छ। जसले गर्दा विक्रीमा गिरावट आएको हो। निजी क्षेत्रको मूल्य उनीहरुको हातमा छ तर हाम्रो मूल्य नेपाल सरकारसँग हातमा छ। हामी हाम्रो नीतिअनुसार घटाएर बजारमा बेच्न सक्दैनौ,’ उनले भने।

प्रबन्धक यादवले उपभोक्तालाई सचेत रही डिडिसीका उत्पादन प्रयोग गर्न अनुरोध समेत गरे।

‘उपभोग्ताहरु सचेत हुनुपर्छ। डिडिसी नेपाल सरकारको हो र गुणस्तरीय छ। यसमा सबै नेपाली जनताको लगानी छ। किसानहरु विहान ३ बजे नै उठेर नियमित रुपमा दुध पठाउनुहुन्छ। त्यसलाई संकलन गरेर उपभोक्ता सामू पुर्याइरहेका छौं। गुणस्तरमा कमी गरेका छैनौं। डिडीसीलाई आक्रमण गरी निजी क्षेत्रले खुम्चाएको जस्तो पनि देखिदैन्,’ उनले भने।

यस्तै, प्रवक्ता गौतमले डीडीसीका उत्पादन नेपाली सेना, प्रहरीलगायत नेपाल सरकारका निकायहरुले अनिवार्य उपभोग गर्नुपर्ने र त्यसको लागि मन्त्रालयले पनि सहयोग गर्नुपर्ने बताए।

उनले थप भने, ‘हाम्रा स्टोरमा मौजात रहेका सामाग्रीहरु सामान्य बजारमा कटाउन सक्ने अवस्था नरहेकाले सरकारको निकायहरु आर्मी, पुलिस, निजामती कर्मचारीहरुलाई सर्कुरल जारी गरी स्थानिय तहरुमा अनिवार्य रुपमा डिडिसीका उत्पादन प्रयोग गरेमात्र हाम्रो मौजात रहेको सामाग्री घट्नेथियो।’

उनले टाढाबाट ढुवानी गर्नुपर्ने भएका कारण खर्च धेरै लाग्ने जसले गर्दा निजी क्षेत्रको जसरी काम गर्न नसक्ने बताए। उनले सामान स्टक रहेकाले भुक्तानी सहज हुन नसकेको पनि बताए।

‘सरकारको स्वामित्वको रहेको संस्था भएकाले निजी क्षेत्रको जस्तो जति चाहिन्छ त्यती मात्र लिन्छौ। त्यो भन्दा बढि लिदैनौ भन्न पाउँदैनौ। सरकारले खटाएको ठाउँमा पुगेर किसानको हितलाई पनि ध्यानमा राखेर काम गर्नुपर्ने हुन्छ। टाढा पुग्दा ढुवानी खर्च धेरै लाग्छ। चालु खर्च नै धेरै लाग्ने भएकाले निजी क्षेत्रको जसरी गर्न सक्दैनौ। भुक्तानी सहज हुन नसकेको कारण चाहीं स्टकमा सामान बसेर नै हो। दुध सबै बजारमा खपत हँुदैन त्यसकारण बाइप्रोडक्ट बनाएर राख्नुपर्ने हुन्छ। त्यसमा पाउडर र बटर बनाउँछौ। त्यसलाई स्टोर गरेर राखी दुध कम हुँदा बजारीकरण गर्छौ,’ उनले भने।

प्रवक्ता गौतमले संस्थानसँग लगभग तीन अर्बको अचल सम्पत्ति रहेको सुनाए। उनले भने, ‘हामीसँग करिब तीन अर्बको अचल सम्पत्ति छ। संस्थानसँग मौजात रहेको करिब सँवा अर्ब रुपैंयाँको सामग्री मौजात छ। सरकारी स्वामित्वको संस्था भएकाले सरकारले चाहयो भने सरकारी निकायहरुमा डिडिसिका सामाग्री अनिवार्य गर्न सक्छ। खर्च कटौती गरी बजार विस्तार गर्न मन्त्रालयसँग प्रस्तावनाहरु बुझाएका छौ।’

तथापि, लामो समयसम्म किसानको रकम भुक्तानी नहुने र संस्थानको व्यवस्थापकीय अक्षमताका कारण डिडीसीप्रति विश्वनीयता घट्दै गएको छ। विक्री घटेको छ। कोभिडअघि डीडीसीको एक लाख २० हजार लिटर दूध नेपालमा खपत हुने गरेको भएपनि अहिले ७० हजार लिटर भन्दा तल झरेको बताइन्छ।

बजारको मागलाई मध्यनगर गर्दै डीडीसीले प्रशोधित दूधहरुमा स्टान्डर्ड, होलमिल्क, काउ मिल्क र टि मिल्क उत्पादन गर्दै आएको छ । त्यस्तै, मोजोरेल, याक र कञ्चन चीन पनि उत्पादन गर्दै आइरहेको छ। यि बाहेक मख्खन, घिउ, मिठाई, दही, लस्सी, आइसक्रिम लगायत प्रोडक्ट उत्पादन गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

तोलामा चार सयले बढ्यो सुनको मूल्‍य

सुनको मूल्य तोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ कारोवार ?

Next Post
समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच प्रणालीप्रति उठ्यो प्रश्न

ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच प्रणालीप्रति उठ्यो प्रश्न

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

अवरुद्ध कटारी घुर्मी सडक खुल्यो

अवरुद्ध कटारी घुर्मी सडक खुल्यो

धानको बाला झुल्यो खेतैमा…(तस्विरहरु)

धानको बाला झुल्यो खेतैमा…(तस्विरहरु)

‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’

‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’

मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै

मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै

जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता

जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता

ओली र लेखकलाई पक्राउ गर्न दबाव बढेपछि प्रधानमन्त्रीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखको गोप्य बैठक

ओली र लेखकलाई पक्राउ गर्न दबाव बढेपछि प्रधानमन्त्रीसहित मध्यरातमा सुरक्षा अंगका प्रमुखको गोप्य बैठक

सुधन गुरुङ : न रोक्न सजिलो, न बोक्न हलुंगो

सुधन गुरुङ : न रोक्न सजिलो, न बोक्न हलुंगो

माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे छलफल

माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे छलफल

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

मोरङमा वर्षापछिको विपत्ति : सयौं परिवार सुरक्षित स्थानमा सारिए

मोरङमा वर्षापछिको विपत्ति : सयौं परिवार सुरक्षित स्थानमा सारिए

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .