No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लागु भयो बुक बिल्डिङ प्रक्रिया : सय रुपैयाँमा शेयर नपाइने, आवेदकलाई कम्तिमा ५० कित्ता

लागु भयो बुक बिल्डिङ प्रक्रिया : सय रुपैयाँमा शेयर नपाइने, आवेदकलाई कम्तिमा ५० कित्ता

काठमाडौं : अंकित मूल्यभन्दा बढी (प्रिमियम) मा साधारण शेयर निष्कासन (आईपीओ) गर्न पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङसम्बन्धी निर्देशिका जारी गर्दै त्यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । बोर्ड सञ्चालक समितिको साउन २२ गतेको निर्णयअनुसार बुधबारदेखि त्यस्तो निर्देशिका जारी गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । यो निर्देशिकासँगै वर्षौंदेखि सञ्चालनमा रहेका तथा ठूलो सिञ्चित कोष भएका पब्लिक कम्पनीहरुका लागि प्रिमियम मूल्य राखेर आईपीओ निष्कासन गर्ने बाटो खुला भएको छ । यसले त्यस्ता कम्पनीहरु दोस्रो बजारको पहुँचमा आउने अपेक्षा बोर्डले गरेको छ ।

यसअघि गत फागुनमा बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गरी बुक बिल्डिङमार्फत् सार्वजनिक निष्कासन गर्न पाउने व्यवस्था थप गरेको थियो । तर सोसम्बन्धी निर्देशिकाको अभावमा त्यो व्यवस्था कार्यान्वयनमा आउन सकिरहेको थिएन । अब भने निर्देशिकाले गरेको व्यवस्थापन र पूर्वाधार पुर्याएर यसरी शेयर बिक्री गर्ने बाटो खुलेको छ ।

बुक बिल्डिङ कुनै पनि शेयरको किताबी मूल्य निर्धारण गर्ने प्रक्रिया हो । हालसम्म सामान्यतया आईपीओहरुको किताबी मूल्य यसको अंकित मूल्य बराबर राख्दै आईपीओ बिक्री गर्ने व्यवस्था रहेकोमा त्यसरी शेयर बिक्री गर्न नचाहनेहरुलाई नयाँ किताबी मूल्य तय गर्ने पद्दति नै बुक बिल्डिङ हो ।

यो प्रक्रियामार्फत् महँगो मूल्यमा आईपीओ जारी गर्ने चाहना भएका योग्य कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको परामर्श गरेर प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्छ । उक्त विवरणपत्रमा अन्य साधारण विवरणपत्रमा उल्लेख भएका सबै विवरणका अतिरिक्त बुक बिल्डिङमार्फत् कति शेयर बिक्री गर्ने हो, त्यसको संख्या, धितोपत्रको अनुमानित मूल्य र त्यस्तो मूल्याङ्कनको आधार तयार र औचित्यसमेत उल्लेख गर्नुपर्छ ।

यदि कम्तीमा १० जना संस्थागत लगानीकर्ताबाट त्यस्तो मूल्य प्राप्त भएपछि सो मूल्यका आधारमा शेयरको आधारमूल्य निर्धारण हुनेछ । सो आधार मूल्यको २० प्रतिशत घटबढ भएर मात्रै त्यस्तो बोलकबोलमा सहभागी हुन पाइने व्यवस्था गरिएको छ । त्यसो हुन नसकेमा फेरि संस्थागत लगानीकर्ताहरुबाट फेरि अर्को प्रस्ताव आह्वान गर्नुपर्नेछ । संस्थागत लगानीकर्तासँग छलफल गरेर आधारमूल्य तय भएपछि मात्रै धितोपत्र बोर्डले यस्तो शेयर निष्कासनका लागि अन्तिम स्वीकृति दिनेछ ।

त्यसरी तयार हुने विवरणपत्रलाई शेयर निष्कासन गर्न चाहने कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुसँग छलफल समेत गर्नुपर्छ । त्यस्तो छलफलका क्रममा त्यसरी शेयर बिक्री गर्न चाहने कम्पनीले आफ्नो विगत ३ वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण लगानीकर्ताहरुलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । साथै सो छलफलपछि शेयर निष्कासन गर्न चाहने कम्पनीले योग्य लगानीकर्ताहरुसँग उनीहरुले किन्न चाहेको न्यूनतम शेयर संख्या, त्यसको आशय मूल्य र त्यसरी मूल्य निर्धारणको आधार समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यदि कम्तीमा १० जना संस्थागत लगानीकर्ताबाट त्यस्तो मूल्य प्राप्त भएपछि सो मूल्यका आधारमा शेयरको आधारमूल्य निर्धारण हुनेछ । सो आधार मूल्यको २० प्रतिशत घटबढ भएर मात्रै त्यस्तो बोलकबोलमा सहभागी हुन पाइने व्यवस्था गरिएको छ । त्यसो हुन नसकेमा फेरि संस्थागत लगानीकर्ताहरुबाट फेरि अर्को प्रस्ताव आह्वान गर्नुपर्नेछ । संस्थागत लगानीकर्तासँग छलफल गरेर आधारमूल्य तय भएपछि मात्रै धितोपत्र बोर्डले यस्तो शेयर निष्कासनका लागि अन्तिम स्वीकृति दिनेछ ।

धितोपत्र बोर्डले स्वीकृति दिएको एक सातापछि  शेयरको बोलबकोल बिक्री गर्न पाइने व्यवस्था गरिएको छ । त्यसका लागि स्वचालित विद्युतीय बोलकबोल विडिङ प्रणाली लागु गर्नुपर्ने व्यवस्था गरिएको छ । तर त्यो व्यवस्था नभएसम्मका लागि शिलबन्दी बोलपत्रमार्फत् त्यस्तो खरिदबिक्री गर्न सकिने व्यवस्था समेत गरिएको छ । त्यसरी हुने बोलकबोलमा ‘कटअफ’ मूल्यभन्दा धेरैमा बोलकबोल गर्ने संस्थागत लगानीकर्ताले त्यस्तो शेयर प्राप्त गर्न सक्नेछन् ।

कुनै कम्पनीले यो प्रक्रियामार्फत् शेयर बिक्री गर्दा कुल बिक्री हुने शेयरलाई १०० प्रतिशत मानेर त्यसको ४० प्रतिशत मात्रै यो प्रणालीबाट संस्थागत लगानीकर्तालाई बिक्री गर्नुपर्छ । बाँकी ६० प्रतिशत भने त्यसरी कटअफ मूल्यमा १० प्रतिशत छुट दिएर आम सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसरी शेयर निष्कासन गर्दा निष्कासन गर्न चाहने कम्पनीले अनिवार्य रुपमा धितोपत्र प्रत्याभूतिकर्ताको व्यवस्था गर्नुपर्ने समेत धितोपत्र बोर्डले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ । तर त्यस्तो प्रत्याभूति सर्वसाधारण लगानीकर्तालाई जारी शेयरका हकमा मात्रै लागु हुने व्यवस्था गरिएको छ ।

अहिले शेयर निष्कासनको चरणमा रहेका बीमा कम्पनी, लघुवित्त वित्तीय संस्था लगायत कम्पनीहरु अहिलेकै साधारण प्रक्रियाबाट शेयर निष्कासन गर्ने सम्भावना कायमै छ । तर लामो समयदेखि चल्दै आएका टेलिकम कम्पनीहरु, ठूला व्यवसायिक घरानाका कम्पनीहरु भने यो प्रक्रियामार्फत् दोस्रो बजारमा आउन सक्ने सम्भावना छ । 

सबै कम्पनी बुक बिल्डिङमा जालान् ?

धितोपत्र बोर्डले बुक विल्डिङ नियमावली लागु गर्दैमा सबै कम्पनीहरु यो विधिमा गएर महँगो मूल्यमै शेयर बिक्री गर्छन् कि अहिलेको प्रक्रियाअनुसार अंकित मूल्यमा शेयर किन्नसक्ने व्यवस्था कायमै रहन्छ भन्ने चासो समेत छ । तर, अहिले पछिल्लो चरणमा शेयर निष्कासन हुन लागेका कम्पनीहरु यो प्रक्रियामा जाने सम्भावना कम छ । यसका लागि धितोपत्र निष्कासन तथा बिक्री नियमावली बाधक छ ।

नियमावलीमा बुक विल्डिङमार्फत् शेयर बिक्री गर्न योग्य कम्पनीबारे व्याख्या गरिएको छ । सो अनुसार विगत ३ आर्थिक वर्षदेखि लगातार नाफामा सञ्चालन भएका, प्रतिशेयर नेटवर्थ चुक्ता पुँजीको कम्तीमा १५० प्रतिशत भएको तथा औसत क्रेडिट रेटिङ प्राप्त गरेका कम्पनीहरु मात्रै योग्य हुनेछन् । सोही कारण सञ्चालनको कम्तीमा पनि ३ वर्ष नभएका वा सो समय पूरा भएर पनि राम्रो वित्तीय अवस्था नरहेका कम्पनीलाई यो प्रक्रियामा जान सजिलो हुने छैन ।

अहिले शेयर निष्कासनको चरणमा रहेका बीमा कम्पनी, लघुवित्त वित्तीय संस्था लगायत कम्पनीहरु अहिलेकै साधारण प्रक्रियाबाट शेयर निष्कासन गर्ने सम्भावना कायमै छ । तर लामो समयदेखि चल्दै आएका टेलिकम कम्पनीहरु, ठूला व्यवसायिक घरानाका कम्पनीहरु भने यो प्रक्रियामार्फत् दोस्रो बजारमा आउन सक्ने सम्भावना छ ।

को–को हुन्छन् संस्थागत लगानीकर्ता ?

बुक बिल्डिङ प्रक्रियामा सहभागिता जनाउन सूचीकृत सबै संगठित संस्था, सामुहिक लगानी कोष व्यवस्थापक तथा त्यस्तो लगानी योजना, मर्चेन्ट बैंकर, अवकाश कोषहरु र बोर्डसँग बुक विल्डिङ प्रक्रियामा सहभागी हुने अनुमति लिएका संस्थागत लगानीकर्ताहरु यसमा सहभागी हुन सक्नेछन् । तर दोस्रो चरणमा सर्वसाधारणका लागि जारी हुने शेयरमा भने जोकोही सर्वसाधारणले पनि सहभागिता जनाउन पाउने धितोपत्र बोर्डले जनाएको छ । यो प्रक्रियाबाट सर्वसाधारण लगानीकर्तालाई निष्कासन हुने शेयर न्यूनतम ५० कित्ताको दरले मात्रै बाँडफाँट हुनेछ । अहिलेको जस्तो १० कित्ताको बाँडफाँट प्रणाली यसमा रहने छैन । न्यूनतम आवेदन पनि ५० कित्ता नै हुनेछ ।

ratopati.com

#बुक बिल्डिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

लहानमा न्यूटन ईन्स्टिच्युटको प्रेरणादायी बिदाई कार्यक्रम

लहानमा न्यूटन ईन्स्टिच्युटको प्रेरणादायी बिदाई कार्यक्रम

Next Post
चीनले आफूलाई हराउन चाहेको भन्दै ट्रम्पले भने – निर्वाचनको ठूलो खतरा चीन

चीनले आफूलाई हराउन चाहेको भन्दै ट्रम्पले भने - निर्वाचनको ठूलो खतरा चीन

काश्‍मीरको विषयमा पाकिस्तानलाई ओआईसीको झड्का !

काश्‍मीरको विषयमा पाकिस्तानलाई ओआईसीको झड्का !

अब ‘गरीब क्षेत्री-बाहुनलाई पनि आरक्षण दिनुपर्छ’ समर्थन गर्नेले सेयर गरौँ

अब ‘गरीब क्षेत्री-बाहुनलाई पनि आरक्षण दिनुपर्छ’ समर्थन गर्नेले सेयर गरौँ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि रफाह क्रसिङ चाँडै खोलिने

प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि रफाह क्रसिङ चाँडै खोलिने

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने

राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .