नरेन्द्र महताे – महाेत्तरी : केही दिन पहिले अविरल वर्षा भएकाे कारण महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न. ७ सुन्दरपुर हिल्लाेमय हुँदा मानिसहरुकाे अवागमनमा सास्ति बेहाेर्नु परेकाे छ। गाउँकाे मुख्य बाटाे भए पनि वडा अध्यक्ष महेश यादवले कुनै ध्यान नदिएकाे कारण दुई वर्ष देखि हामिहरु हिल्लाेमा हिडन बाध्य भएकामा स्थानियहरुले गुनासाे गरेका छन । संघिय सरकारले स्थानिय सरकारलाई अधिकार दिए पनि अधिकारकाे वडा अध्यक्षले दुरुयाेग गरेकाे उनिहरुकाे अाराेप रहेका छन ।उता वर्षा भएकाे कारण अर्थात अषाढ मसान्त समाप्त भएकाेले नदि बाट बालुवा गिट्टि उठाउन बन्द भएकाे कारण हिल्लाे पुर्ण नसकेकाे वडा अध्यक्ष महेश यादवले स्पष्ट पारे। अर्काे प्रसंग फुलकाहा जाने वाटाेमा र शिवनगर जाने वाटाेमा हिल्लाे भएकाे छ उहाँहरुलाई कसैले केहि भन्दैन उनले प्रश्न गरे ?तर उहाँकाे वडामा हिल्लाे भएकाे वारेमा प्रश्नन साेध्दा यादव अाक्राेसित हुनु भयाे ।साेनमा गाउँपालिकाले तीन वर्षमा वडा न. ७ सुन्दरपुरलाई एक कराेड चालीस लाख काे दरले तीन वर्षमा चार कराेड बीस लाख दिएकाे प्रवक्ता अशाेक कुमार यादवले जनाए । अर्काे प्रसंगमा मुख्य सडक गाउँपालिकाकाे मातहाथमा नपरेर संघिय सरकारकाे मातहथमा परेकाेले सडक बन्न नसकेकाे भए पनि गत वर्ष मर्मतकाे काम भएकाे प्रवक्ता यादवले जनाए ।